कालो ओठलाई सुन्दर बनाउने चार घरेलु उपाय

काठमाडौं। अक्सर चुरोट पिउने महिला तथा पुरुषको ओठ कालो हुन्छ भनिन्छ। जे भएतापनि धेरैजना ओठ कालो हुनुको समाधान खोजिराखेका हुन्छन्। गुलाबी तथा सुन्दर बनाउने चाहना सवैमा हुन्छ। त्यस्तै, जाडोमा ओठ फुट्ने समस्या पनि उत्तिकै हुन्छ। यस्ता समस्याबाट छुटकारा पाउन यी घरेलु उपाय गर्न सकिन्छ–
१.खाने सोडा
खाने सोडामा केही तेल मिलाउनुहोस् । अनि, ओठमा लगाएर १०–१५ मिनेटजति मल्नुहोस्।
२.चिनी
एक चम्चा चिनीमा आधा चम्चा मह मिसाएर ओठको मसाज गर्नुहोस्। दुई मिनेटपछि यसलाई मनतातो पानीले धुनुहोस् ।
३.मह
दुई चम्चा चिनीमा आधा चम्चा मह, वनिला एसेन्स र आधा चम्चा जैतुनको तेल मिलाउनुहोस् । केही बेरपछि ओठमा मसाज गर्नुहोस् । तपाईंको ओठ नरम हुनेछ।
४.जैतुनको तेल
एक चम्चा चिनीमा केही थोपा जैतुनको तेल मिसाएर लगाउनुहोस् । यसले ओठ फुटेको निको हुन्छ ।

खाली पेटमा लसुन खानु फइदै फाइदा

खाली पेटमा लसुन खानु फइदै फाइदा
१. काँचो लसुनलाई तातो पानीसंग बिहान खाली पेटमा खानाले मोटोपन तथा शरीरमा कोलेस्ट्रोरलको मात्रा कम गर्न मद्दत गर्छ ।

२. उच्चरक्तचापको समस्या नियन्त्रण गर्नुका साथै मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ ।

३. शरीरमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै मधुमेह रोग लाग्नबाट जोगाउछ ।

४. शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउ मद्दत गर्नुका साथै पेटको विकारलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ । जसले पेटलाई सफा राख्न मद्दत गर्छ र पेट सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

टुसा उम्रिएको र हरियो आलु कसरी विषाक्त हुन्छ ?

टुसा उम्रिएको र हरियो आलु कसरी विषाक्त हुन्छ ?
आलु, जो तपाई/हाम्रो भान्सामा हरेक छाक पाक्छ । यस्तो लाग्छ, तरकारी भनेकै आलु हो । आलुको अनेक परिकार बन्छ । हरेक सागसब्जीमा आलु मिलाउन सकिन्छ । तर, हाम्रो स्वादिलो तरकारी आलु विषाक्त त छैन ?
पर्याप्त मात्रामा कार्वोहाइड्रेट र फाइबर पाइने आलुमा भिटामिन सी, भिटामीन बी६, पोटासियम र म्यानगनिजको पनि राम्रो स्रोत हो । भुटेर, तारेर, पकाएर, उसिनेर वा पोलेर जसरी पनि खान मिल्ने आलुको सेवन गर्दा धेरै क्लालोरी उर्जा प्राप्त गर्न सक्न्िछ ।
तर, आलुको सेवन गर्दा हामी विशेष ध्यान राख्नुपर्ने हुन्छ होइन भने यसले हाम्रो स्वास्थ्यमा हानी गर्न पनि सक्छ । आलुको मुलरुपमा परिवर्तन आएको छ भने त्यस्तो आलु खानु हुँदैन ।
विशेषगरी केही भागमा हरियो भएको आलु खान हुँदैन । माटोमुनि फल्ने आलु यसै पनि हल्का माटो युक्त हुने हुनाले राम्रोसँग धोएपछि मात्रै यसको रंग देख्न सकिन्छ ।
यदि आलुको रंग खैरो, रातो भन्दा फरक हरियो, बैजनी र वा कालो  छ भने त्यो आलु अब खान लायक छैन ।
त्यसमा न्यूरोटक्सिनको मात्रा बढेको छ । र यस्तो आलु खाएमा विभिन्न समस्याहरु हुन्छ । आउनुहोस् जानीराखौं कुन खालको आलु खानबाट बँच्नुपर्छ र खाएमा कस्तो कस्तो स्वास्थ्य समस्या हुन्छः
१. हरियो आलु हुन्छ खतरनाक
आलुको रंग यदि हरियो देखियो भने यो खराब भएको छ । हरियो आलु क्यान्सरको कारण बन्न सक्छ ।
आलु हरियो त्यतिखेर हुन्छ जब यो माटोबाट बाहिर निस्कन्छ र सूर्यको किरण त्यसमा सिधै पर्छ । यसले आलुमा सोलनिन लेभल बढ्छ । त्यसैले आलुलाई सँधै घामको किरण सिधै नपर्ने तथा चिसो स्थानमा राख्नुहोस् । यसो गरेमा आलु लामो समयसम्म सुरक्षित रहन्छ ।
हुन सक्छ क्यान्सर
आलुमा क्लोरोफिल र सोलनिन नामक एसिडको मात्रा बढी छ भने यसको सेवन गर्नाले उल्टी, डायरिया, टाउको दुख्ने वा क्यान्सरसम्म हुन सक्छ ।
हरियो रंगको आलु खाएपछि ३० मिनेटसम्म असर देखिन सुरु हुन्छ । कहिले कहिले यसमा ८-१२ घन्टा पनि लाग्न सक्छ । ग्यास्टोइन्टेस्टाइनल र न्यूरोलोजिकल लक्षण सबैभन्दा पहिले नोटिस गर्न सकिन्छ ।
२. चाउरी परेको आलु नखानुहोस्
कहिलेकाँही पटक आलु धेरै समय भण्डार गरेर राख्दा चाउरी पर्छ । यस्तो त्यतिखेर हुन्छ जब आलु धेरै दिनसम्म राखिएको हुन्छ । चाउरी परेको आलु खान पनि स्वास्थ्यको लागि हानीकारक हुन्छ किनभने यसको सेवनले शरीरमा टक्सिन फैलन थाल्छ ।
३. टुसा उम्रिएको आलु पनि नखानुहोस्
टुसा उमि्रएको आलु खान पनि स्वास्थ्यको लागि हानीकारक हुन्छ । टुसा उमि्रएको आलुमा सोलनिन र ग्लाइकोलोकाल्ड्स नामक एसिड परिवर्तन हुन्छ । जुन स्नायू प्रणालीको लागि धेरै हानीकारक हुन्छ । त्यसैले टुसा उउम्रिएको आलु खेतमा रोप्नको लागि त ठिक हुन्छ तर, खानको लागि ठिक हुदैँन ।

