के तपाइलाई थाहा छ ? तुलसीको प्रयोगले निको हुन्छ यस्ता रोगहरु :

तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस (५–१० मिलिलिटर)मा मह मिसाएर दिनको दुईदेखि तीनपटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ ।
बच्चाको साधारण पेट दुख्दा, अजीर्ण हुँदा, अरुचि हुँदा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ । मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ ।
विषम ज्वरो वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा हुन्छ । केही रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म त्यसै वा तातो पानीसँग पनि सेवन गर्न सकिन्छ । कीटाणुनाशक शक्ति भएका कारण तुलसीको पातको लेदो बनाई जीर्ण घाउमा, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

जाडोमा छालामा देखिने समस्या र जोगिने उपाय


जाडो महिनामा मौसमको आद्र्रता कम हुने हुँदा छाला सुख्खा हुदै जान्छ, त्यसको फलस्वरुप हातखुट्टा फुट्न, ओठ फुट्ने छाला सुख्खा हुने कपाल सुक्खा भएर फुरुङ्ग देखिने हुन्छ।
त्यतिमात्र होइन, जाडो महिना शरीरमा विभिन्न किसिमका एलर्जीहरु पनि देखा पर्छन्। उनीको लुगा लगाउने हुँदा एलर्जी भएर शरीर चिलाउने, पोल्ने हुन्छ । चाडोमा हातखुट्टा सुनिने समस्यापनि धेरै देखिन्छ, त्यसैले पनि हामीहरु धेरै घाममा बस्ने आगो ताप्ने हिटर ताप्ने गर्दा हाम्रो छाला सुख्खा हुँदै जान्छ।
जाडोको घाम रापिलो हुने हुँदा छालामा भएको चिल्लोलाई सोचेर छालालाई सुख्खा बनाउँछ । घामले गर्दा अनुहारमा चायाँ बढ्नुको साथसाथै अनुहारमा चाउरीपन बढ्दै जान्छ । त्यसैले जाडोमा घाममा बस्दा वा घरबाहिर निस्कँदा सन्सक्रिममा बढी एसपिएफ भएको प्रयोग गर्नु पर्दछ।
जाडोमा हामीले धेरै साबुन प्रयोग गर्नाले हाम्रो छाला सुख्खा हुदैँ जान्छ, त्यसैले जाडोमा साबुनको सकेसम्म कम प्रयोग गर्दा राम्रो हुन्छ वा बच्चालाई प्रयोग गर्ने साबुन अथवा ग्लिसिरिन भएको साबुनको प्रयोग गर्न सक्छौँ।
जाडोमा हामीले फेसवासको प्रयोग गर्दा पनि माइल्ड खालको फेसवासको प्रयोग गर्ने र तुरुन्तै मोस्चराइज क्रिमको प्रयोग गर्न सक्छौं, त्यसो गर्दा जाडोमा मोस्चराइज हराउन पाउँदैन।
