दाँत र मुखको रोग लागेको कसरी थाहा पाउने ?


काठमाडौं । सामान्यतया मुखको क्यान्सर चुरोट, खैनी, पान परागजस्ता पदार्थको प्रयोगले बढी हुने गरेको पाइन्छ । जोकोही मानिसको गला, गिजाको भाग बिस्तारै टाइट हुँदै गएमा शंका गर्न जरुरी हुन्छ ।
यसले मुखको आकारलाई पनि बिस्तारै सानो बनाउँदै लैजान्छ । यस्तो अवस्थामा जिब्रोमा समेत क्यान्सर हुँदै जान्छ । यसका लागि बायोप्सी गर्नुपर्ने हुन सक्छ । जसबाट मुखको क्यान्सर कुन स्टेपमा रहेको छ भन्ने थाहा पाउन सकिन्छ ।
मुखमा समस्या देखिएको लामो समयसम्म पनि स्वास्थ्य परीक्षण नगर्दा अनेकौँ समस्या हुन सक्छ । यसरी परीक्षणमा ढिला गर्दा समस्या शल्यक्रिया गर्ने अवस्थामा नै पुग्ने गर्छ ।
उसो त सर्जरी गर्ने समयसम्म त्यस्ता मानिसको समस्या निकै विकसित भइसकेको हुन्छ । या भनौँ पुरानो भइसकेको हुन्छ । त्यसैले, ढिलो गरी अस्पताल पुग्ने मानिसलाई समस्याबाट बचाउन निकै गाह्रो हुन्छ ।
बढ्दो मुख क्यान्सरबाट बच्नका लागि सकेसम्म वर्षको दुईपटक नत्र एकपटक मात्र भए पनि डेन्टल परीक्षणमा जानु राम्रो हुन्छ । दैनिक रूपमा प्रयोग गर्ने खानेकुराबारे विशेष ख्याल पु(याउनुपर्छ । दाँतमा कुनै समस्या देखिनेबित्तिकै परीक्षण गरिहाल्नुपर्छ ।
वर्षको दुईपटक दाँतको पूरै सरसफाइ गर्न आवश्यक हुन्छ । जसले गर्दा गिजा स्वस्थ रहन्छ र रोगसँग लड्न सक्ने क्षमता बढ्छ । यसो गर्दा मुखको क्यान्सरबाट जोगिन पनि सहज हुन्छ ।

No comments:

Post a Comment