यी पाँच खानेकुराको अत्यधिक सेवनले पेटमा अल्सर, सावधानी अपनाउनुस्

यी पाँच खानेकुराको अत्यधिक सेवनले पेटमा अल्सर, सावधानी अपनाउनुस्
पेटमा अल्सर र आन्द्रामा घाउका कारण अत्यधिक दुखाई र पाचन सम्बन्धि समस्याको सामना गर्नुपर्छ । पेटमा अल्सर हुँदा जस्तो सुकै खाना खाँदा पनि समस्या हुन्छ जसका कारण बिरामीको शरिरको अन्य अंग पनि प्रभावित हुन्छ । धेरै तनावका कारण, तारेको, भुटेको, मसालेदार र तातो खाना खाँदा पेटमा अल्सरको समस्या हुने बताइन्छ । पेटमा घाउ हेलिकोबिक्टर पाइलोरी ब्याक्टेरियाको कारण हुन्छ । यस्ता विभिन्न खानेकुरा छन् जसको अत्यधिक सेवनले पेटमा घाउ हुने सम्भावना बढ्छ किनभने यसले हाम्रो आन्द्रामा नकारात्मक असर पुर्याउने गर्छ । आउनुहोस्, पेटमा हुने अल्सरबाट बच्नका लागि कस्ता खानेकुराको सिमित सेवन गर्नुपर्छ भन्नेबारे जानकारी लिऔं ।
चिया, कफी र कोल्ड ड्रिंक्सः
यस्ता खाद्य पदार्थ जसमा क्याफेन मिसिएको हुन्छ, त्यसले पेटको अल्सर बढाउँछ । कफी र चियाको अत्यधिक सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । क्याफेनयुक्त खाद्य पदार्थको उपभोग गर्दा पेटमा एसिडको उत्पादनमा बृद्धि हुन थाल्छ जसका कारण तपाईंको समस्या बढ्ने गर्छ । पेटमा एसिडको वृद्धि हुँदा तपाईंको पेटको घाउ उत्तेजित हुन्छ र पेट दुखाईलगायतका अन्य समस्या वृद्धि हुनथाल्छ । क्याफेन चिया, कफी, चकलेट, कोल्ड ड्रिङ्क्स र अन्य कार्बोनेटेड कोल्ड ड्रिङ्क्समा पाइन्छ । त्यसकारण यदि तपाईंलाई पेट सम्बन्धि समस्या छ भने यस्ता पेय र खाद्य पदार्थको सेवनबाट बच्नुहोस् ।
मसालेदार खानाः
तातो मसालाले पेटको अल्सरलाई चाँडै ठिक हुन दिँदैन साथै तपाईंको समस्या थप बढाउने गर्छ । त्यसकारण जबसम्म अल्सर पूर्ण रुपमा ठिक हुँदैन मसालेदार खानेकुराबाट टाढै रहनुहोस् । खुर्सानीको सेवन पूर्ण रुपमा बन्द गर्नुहोस् ।
चुरोट र रक्सीः
रक्सीले अल्सरको समस्यालाई अत्यधिक बढाउने गर्छ त्यसकारण अल्सरका रोगीले रक्सीको सेवनबाट टाढै बस्नुपर्छ । यसबाहेक धुम्रपानका कारण पनि थुप्रै पटक तपाईंको पाचन प्रभावित हुन्छ र तपाईंको पेटमा घाउको समस्या हुनसक्छ ।
तातो दुधः
यदि तपाईं अत्यधिक तातो दुधको सेवन गर्नुहुन्छ भने यसले पेटमा ग्यासको समस्या हुनुका सागै पेटमा घाउ पनि हुने सम्भावना हुन्छ । पहिले पहिले दुधलाई अल्सरबाट राहत पाउनका लागि एन्टा एसिड्सको रुपमा सेवन गरिन्थ्यो । तर नतिजा यस्तो हुन्थ्यो कि सुरुवातमा अल्सरका रोगीलाई यो उपायले अस्थायी राहत त हुन्थ्यो तर दुध पिउँदा अल्सरको लक्षण बढ्न थाल्थ्यो । दुधले पेटमा एसिडको श्रावलाई बढाउने गर्छ जसले अल्सरसँग सम्बन्धित जलन र पीडालाई बढाउने गर्छ । त्यसकारण जबसम्म डाक्टरले दुध पिउन सल्लाह दिँदैनन् अल्सर रोगीले दुध नपिएकै राम्रो ।
मांसाहारी भोजनः
पशुको मासुमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । यसलाई पचाउनका लागि तपाईंको पाचन तन्त्रले निकै काम गर्नुपर्छ जसका कारण अत्यधिक मात्रामा एसिडको स्राव हुन्छ । यस्तो हुँदा तपाईंको समस्या बढ्ने गर्छ । त्यसकारण तपाईंलाई अत्यधिक मासु मिठो लाग्छ भने तपाईंले अल्सर पूर्ण रुपमा ठिक नभएसम्म कुर्नै पर्छ ।

यस्ता छन् बिहान ५ मिनेट लामो श्वास लिनुका फाइदा

यस्ता छन् बिहान ५ मिनेट लामो श्वास लिनुका फाइदा
श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्छ । यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदा यस प्रकार छन्ः
तनाबमुक्त बनाउछः गहिरो श्वासले शरिरमा अक्सिजनको प्रबाह बढाउछ र तनाब, चिन्ता र त्रास घटाउँछ । 

शरिरको बिष फालिदिन्छः श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ ।

दिमागलाई शान्त बनाइदिन्छः अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

अन्य अंगलाई पनि सहयोगः गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्दालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रबाह गरिदिन्छ । 