डा सविना भट्टराई, वरिष्ठ छाला रोग विशेषज्ञ
जाडो याममा हिटर ताप्ने, घाममा धेरै बस्दा शरीरमा पानीको मात्रापनि कम हुने हुँदा प्रशस्त मात्रामा मनतातो पानी पिउनु पर्दछ । किनभने हातखुट्टा धेरै फुट्नुको कारण पनि शरीरमा पानीको मात्रा कम भएकाले हो।
मोस्चराइजजिङ लोसनक्रिम जाडो र गर्मी महिनाको भिन्न हुन्छ । गर्मीमा प्रयोग गर्ने क्रिमले जाडोमा काम नगर्न पनि सक्छ । त्यसैले जाडोमा प्रयोग गर्ने मोस्चराइज लोसनको प्रयोग गर्नुपर्छ। किनभने जाडोमा प्रयोग गर्ने लोसनमा बढी मोस्चराइज वा चिल्लो खालको हुन्छ।
हामीले जाडो महिनाामा धेरै ग्लिसिरिन को प्रयोग गर्ने गर्दछौँ। त्यो राम्रो पनि हो ग्लिसिरिनको प्रयोग गर्दा हामीले ग्लीसिरिन मात्रा प्रयोग गर्नुहुदैँन किनभने ग्लिसिरिनमा पानी सोस्नो शक्ति हुन्छ र ग्लिसिरिनको मात्र प्रयोग गर्नाले शरीरमा भएको चिल्लो पदार्थलाई सोचेर छाला झन् सुख्खा बनाउने गर्दछ, त्यसैले ग्लिसिरिन को प्रयोग गर्दा जहिले पनि एक चम्चा ग्लिसिरिन मा दुईचम्चा पानी वा रोज वटर वा कागती मिसायर प्रयोग गर्दा उपयुक्त हुन्छ।
जाडोमा खुट्टा फुटेर हैरान भइन्छ, त्यो बेलामा खुट्टा फुट्ने समस्या भएकाहरुले खुट्टालाई बनाएको क्रिम लगाउनुपर्छ । त्यसमा धेरै मोच्चराइज केमिकल हालेर बनाइएकोले फुटेको खुट्टा छिटो निको हुन मद्दत गर्छ।
जाडोमा हामीले नुहाउँदा तातो पानीको प्रयोग गर्ने गर्दछौँ तर धेरै तातो पानीको प्रयोग गर्दा शरीर सुख्खा हुन्छ। जाडोमा नुहाँउदा जहिले पनि मनततो पानीले नुहाउने र नुहाउनासाथ अलिअलि पानी पुछेर मोस्चराइज लोसनको प्रयोग गर्नुपर्छ। त्यसो गर्नले शरीरको चिल्लो कम हुन पाउदैन।
जाडोमा कपाल रुखो हुने हुँदा हप्ताको एकपटक तेल लगाउनु पर्दछ र छिटो–छिटो कपालमा स्याम्फु प्रयोग गर्नु हुँदैन, धेरै स्याम्फुको प्रयोगले कपाल रुखो हुन्छ।
बच्चाहरुलाई जाडो महिनामा चिलाउने समस्या बढ्न सक्छ। त्यसैले राति सुत्नु अगाडि तेल लगाइ दिनुपर्छ बच्चालाई उनीको लुगाभित्र जहिले पनि सुतीको लुगा लगाइ दिनुपर्छ। त्यसो गर्दा चिलाउने समस्या कम हुन्छ।
(भट्टारार्इ काठमाडौ‌‌‍‍ मेडिकल कलेजमा कार्यरत छिन्।) – स्वास्थ्य खबरपत्रिका