यी हुन् पुदीनाका लोभलाग्दा फाइदा

यी हुन् पुदीनाका लोभलाग्दा फाइदा
नेपाली भान्सामा खासगरी अचारको रुपमा प्रयोग गरिने पुदीना लोकप्रिय जडिबुटी हो। यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने, अरुचीबाट मुक्ति दिने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउनेलगायतका काम गर्छ। यसका साथै पुदीना दम, स्मरणशक्ति कमजोर भएको र छालाका समस्यामा पनि उपयोगी मानिन्छ।
यो श्वासको दुर्गन्ध हटाउने लोकप्रिय माउथ फ्रेसनर हो, जसलाई वैज्ञानिक भाषामा मेन्था भनिन्छ। दुई दर्जन जात र सयांै प्रकार हुने पुदीनालाई सयौंवर्षदेखि जडिबुटीका रुपमा प्रयोग गरिँदै आएको छ। पुदीनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ। 
धेरैले पुदीनालाई माउथ फ्रेसनरको रुपमा मात्र चिन्छन्। तर स्वास्थ्यका लागि यसका थुप्रै फाइदा छन्। 
पाचन प्रक्रियामा सहयोगी
पुदीना पाचन प्रक्रियामा सहयोग गर्ने महत्वपूर्ण जडिबुटी हो। यदि अपचको समस्या भएमा एक कप पुदीनाको रस पिउने हो भने समस्या समाधान हुन्छ। विमान या जहाजबाट लामो यात्रा गर्नेले पुदीनाको तेल लगाउने हो थकान हटाउन सकिन्छ। 
टाउको दुखाई निको पार्छ
पुदीनाको ताजा पातले टाउको दुखाई र थकानको समस्या समाधान गर्छ। पुदीनाको तेल या पातको प्रयोगले पेटको समस्या घटाउँछ। पुदीनाबाट बनेको भिक्स नाक या निधारमा लगाएर मालिस गर्नाले टाउको दुखाई पनि निको हुन्छ। गर्मीले दुख्ने टाउको र माइग्रेन पनि यसले निको हुन्छ। 
श्वासप्रश्वासको समस्या हुन दिँदैन
यसले नाक, घाँटी, ब्रोङकाई, फोक्सो सफा गर्ने भएकाले दम या रुघाका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्या हुन दिँदैंन। दीर्घखोकीका कारण हुने चिडचिडाहट पनि यसले हटाउँछ। यहीकारण हो, अधिकांश भिक्स कम्पनीले पुदीनामा आधारित बनाउँछन्। 
दम निको पार्छ
पुदीनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ। तर नाक र घाँटीलाई प्रभाव पर्ने गरी पुदीनाको बढी प्रयोग भने गर्न हुन्न। 
दूध चुसाइरहेका महिलालाई उपयोगी
दूध चुसाइरहेका महिलाको स्तन र मुन्टोमा पीडा हुन सक्छ। अध्ययनले के पुष्टि गरेको छ भने पुदीनाको तेलले त्यस्तो पीडा कम गर्छ। 
डिप्रेसन र थकान घटाउँछ
यसले शक्तिलाई रिचार्ज गर्नुका साथै दिमागको काम गर्ने क्षमता वृद्धि गर्छ। यदि चिन्ता, डिप्रेसन आदिको समस्या छ भने पुदीना र यसका अरु उत्पादनले समाधान गर्न सहयोग पु¥याउँछन्। सुत्ने बेला अलिकता पुदीनाको तेल तकियामा छर्कने हो भने दिमाग र शरीरले काम गर्ने क्षमतामा वृद्धि हुन्छ। 
छालाको हेरचाह
यो राम्रो एन्टिसेप्टिक पनि हो। यसको जुसले छाला सफा गर्नुका साथै छालाको संक्रमण, डण्डीफोर र दाग हटाउन मद्दत गर्छ। यसमा भएको तत्वका कारण पुदीनाले लामखुट्टे, मौरीजस्ता किराले टोकेको पनि निको पार्छ। 
स्मरणशक्ति बढाउँछ
हालै गरिएको एक अध्ययनले पुदीनाले स्मरणशक्ति बढाउने पनि पुष्टि भएको थिया। पुदीना मिसाइएको चुईङगम खानाले दिमागी सचेतना बढ्ने भएका कारण स्मरणशक्ति पनि बढ्ने देखिएको अध्ययनमा सहभागीहरु बताउँछन्। 
यसका साथै पुदीनाको नियमित उपभोगले तौल घटाउने, प्रजनन क्षमतामा वृद्धि गर्ने, मुख स्वास्थ्यमा उपयोगी हुने, एलर्जी हटाउने, क्यान्सर रोकथाम गर्नेजस्ता काम गर्छन्। 
 

लसुन र महको फाइदाबारे जानी राखौं

लसुन र महको फाइदाबारे जानी राखौं
लसुन र महको बारेमा जानकारी नहुने सायदै होलान् । हरेक दिन हाम्रो भान्सामा लसुन मसालाको रुपमा प्रयोग हुन्छ । लसुन मलामात्रै नभएर यो भान्साको औषधि पनि हो । यसले शरीरका अनेक विकारलाई शुद्धीकरण गरेर अनेक खाले इन्फेक्शन कम गर्न समेत सहयोग गरिरहेको हुन्छ । लसुनले मानिसको पाचनक्रिलाई समेत फाइदा पु¥याइरहेको हुन्छ । त्यसमा पनि अहिले जाडोको मौसम चलिरहेको हुनाले लसुन र महको सेवनले तपाईंलाई झनै लाभ हुन सक्छ ।
जानौं लसुन र महको फाइदाबारेः

बनाउने तरिका 
दुई, तीनवटा लसुनको पोटी पिसेर पनि पेस्ट बनाउने । त्यसमा ताजा (काँचो) मह मिसाउने । मिश्रणलाई केही बेर राख्ने, यसो गर्दा लसुनमा मह राम्ररी मिसिन्छ  । यसरी बनाइएको पेस्ट बिहान खाली पेटमा ७ दिनसम्म सेवन गर्ने ।
लसुन र महको महत्व
लसुनजस्तै मह पनि मानिसका लागि औषधिय गुणले भरिपूर्ण छ । लगातार सात दिनसम्म मह र लसुन सेवन गरेमा स्वास्थ्यका लागि चामत्कारिक फाइदा गर्छ । मह र लसुनबाट बनाइएको पेस्ट सेवन गर्दा स्वास्थ्यमा लाभ मिल्ने स्वास्थ्य विज्ञहरुको सुझाव छ ।

रुघाखोकीमा फाइदा
अहिले जाडोको मौसम चलिरहेको छ । यस मौसममा लसुन र महको मिश्रण सेवन गर्दा शरीरमा गर्मी बढाउँछ । जसले तपाईंको शरीरलाई न्यानो बनाईराख्ने काम गर्छ । साथै यसको सेवनले तपाईंलाई रुघाखोकीबाट पनि जोगाउँछ ।

मुटुका लागि फाइदा
लसुन र महको पेस्ट सेवन गर्दा मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले मुटुमा जमेर बसेको विकारलाई पनि बाहिर निकाल्छ । यसले मुटुका धमी सफा गर्ने हुँदा रक्तसञ्चार राम्रोसँग हुन पाउँछ ।

पाचनक्रियामा लाभ
♦  यसको सेवनले पाचनक्रियालाई बलियो बनाउँछ । मानिसको पाचनप्रणली सबल भयो भने पेटका कारण सुरु हुने अन्य रोग लाग्नबाट जोगाउँछ ।

♦  लसुन र महको पेस्टले शरीरमा जम्मा भएका फोहोर र विकार बाहिर निकाल्न ‘क्लिनर’ को काम गर्छ । शरीरको विकार बाहिर निस्किएपछि मानिसलाई स्वस्थ जीवन बिताउन यो लाभकारी मानिएको छ ।

पखालाबाट छुट्कारा
यदि तपाईँ पटकपटक लाग्ने झाडापखालाबाट पीडित हुनुहुन्छ भने लसुन र महको पेस्ट तपाईँका लागि ‘अमृत’ हुनसक्छ । यसको सेवनले पाचनप्रणलीले राम्ररी काम गर्न थाल्छ । यसले तपाईँको पेटसम्बन्धी जुनसुकै प्रकारको संक्रमण निको हुन सक्छ ।

घाँटीको इन्फेक्शनमा फाइदा
लसुन र महको पेस्ट घाँटीको इन्फेक्शनमा पनि त्यतिकै लाभकारी मानिएको छ । यसको मिश्रणमा एन्टी–एन्फ्लेमेटरी गुण पाइन्छ, जसले घाँटीको खसखस र सुन्निएको अवस्थाबाट आराम दिलाउँछ ।

कपाल उमार्ने गज्जबको पिआरपी


डा. प्रकृति ज्ञवाली
छाला तथा यौन रोग विशेषज्ञ/कस्मेटोलोजिष्ट तथा लेजर विशेषज्ञ
स्वस्ति लेजर एन्ड स्किन केयर, नक्साल काठमाडौं 
प्लेटिलेट रिच प्लाज्मालाई छोटकरीमा पिआरपी भनिन्छ । प्रशोधित पिआरपी कपाल उमार्न छालामा हालिन्छ । पिआरपी भनेकै प्लाज्मा हो, जसमा प्लेटिलेट कोषिकाको मात्रा धेरै हुन्छ । त्यसैले कपालमा मलजल गर्ने यो किसिमको तरिकालाई पिआरपी गर्ने भनिएको हो । 
पिआरपी बनाउन बिरामीको रगत २० देखि ३० एमएल निकालिन्छ । रगत सेन्टिफ्यूज मेसिनमा प्रक्रिया तथा प्रशोधन गरिन्छ । प्रशोधन गरेर रातो रगत प्लाज्मामा परिवर्तन गरिन्छ । प्रशोधित रगत प्लाज्मामा परिवर्तन हुन्छ । प्रशोधन गरेर प्लाज्मामा परिवर्तन गरेको रगत पहेँलो किसिमको देखिन्छ । केश पलाउन र छाला स्वस्थ हुनका लागि आवश्यक पर्ने प्लेटिलेट पहेँलो रगतमा हुन्छन् । 
कपाल उमार्ने प्लाज्मा 
कपाल उमार्नका लागि प्लाज्मा महत्वपूर्ण हुन्छ । प्लाज्मा अर्थात पहेँलो रगत कपालको वृद्धि–विकास तथा छालाका लागि आवश्यक तत्व हो । 
प्लाज्मामा २० भन्दा धेरै कपालको वृद्धि–विकास तथा छालाका लागि आवश्यक (ग्रोथ फ्याक्टर) तत्व हुन्छन् । प्लाज्माले कपाल तथा छालाको वृद्धि विकासमा सहयोग गर्छ । 
रगतमा आरबिसी, डब्लुबिसी, प्लेटिलेट गरी तीन किसिमका रक्त कोषिका हुन्छन् भने कपाल उमार्नका लागि प्लेटिलेटको आवश्यकता हुन्छ ।
मानिसको निकालिएको रगतमध्ये केश उमार्नका लागि प्लेटिलेटको मात्रै आवश्यकता पर्ने भएकाले प्लेटिलेट मात्रै प्रशोधन गरेर राखिन्छ । 
पिआरपी (प्लेटिलेट रिच प्लाज्मा) धेरै किसिमका समस्यामा प्रयोग गर्न सकिन्छ । आँखामुनिको कालोपन हटाउन, डण्डीफोर तथा घाउको खत हटाउन पनि प्रयोग गर्न सकिन्छ । 
कपाल झरेको अवस्थामा पिआरपीको सहायताले कपाल पलाउन मद्दत गर्छ । प्लेटिलेट रगतको प्रयोग गरेर केश उमार्ने एक किसिमको उपचार पद्धति हो । 
जहाँ जहाँ केश झरेको छ त्यस ठाउँमा मसिनो सुईको माध्यमबाट पिआरपी अलिअलि गर्दै हालिन्छ । 
कपालको जरामा पोषण
मानिसको शरीरमा यी तीनै किसिमका रगत हुने भए पनि कपालका लागि पर्याप्तता हुँदैन । त्यसैले निकालेर लाउनु पर्छ । प्लेटिलेट कपालको जरामा सिधै हालिने भएकाले कपाल आउँछ । 
छालामा दुई तह हुन्छन् । छालाको बाहिरी भागलाई इपिडर्मिस भनिन्छ भने भित्री भागमा डर्मिस हुन्छ । कपालको जरा डर्मिस भागमा हुन्छ । पिआरपी गरेर प्लाज्मा पनि मसिनो सुईको माध्यमबाट डर्मिस भागमा पु¥याइन्छ, जहाँ कपालको जरा हुन्छ । 
सुईबाट लगाएको प्लाज्मा छालाबाट रक्त सञ्चारमा नमिसिने भएकाले यो फेरि रक्त सञ्चारमा फैलिँदैन । त्यसैले कपालको जरामा प्लाज्मा रहिरहन्छ । कपाललाई खाद्य तत्व पुगिरहन्छ । र कपाल पलाउँछ ।  
हर्मनले पुरुषको कपाल धेरै झर्छ
सबैमा पिआरपीले मात्रै काम गर्छ भन्ने हुँदैन । कपाल झर्नु तथा पातलो हुँदै जानुका विभिन्न कारण हुन्छन् । एउटै मात्रै कारण नहुन सक्छ । 
औषधिको प्रयोग, थाइराइड, शरीरमा भएको कुनै पनि किसिमको रोग, तनावका कारणले पनि केश झर्न सक्छ । खानपिनमा कमी, अचानक खाना खानै छोड्ने, डाइटिङ गर्नेजस्ता कारणले पनि केश झर्ने समस्या हुन्छ । शरीरमा भिटामिन तथा खाद्य तत्वको अभावका कारणले कपाल झर्न सक्छ । शरीरमा आइरनको कमी, पानी, प्रदूषणलगायतका कारणले केश झर्ने समस्या हुन्छ । 
एन्ड्रोजन हर्मनको कारणले धेरैजसो पुरुषमा एन्ड्रोजेनिक एलोपेसियाजस्तो समस्या देखिन्छ । 
यो वंशाणुगत समस्या हो । पुरुषमा एन्ड्रोजन हर्मनका कारणले पनि कपाल झर्छ । पुरुषमा विशेषगरी एन्ड्रोजनका कारणले  कपाल खुईलिँदै जान्छ । विशेषगरी टाउकाको अगाडिको भाग अर्थात् निधार माथिबाट कपाल खुईलिँदै जान्छ भने कतिपय पुरुषको तालुबाट पनि झरेको देखिन्छ । 
एन्ड्रोजन हर्मनका कारणले कपालको जरालाई असर गर्न सक्छ ।  त्यसैले कपाल खुईलिने सम्भावना हुन्छ ।
महिलाको तुलनामा पुरुषमा एन्ड्रोजन हर्मन बढी हुने भएकाले महिलाको तुलनामा पुरुषको कपाल बढी झरेको देखिन्छ।
धेरैजसो महिलाको भने टाउकाको सबै भागबाट बिस्तारै कपाल झर्दै गएको देखिन्छ । महिलाको कपाल झर्दा एकै ठाउँबाट मात्र नभएर सबैतिरबाट झर्न सक्छ । 
पिआरपी गरेपछि कपालको जरामा पर्याप्त मात्रामा खाद्य तत्व पुग्छ । र कपाल आउँछ । सुईमार्फत पिआरपीको सहायताले पहिलो नम्बरमा कपाल झर्न रोकिन्छ । 
तीन पटकमा कपाल पलाउँछ
कपाल उमार्नका लागि महिनामा एकपटक पिआरपी गर्नु पर्छ । पहिलोपटक पिआरपी गरिसकेपछि कपाल झर्न रोकिन्छ । ३/४ पटक पिआरपी गरेपछि टाउकोमा नयाँ कपाल आएको देख्न सकिन्छ । त्यसैैले नयाँ कपाल देखिन पिआरपी गरेको कम्तीमा तीन महिना पर्खिनु पर्छ । 
एकपटक पिआरपी गर्दा सामान्यतयाः दस हजारको हाराहारीमा खर्च हुन्छ । 
२० देखि ३० एमएल निकालिएको रगतमा तीनदेखि पाँच एमएल पिआरपी हुन्छ । सामान्तयाः टाउकाको पछाडिको भागको कपाल झरेको हुँदैन । अगाडि र तालुमा नै गएको हुन्छ । त्यसैले पाँच एमएलसम्म पिआरपीले टाउकाको कपाल उमार्न तथा वृद्धि–विकासका लागि पर्याप्त हुन्छ । जुन जुन भागको कपाल झरेको छ त्यही भागमा सुईको माध्यमबाट पिआरपी गरिन्छ । 
मसिनो सुइ हुन्छ, जसले एक–एक थोपा छालामा हालिन्छ । सामान्यतयाः एक सेन्टिमिटरको फरकमा पिआरपी गरिन्छ । 
पिआरपी गरेको कपालमा सामान्यतयाः ६ महिनामा एकपटक फलोअपका लागि सम्बन्धित चिकित्सककहाँ जानु राम्रो हो । 
जरा भएकोमा पिआरपी
कपालको जरा नै मरिसकेको अवस्थामा कपाल पुनः नआउन पनि सक्छ । त्यसैले सबैभन्दा पहिलेत कपालको जरा छ वा छैन भन्ने परीक्षण गरेर पत्ता लगाइन्छ । 
कपाल पुनः पलाउनका लागि कपालको जरा हुनु पर्छ । जरा छ भने मात्रै जरामा पोषण तŒव दिएपछि कपाल पलाउँछ । बिरुवा जस्तै हो कपाल पनि । बिरुवाको जरा नै मरिसकेको छ भने जति मल जल गरे पनि बिरुवा पलाउँदैन । जरा छ भने मात्रै मल जल गरेपछि बिरुवा आउँछ । त्यसैले जरा मरेको छैन तर पोषण नपाएर बढ्न नसकेको अवस्थामा पिआरपी गरेर पोषण दिइन्छ र पुनः कपाल पलाउँछ । जति जरा राम्रो हुन्छ, त्यतिनै कपालको गुणस्तरीयता हुन्छ ।
कतिपय अवस्थामा फेरि कपाल रोप्नु पर्छ, त्यसलाई प्रत्यारोपण गर्ने भनिन्छ । त्यसैले कपालको जरा मरेको हो वा पोषण तत्व नपाएर नबढेको हो भन्ने छुट्याइन्छ । 
पिआरपी कपालको जरा भएको अवस्थामा मात्रै गरिन्छ भने प्रत्यारोपण गरेको कपालमा पनि पिआरपी गरेको खण्डमा पुनः कपाल झर्नबाट बच्छ । रोपेको कपाललाई पोषण तत्व पु-याउनका लागि पनि पिआरपी गर्दा राम्रो ।
पाको उमेरमा पनि गरिन्छ, पिआरपी