जाडोयाममा छालामा समस्या हुन्छ ? यसरी बच्नुहोस

जाडोयाममा

 सुरुवातसँगै छालामा समस्या देखापर्ने गर्छ । विशेषगरी, चिसो हावाका कारण हुने सुक्खापनले छालासम्बन्धी विभिन्न रोग लाग्ने सम्भावना रहन्छ । सामान्यतया छालामा एलर्जी देखिने, चिलाउने छाला फाट्नेजस्ता समस्या देखिन्छ । यस्तो समस्या भित्री शरीरमा हुने रोगको लक्षणसमेत हुन सक्छ । जाडोयाममा देखा पर्ने रोगहरुमध्ये सुख्खापन, लाइकन प्लानस, क्यान्सर, सोरियासिस, मेनामोनल क्यान्सरजस्ता जटिल हुन् ।

जाडोमा किन बढी हुन्छ छालामा समस्या ?छालामा भाँडा धुने सबुनजस्ता कडा साबुन, माटोको प्रयोग, सिमेन्ट आदि केमिकलजन्य वस्तुको प्रयेगका कारण एलर्जी आउँछ । यो समस्या केहिमा वंशानुगत पनि हुन्छ । ४० वर्षभन्दा माथिको उमेरमा छालामा सुख्खापन आउन सुरु गर्छ । यसले अनुहारमा चउरी पर्ने, हातखुट्टा फाट्ने, छाला खुम्चिनेजस्ता समस्या हुन्छ । जाडोयाममा बढी मात्रामा छालामा असर पर्नुको मुख्य कारण भने सुक्खापन हो । यसले छाला फुस्रो हुने हुँदा पानीको मात्रा कम हुन्छ । फलस्वरुप छालामा बाह्य वातावरणले छिटो असर गर्दछ । छाला चिलाउन सुरु गर्छ । अनि, घाउ हुन्छ ।

बिस्तारै इन्फेक्सन हुने सम्भावना बढ्रछ । यसरी छालाका रोग चिसो मौसममा बढ्ने गर्दछ । सामान्यतया चिसो मौसममा मानिस घाममा बढी समय बिताउँछन् । लामो समय घाममा बस्दा चाया, पातो आदिको समस्या बढ्छ । छालामा देखिने पातो विशेषगरी महिलामा देखा पर्छ । महिलामा हर्माेनको कारण यस्तो हुने गरे पनि घामको कारण नै मुख्य मान्न सकिन्छ । त्यस्तै, गर्भावस्थामा हर्माेनको परिवर्तन बढी हुने भएकाले योवेला झनै बढी हुने यस्तो समस्या देखा पर्छ । आजकल महिलाहरुले जथाभावी कस्मेटिक प्रडक्ट प्रयोग गर्ने गर्छन्। यसले झनै पोतो बढाउँछ ।

कसरी बच्ने ?सुक्खापन बाट बच्न मोस्चराइजिङ क्रिम, तेल, तथा लोसनको प्रयोग गर्न सकिन्छ । तेलको र क्रिमको प्रयोग गर्नुभन्दा पहिले पानीले हात चिसो बनाउन आवश्यक छ । यसो गर्दा थप प्रभावकारी हुन्छ । त्यसैगरी लामो समयसम्म कडा खाले साबुन प्रयोग गर्नबाट सचेत हुनुपर्छ ।चिसो मौसमले छालामा पानी सोस्ने भएकाले एसी र हिटरको प्रयोग कम गर्नु लाभदायी हुन्छ । साथै पर्याप्त मात्रामा पानी पिउने, फलफुल र सागसब्जी बढी खाने गर्नुपर्छ । यस सगँै घाममा निस्कँदा सनस्क्रिम र मोस्चराइजिङ क्रिमको प्रयोग गर्नाले छालामा आउने सम्भावित समस्याबाट बच्न सकिन्छ ।