सबै उमेर समूहमा पिआरपी गर्न मिल्छ । सामान्यतयाः बालबालिकाको कपाल झर्ने समस्या हुँदैन । १२ वर्षभन्दा माथिका उमेर समूहमा पिआरपी गर्न सकिन्छ । साठी वर्षभन्दा पाका उमेरका मानिसमा जवानीको जस्तो कपाल पलाउँछ भन्ने पनि हुँदैन । तर बुढेसकालमा पनि कपालको पिआरपी नगरिने भने हैन । धेरै जसो २० देखि ४० वर्ष उमेर समूहका मानिस कपाल भर्ने समस्या लिएर आउँछन् । पिआरपी पनि जवानी उमेर समूहमै धेरै गरिन्छ । ‘स्वस्ति लेजर एन्ड स्किन केयर’मा कपालको समस्या लिएर आउनेमध्मे अधिकांश २० देखि ५० वर्ष उमेरकै हुन्छन् । महिलाको तुलनामा पुरुष धेरै आउँछन् । तर महिला पनि त्यत्तिकै आउँछन् । कपालको पिआरपी गर्न महिनामा करिब ३० जना आउँछन् । 
पिआरपी सत प्रतिशत सुरक्षित
पिआरपीको जोखिम हुँदैन । कपाल उमार्ने अत्यन्तै सुरक्षित तरिका हो । पिआरपी गरेर कपाल उमार्दा जोखिम शून्य हुन्छ । कुनै पनि किसिमको जोखिम हुँदैन । आफ्नै शरीरको रगत निकालेर प्रशोधन मात्रै गरिन्छ । कुनै पनि किसिमको औषधिको प्रयोग नगरिने भएकाले यो अत्यन्तै सुरक्षित तरिका हो । हल्का चिस्स दुख्न सक्छ । पिआरपी गर्दा सुइको माध्यमबाट गरिने भए पनि नदुख्ने मलम लगाएर गरिन्छ । त्यसमाथि पनि मसिनो सुइको प्रयोग हुने भएकाले पिआरपी गर्दासमेत दुख्दैन । यो तरिका सत प्रतिशत प्राकृतिक हो । 
भविष्यमा पनि पिआरपीको कुनै पनि किसिमको साइड इफेक्ट हुँदैन । 
पैसा पनि धेरै खर्च गर्नु नपर्ने, अप्रेसन पनि गर्नु नपर्ने भएकाले पिआरपी गरेर कपाल उमार्ने तरिका भरपर्दो तरिका हो । समयको पनि बचत हुने भएकाले पिआरपी प्रभावकारी छ । कपाललाई स्वस्थ राख्न पिआरपी गरिन्छ । 
प्रस्तुतिः उपेन्द्र खड्का

चुरोट छाड्ने चार उपाय

चुरोट छाड्ने चार उपाय
चुरोटको लत छुटाउन भारतले हालै हेल्पलाइन सेवा सुरु गरेको छ। साथै भारतको स्वास्थ्य मन्त्रालयले चुरोटका कारण लाग्ने रोगले प्रभावित अंगहरू तथा दाँत झरेका तस्बिर सार्वजनिक गरेको छ। र, यस्ता तस्बिर चुरोटका बट्टाको ८० प्रतिशत भागमा राख्न चुरोट उत्पादक कम्पनीहरूलाई  निर्देशन दिएको छ।
सबै चुरोटका बट्टामा ‘चुरोटका कारण दर्दनाक मृत्यु हुन्छ’ लेखिएको हुनुपर्ने नियम भारत सरकारले लागू गरेको छ। र, ती बट्टामा सरकारले उपलब्ध गराएको हेल्पलाइन नम्बर १८००११२३५६ पनि राख्न अनिवार्य गरिएको छ। भारतले हालै धूमपान प्रयोगबारे नयाँ निर्देशिका जारी गरेको हो।
चुरोट कसरी छोड्ने ?
भारत सरकारले सुरु गरेको हेल्पलाइन नम्बर १८००११२३५६ मा फोन गरेर चुरोट या सूर्तिजन्य पदार्थको लतबाट कसरी छुट्कारा पाउने भन्ने विषयमा यसका अम्मलीहरूले सुझाव लिन सक्ने बताइएको छ। हेल्पलाइन १२ घण्टा खुला रहने भारत सरकारले जनाएको छ । उक्त हेल्पलाइन सेवाले चुरोट तथा सूर्तिजन्य पदार्थ छाड्न दिने गरेको सुझाव यस्ता छन्ः
पहिलो उपाय  :  बिहानै उठेर दुई गिलास पानीमा कागती मिसाएर दैनिक पिउने
दोस्रो उपाय  : जब चुरोट पिउन तल्तल् लाग्छ, आफैले आफैलाई सम्झाउनु कि ‘मलाई चुरोट छोड्नु छ।’ चुरोट छाड्न सबैभन्दा बढी आफ्नै इच्छाशक्ति आवश्यक हुन्छ।
तेस्रो उपाय : चुरोट छाड्ने निधो गरिसकेपछि कहिलेदेखि छाड्ने मनमनै मिति तोक्नुहोस्। त्यसपछि पनि तपाईंलाई चुरोट पिउन मन लाग्नेछ । यस्तो बेला तपाईं आरामसँग बस्नोस् र लामो श्वास तानेर पानी पिउनुहोस् । यसो गर्दा तपाईंको ध्यान अन्तै मोडिन्छ।
चौथौ उपाय : अमलालाई घाममा सुकाउनुहोस्, त्यसमा कागती र नुन हालेर बट्टामा राख्नुहोस् र जतिबेला पनि आफ्नै साथमा राख्नुहोस् । जब चुरोट पिउने तल्तल् लाग्छ, त्यतिबेला बट्टाको अमला थोरै–थोरै निकालेर खानुहोस् । यसका साथै मौसम, सुन्तला र अंगुरजस्ता फलफूलका जुस पिउने गर्नाले पनि चुरोटको सम्झना मेटिन सक्छ।
चुरोट तथा सूर्तिजन्य पदार्थ छाड्दा सुरुका दिनमा चिडचिड हुने, नैराश्य हुने, छटपटी हुनेजस्ता लक्षण देखिन्छन् । यस्ता लक्षणले कसको कति चुरोट खाने बानी थियो भन्ने कुरा पनि पत्ता लाग्ने बताइएको छ।