यी हुन डिप्रेसनका मानसिक र शारीरिक लक्षणहरु

दुःखी, बोर वा दिक्दार अनुभव हुँदैमा डिपे्रसन भएको बुझ्न मिल्दैन। तर, यसरी उदास अनुभव हुनु मनोरोगको प्रमुख लक्षण भने अवस्य हो। मनोरोगको लक्षण मानिने उदास अनुभवलाई धेरैले रोगकै अंश हो कि प्रतिकूल परिस्थितिको स्वाभाविक प्रतिक्रिया भनीे छुट्याउन सक्दैनन्। जसले गर्दा समस्याको पहिचान र उपचारमा कठिनाइ हुनेगर्छ।डिप्रेसनका बहुसंख्यक रोगीमा यो समस्याको न निदान हुन्छ, न उपयुक्त उपचार नै। त्यसैले जुनसुकै समाजमा मनोरोगका बिरामीको संख्या अत्याधिक हुनेगर्छ। विश्व स्वास्थ्य संगठनले संसारमा मानव जातिलाई सताउने १० मुख्य स्वास्थ्य समस्यामा मनोरोगले निकट भविष्यमा नै उच्च रक्तचापलाई उछिनेर पहिलो हुने प्रक्षेपण गरेको छ।
यति भयावह अवस्थातर्फ उन्मुख हुँदा पनि मनोरोगबारे जागरुकता देखिँदैन। यसलाई प्राथमिकतामा पारिएको छैन। मनोरोगको प्रमुख हिस्साका रुपमा रहेको डिप्रेसनबारे हाम्रो समाजमा उतिधेरै छलफल र बहस हुने गरेको छैन। जसको फलस्वरुप यो रोग भुसको आगोजस्तो फैलिँदै गइरहेको छ।
डिपे्रसनका धेरै रोगी सही उपचार नपाएर रोकथाम हुनसक्ने विभिन्न जटिलता भोगिरहेका हुन्छन्। यो समस्या कम गर्न सबैले मनोरोगबारे कम्तिमा आधारभूत तथ्यहरु जानी राख्नु आवश्यक छ। ‘यो त कमजोर मन भएकाहरुलाई लाग्छ, मेरो मन बलियो छ मलाई लाग्दैन’ भन्ने धेरै मानिस यसको चपेटामा परेका छन्। त्यसैलेस जुनसुकै समाज, वर्ग, उमेर समूहका मानिसलाई सताउन सक्ने डिप्रेसनबारे आफूले पनि जानी राखौँ र अरुलाई पनि बताऔँ।
कस्तो उदास अनुभवलाई डिप्रेसन भन्ने ?
जब कुनै व्यक्तिको उदास अनुभव आफ्नो नियन्त्रणभन्दा पर पुग्छ भने त्यो डिप्रेसनको लक्षण हो। यस्ता अनुभव कम्तिमा दुई हप्तासम्म हरेक दिन हुन थाल्यो, जति कोसिस गरे पनि उदास अनुभवले छोडेन, यस्तै अनुभवका कारण बेचैनी बढ्यो, दैनिक गतिविधिमा असर पर्न थाल्यो र अरु लक्षण पनि देखा पर्न थाले भने यसलाई सामान्य उदासीपन ठान्नु गलत हुनेछ। यस्तो अवस्थालाई डिप्रेसन भएको बुझ्न सकिन्छ।
मनोसामाजिक रुपले त्यक्त, विषम परिस्थिति र तनावग्रस्त व्यक्तिमा प्रायः लाक्षणिक रुपमा र पछि रोगकै रुपमा डिप्रेसनको समस्या देखिन्छ। यद्यपि तनावरहित अवस्थाका व्यक्तिलाई पनि डिप्रेसनले सताउन सक्छ। विविध कारणले सेरोटोनिन, नरअड्रिनालिन जस्ता स्नायु रसायनको कमी, तिनले काम गर्ने विशेष अवयव ९रिसेप्टर० र तिनको उत्पादन हुने प्रक्रियामा समस्या हुँदा उदासी देखापर्छ। वंशाणुगत र जैविक जोखिमलाई मनोसामाजिक तत्वहरु र परिस्थितिले डिप्रेसनतिर धकेल्न बढावा दिन्छ। यसरी कुनै व्यक्ति डिप्रेसनको शिकार हुनमा मनोसामाजिक र जैविक तत्वहरुको अन्तरक्रिया हुने गर्दछ।
डिप्रेसनमा के–कस्ता लक्षण देखिन्छन्र ?