असुरक्षित गर्भपतन गराउने बढ्दै


काठमाडाैं- पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ। स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका छन। पछिल्लो तथ्याङ्कअनुसार प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन्। वर्षेनी एक लाख ८६ हजार १४४ असुरक्षित गर्भपतन हुने प्रजनन स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था गुटामाचार इन्ष्टिच्युट र कृपा नामक संस्थाले जनाएका छन्। 
अनिच्छित गर्भलाई सुरक्षित तरिकाले गर्भपतन गराउन आवश्यक सीप नभएका व्यक्तिले गरेको अथवा तोकिएको मापदण्डअनुसारको सुविधा नभएको स्थानमा दिइएको गर्भपतन सेवालाई असुरक्षित गर्भपतन भन्ने गरिन्छ। ती संस्थाले गरेको अध्ययनमा ४२ प्रतिशत मात्र सुरक्षित र ५८ प्रतिशत असुरक्षित गर्भपतन हुन्छ। कानूनी रुपमा सुरक्षित गर्भपतनको शुरु भएको १६ वर्ष पुगिसक्यो। सो अवधिमा सुरक्षितभन्दा असुरक्षित गर्भपतन गरेको सङ्ख्या करीब दोब्बर नै पुगेको छ। विसं २०५९ असोज १० गते यसले कानूनी मान्यता पाएको थियो। हालसम्म सुरक्षित गर्भपतन गराउनेहरु १३ लाखभन्दा माथि उक्लन सकेको छैन। 
“गर्भपतनले कानूनी मान्यता पाएको” कुरा सर्वसाधारण महिलासम्म जानकारी नहुँदा असुरक्षित गर्भपतन सङ्ख्या बढिरहेको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा सरिता आचार्य भन्छिन। समुदाय तहमा हुने मृत्युमध्ये १३ प्रतिशत असुरक्षित गर्भपतनका कारणले भइरहेको छ । उनी भन्छिन, “ग्रामीण तहमा सुरक्षित गर्भपतन सेवामा सबै महिलाको पहुँच नै पुगेको छैन, गुणस्तरीय सेवा नपुग्दा गर्भपतनका कारण अकालमा महिलाको मृत्यु हुने गर्छ।” पछिल्लो स्वास्थ्य सर्वेक्षणाअनुसार १९ प्रतिशत महिला अनिच्छित गर्भ राख्न बाध्य हुन्छन्। 
असुरक्षित गर्भपतन गराउने चारमध्ये एक जनालाई जीवनभर उपचार गराउनुपर्ने र तिनको शारीरिक, मानसिक एवं आर्थिक तथा भावनात्मक समस्या हुने गरेको विश्वस्वास्थ्य सङ्गठनले जनाएको छ। चिकित्सकका अनुसार असुरक्षित गर्भपतनले विशेष गरी अधिक रक्तश्राव, सङ्क्रमण, पाठेघरको मुख, महिलाको प्रजनन अङ्ग, पाठेघरजस्ता अति संवेदनशील अङ्गमा असर पुग्ने गर्छ। 
अर्कातर्फ विशेष गरी शहरी क्षेत्रमा भ्रुण पहिचान गरी गर्भपतन गराउनेको सङ्ख्या बढ्दो नै रहेको बताइएको छ। भ्रुण पहिचान गरी गर्भपतन गराउन कानूनले निषेध गरेको छ। स्वास्थ्य मन्त्रालयले २०७३ कात्तिक २ गतेदेखि गर्भपतन सेवा निःशुल्क बनाएको छ। “सुरक्षित गर्भपतन सेवालाई सबै अस्पतालमा विस्तार गरेका छाैं। एक हजारभन्दा बढी स्वास्थ्य संस्थालाई सूचीकृतसमेत गरेका छाैं। यो सेवाको पहुँचभित्र ल्याउन उच्च प्राथमिकताभित्र रहेको छ”, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी भन्छन्। विशेष अवस्थामा मात्र गरिने १२ हप्तामाथिको गर्भपतन र औषधिद्वारा गरिने गर्भपतन सेवालाई समुदायस्तरसम्म विस्तार गर्न विभागले काम गरिरहेको जनाइएको छ। 
महिला र पुरुष दुवैले परिवार नियोजनका साधन प्रयोग गरेमा अनिच्छित गर्भ रहँदैन। “अनिच्छित गर्भ नरहे गर्भपतन नै गराउनुपर्ने अवस्था आउँदैन”, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा पुण्य पौडेल बताउँछन्। सुरक्षित गर्भपतन सेवा पाउने स्वास्थ्य संस्थाको पहुँच बढाउन तथा सेवासम्बन्धी जनचेतना विस्तार गर्न महाशाखाले कार्यक्रम कार्यान्वयन गरेको छ। 
अझै पनि ५० प्रतिशत महिलाको विवाह १८ वर्षभन्दा कम उमेरमा हुने गर्छ। पन्ध्र देखि १९ वर्ष समूहका विवाहितामध्ये ८५ प्रतिशतले परिवार नियोजन साधन प्रयोग नगर्ने स्वास्थ्य सर्वेक्षणले देखाएको थियो। “परिवार नियोजनका साधनका पहुँच सबैमा पु-याउन सरकारले ध्यान दिनुपर्छ। गर्भपतनका सेवा निःशुल्क छ भन्ने जानकारी समुदायस्तरसम्म पुग्नु जरुरी रहेको छ”, प्रजनन स्वास्थ्य सेवा सुदृढीकरणमा सहयोग गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइपासका नेपाल निर्देशक शिवेशचन्द्र रेग्मी बताउँछन्।
सुरक्षित मातृत्व ऐन कोसेढुङ्गा 
मौलिक हक कार्यान्वयन गर्न लागू भएको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५’ सुरक्षित मातृत्व तथा प्रजनन अधिकारका क्षेत्रमा कोसेढुङ्गा मानिएको छ। संविधानमा नै प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्करुपमा प्राप्त हुने, कसैलाई पनि आकस्मिक सेवा वञ्चित नगरिने, प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्योपचारको सम्बन्धमा जानकारी पाउने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने प्रावधान रहेको छ। 
ऐनमा महिलालाई सुरक्षित गर्भपतन गर्न पाउने अधिकार सुनिश्चित गरिएको छ। गर्भवतीको मञ्जुरीमा १२ हप्तासम्मको गर्भ गर्भपतन नगराएमा गर्भवतीको ज्यानमा खतरा हुने भएको, जबर्जस्ती करणी वा हाडनाताको करणीबाट गर्भ रहेको तथा गर्भमा नै वंशाणुगत खराबी देखिएमा गर्भपतन गराउन सक्ने व्यवस्था छ। 
ऐनले प्रत्येक महिलालाई तथा किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा, सूचना, परामर्श तथा सेवा प्राप्त गर्ने अधिकार, विवाहपूर्व तथा विवाहपछि प्रजननसम्बन्धी परामर्श तथा सूचना प्राप्त गर्ने अधिकार, गर्भपतन सेवा प्राप्त गर्ने अधिकार, गर्भवती, सुत्केरी तथा प्रजनन स्वास्थ्य रुग्णताको अवस्थामा पोषणयुक्त आहार तथा शारीरिक आराम पाउने अधिकारलगायत अधिकारलाई सुनिश्चितता प्रदान गरेको छ। 
अर्कातर्फ प्रजनन स्वास्थ्यको कमजोरी (रुग्णता) देखाएर कसैले (श्रीमान्/श्रीमती) पनि एकार्कालाई घरबाट निकाला, विस्थापन एवं सम्बन्धबिच्छेद गर्न वा गराउन नपाइने व्यवस्था ऐनमा छ। ऐनमा आफ्नो स्वास्थ्य संस्थामा आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा प्रदान गर्न सम्भव हुँदाहुँदै जानीजानी अर्काे स्वास्थ्य संस्थामा प्रेषण (रिफर) गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने व्यवस्थासमेत गरिएको छ। त्यसरी अर्काे स्वास्थ्य संस्थामा सिफारिश गरेमा छ महीनासम्म कैद अथवा रु ५० हजारसम्म जरिवाना वा दुवै हुन सक्ने प्रावधान छ। सम्भवतः प्रसूति तथा नवजात शिशु सेवामा सिफारिश गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने प्रावधान पहिलो पटक व्यवस्था गरिएको देखिन्छ। ऐनमा अनिच्छापूर्वक परिवार नियोजन तथा गर्भ निरोधकको साधन प्रयोग गराएमा छ महिनासम्म कैद अथवा रु ५० हजारसम्म जरिवाना वा दुवै हुन सक्ने प्रावधानसमेत छ। 
“प्रत्येक व्यक्तिलाई परिवार नियोजनसम्बन्धी सूचना, जानकारी, छनोट र सेवा प्राप्त गर्ने अधिकार हुनेछ। मञ्जुरी नलिइकन बलपूर्वक परिवार नियोजन गराउनुहुँदैन, गर्भनिरोधक साधन प्रयोग गराउनु हुँदैन”, ऐनमा भनिएको छ। विवाहितामध्ये ५३ प्रतिशतले मात्र परिवार नियोजनको कुनै न कुनै साधन प्रयोग गर्छन्। हाल मुलुकमा प्रजननदर २ दशमलव ३ छ।  रासस

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

विन्डोज अपरेटिंग सिस्टममा  किबोर्डको सटकर्ट प्रयोग गरेर सजिलैसंग थुप्रै कामहरु गर्न सकिन्छ | यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने केहि विन्डोज सटकर्टहरुको सूची तल दिईएको छ | कतिपय सटकर्टहरु विन्डोजको पुरानो संस्करणमा चल्दैनन् |

विन्डोज बटनसँगको सटकर्टहरु
Windows Key ले किबोर्डमा Alt को देब्रे पट्टि हुने बटनलाई चिनाउछ | यस बटनले विन्डोजमा स्टार्ट मेनु पनि खोल्ने गर्छ |

Windows Key + E : विन्डोजको फाइल एक्सप्लोरर खोल्न
Windows Key + D: सिधै विन्डोजको डेस्कटपमा जान
Windows Key + L: कम्प्युटर/ ल्यापटपलाई तु लक् गर्न
Windows Key + . : इमोजी मेनु खोल्न
Windows Key + Space: किबोर्डले टाइप गर्ने भाषा परिवर्तन गर्न ( दुईवटा किबोर्ड इन्स्टल गरिएको खण्डमा )
Windows Key + S: सर्च गर्न
Windows Key + 1,2,3… : टास्कबारमा पिन भएको एपहरुलाई खोल्न
Windows Key + Shift + S : नयाँ स्निपटुलबाट स्क्रिनसट लिन
Windows Key + PrtSrc : स्क्रिनसट लिन
Windows Key + P : डिस्प्लेलाई प्रोजेक्टर अथवा अर्को मोनिटरमा देखाउन
Windows Key + M : हाल खुलिरहेको विन्डोलाई मिनिमाइज गर्न

Ctrl, Alt र Shift बटनसँगको सटकर्टहरु
Ctrl + C: टेक्स्टलाई कपी गर्न
Ctrl + V: टेक्स्टलाई पेस्ट गर्न
Ctrl + A : स्क्रिनमा देखाएको सबै फाइल / टेक्स्टहरुलाई एकै पटकमा सेलेक्ट गर्न
Ctrl + Z: लेखि सकेको कुरालाई हटाउन
Ctrl + Y: हटाएको कुरालाई पुन: फिर्ता ल्याउन
Ctrl + Shift + Esc : टास्क म्यानेजर खोल्न
Alt + Left arrow : पछाडी आउन
Alt + Right arrow : अगाडि जान
Alt + Enter : जानकारी देखाउन
Alt + Spacebar: अप्सन मेनु खोल्न
Alt + F4 : खुलिरहेको विन्डो बन्द गर्न


एकमात्र बटन थिचेर हुने सटकर्टहरु

F1 : सहयोग मेनु खोल्न
F2: फाइलको नाम परिवर्तन गर्न
F3: फाइल एक्सप्लोरारमा फाइललाई सर्च गर्न
F5: रिफ्रेश गर्न
F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन
Delete / Del: केहि कुरा डिलिट गर्न
Backspace : अगाडिको ट्याब वा लोकेसनमा जान / लेखेको टेक्स्ट मेट्न

इन्टरनेट ब्राउजर भित्र आवश्यक पर्ने सटकर्टहरु
F5: ट्याब रिलोड गर्न
Ctrl + F: मन लागेको शब्द सर्च गर्न
Ctrl + W : हाल खुलीरहेको ट्याबलाई बन्द गर्न
Ctrl + U : बन्द भइसकेको ट्याबलाई पुन: खोल्न     
F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन
Ctrl + Shift + T : बन्द गरेको ट्याबलाई पुन: खोल्न

यसमा तपाईको मत

विवाह पञ्चमी महोत्सव मनाइँदै

जनकपुरधाम, २६ मङ्सिर । जनकपुरधाममा आज भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलनअनुसार मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
sitaram

सो महोत्सवमा सहभागी हुन यस पटक लाखौँ श्रद्धालु यहाँ आएका छन् । सो क्रममा श्रद्धालुले जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा आज बिहानैदेखि पूजाअर्चना गरिरहेका छन् । यस पटक भारतको अयोध्याबाट आएको जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सहभागिता रहने छ । मुख्यमन्त्री योगी लखनउबाट विशेष विमानमा जनकपुरधाम आई महोत्सवमा सहभागी हुने कार्यक्रम छ ।
सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गरेका छन् ।
मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखी रङ्गभूमिमा लगी स्वयम्बर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ । त्यस्तै सो अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् । रासस

कपाल झर्न रोकी नयाँ कपाल उमार्ने घरेलु उपायहरु ! जानी राखौं

जवानमै कपाल झर्नु महिला र पुरुषका लागि ठूलो चिन्ताको विषय हो । युवावस्थामै तालु देखियोस् भन्ने पुरुषहरु चाहँदैनन् । पुरुषको कपाल झर्न रोक्ने घरेलु उपाय पनि छन् ।


यसका लागि खासगरी तेलले मालिस गर्ने, नरिवलको तेल, अण्डा, एभोकाडो, सुन्तलाको जुस, घ्यू कुमारी, निम, हेन्ना, मह, मरिच, भिनेगर र कागतीको जुसको प्रयोग गर्ने सकिन्छ । राम्रो कपालका लागि खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ । यसका लागि गेडागुडी, खैरो भात खाने, भिटामिन बी कम्प्लेक्स प्रयोग गर्न सकिन्छ । कपाल झर्ने समस्याका कारणहरुमा मनोवैज्ञानिक समस्या, ब्याक्टेरियाको संक्रमण, केमोथेरापी, पौष्टिक तत्वको कमी र हार्मोनमा असन्तुलन हुन सक्छ । यसका साथै तालुको भागमा राम्ररी रक्तसञ्चार नहुँदा पनि कपाल झर्ने समस्या हुन्छ । पुरुषहरूमा कपाल झर्ने समस्याको घरेलु उपचारहरुमा :
तालुको मसाज
पुरुषको कपाल झर्नबाट रोक्नका लागि तालुको भागलाई मसाज गर्दा राम्रो हुन्छ । तालुको भागमा राम्रोसँग रक्तसञ्चारका लागि यसको मसाज गर्नुपर्छ। रगतले कपालका जरालाई चाहिने अक्सिजन बोकेको हुन्छ । यसले कपाललाई उमार्न र हुर्काउन मद्दत गर्छ । तसर्थ, नियमित रुपमा तालुको मसाज गर्दा रक्तसञ्चारमा सुधार आउँछ ।
अण्डा
अण्डामा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । जसले कपाललाई बाक्लो र बलियो बनाउन मद्दत गर्छ । एउटा अण्डालाई मज्जाले फिटेर पेस्ट बनाई नियमित रुपमा कपाल र तालुमा लगाएर केही मिनेटसम्म त्यत्तिकै राख्नुपर्छ । त्यसपछि पखाल्नु पर्छ । यसले कपाललाई बाक्लो र चम्किलो बनाउने काम गर्छ ।
मरिच
एक गिलास दहीमा दुई र तीन चम्चा कालो मरिचको धूलो राखी पेस्ट बनाएर कपालमा लगाउँदा कपालको झर्ने दर कम हुन्छ । यसरी लगाएको केही मिनेटपछि स्याम्पू लगाई नरम तरिकाले पखाल्नु पर्छ ।
नरिवलको पानी
नरिवलको पानीमा प्रशस्त मात्रामा भिटामिन र पौष्टिक तत्व हुन्छन् । यसले कपाल पलाउनलाई सहयोग गर्छ । यसले कपालको जरालाई स्वस्थ र मजबुत पनि बनाउँछ । नरिवलको तेल वा नरिवल पानी दुवैलाई तालुमा लगाउन सक्नुहुन्छ । साथै नरिवलको पानी दिनहुँ पिउँदा कपाल र शरीर दुवै स्वस्थ हुन्छ ।