डिप्रेसन भएका व्यक्तिमा मानसिक, शारीरिक र सामाजिक रुपमा असर पार्ने निम्न लक्षण देखिन्छन्।
मानसिक वा मनोसामाजिक लक्षण-
प्रायःजसो समयमा उदास, दुःखी, बोर वा दिक्दार रहनु।
दैनिक कामकारबाही र सामाजिक व्यवहार वा अरुसँगको अन्तरसम्बन्धमा रुचि कम हुँदै जानु। अरुबाट एक्लिनु वा एकान्तमा रहनु।
केही काम गर्ने जाँगर र आत्मविश्वास हराउनु।
सोच्न र सम्झन नसक्ने हुनु।
आफू बेकामे, बेसहारा भएको ठान्नु र भविष्य अन्धकार लाग्न थाल्नु।
सानातिना कुरामा अत्याधिक चिन्ता लाग्नु र छट्पटी बढ्नु।
बाँच्ने चाहना कम भई आत्महत्याका विचार आउनु।
कडा खालका डिप्रेशनमा हुँदै नभएका कुरा सुन्ने, देख्ने र आभास हुनेजस्ता लक्षण देखिनु।
शारीरिक लक्षण
अस्वाभाविक रुपले सिथिल वा कमजोर अनुभव हुनु।
भोक कम वा ज्यादा हुनु र त्यसैअनुसार तौलमा कमी वा बृद्धि हुनु।
निद्रा कम वा बढी लाग्नु र बिहान उठ्दा ताजा महसुस नहुनु। जिउ भारी र बोधो हुनु।
यौन चाहना र तुष्टिमा कमी आउनु।
कब्जियत हुनु र महिनावारीमा गडबडी आउनु।
कतिपय बिरामीमा टाउको, जिउ वा शरीरका अरु भाग दुखिरहने तर शारीरिक परीक्षणमा चित्त बुझ्दो प्रमाण नभेटिने हुनु।
उपचार विधि
डिप्रेसनको उपचार बहुआयामिक हुने गर्छ। यसमा तनावको समाधान, यसको बहन गर्ने क्षमता, सीप र कला अभिवृद्धि गर्ने मनोवैज्ञानिक विधि उपयोगी हुन्छ। अरु व्यक्तिसँग गलत र अनुपयुक्त अन्तरक्रिया र एकआपसको कलह पनि डिप्रेसनको पृष्ठभूमि तयार पार्न सक्छ। डिप्रेसन भएपछि पनि कतिपय बिरामीको अन्य व्यक्तिसँगको सम्बन्धमा चिसोपन आउन सक्छ। अतः यस्ता व्यक्तिको अरुसँगको सम्बन्ध सुमधुर बनाउने र सरसल्लाह अनि सहयोगको वातावरण बनाउने तरिका उपचारको अभिन्न पाटो हुनेगर्छ। उदास हुने व्यक्तिहरुको सोच, विचार र व्यवहारमा हावी हुने विकृतिलाई सुधार गर्ने मनोवैज्ञानिक तरिका पनि बिरामीहेरी आवश्यक पर्न सक्छ।
अहिले बिरामीको लक्षण र आवश्यकता हेरी विविधखालका लक्षण कम गर्ने औषधि पाइन्छन्। रोग निको पार्ने र पछि हुनबाट रोकथाम गर्ने गुण भएका भरपर्दा र सुरक्षित धेरै औषधिको विकास भइसकेको छ। कडा डिप्रेसनमा चिकित्सकको सल्लाहमा बिजुलीको ‘सेक’ दिने उपचार पनि अति उपयोगी र सुरक्षित मानिन्छ। उपचारबाट लक्षण हटेपछि पुनस्र्थापनाका कार्यक्रम आवश्यक हुन्छ।
बिरामी र परिवारले के गर्ने ?
पहिला त, यो रोगलाई बुझ्नु नै ठूलो कुरा हो। परिवारमा कसैलाई डिप्रेसन छ भने ऊप्रतिको समझदारी एकदम आवश्यक हुन्छ। यसका लागि आफूले सत्यतथ्य बुझेर अरुलाई पनि यसबारे बुझाउनुपर्छ। रोगकै हिसाबले यो समस्या भएको छ भने बिना हिच्किचाहट सम्बन्धित चिकित्सक वा विज्ञसँग परामर्श लिनुपर्छ। यसको निदान बिरामीको उपचारका लागि हुनेगर्छ, अन्यथा सोच्नु हुँदैन। डिप्रेसनको निदान भएकोमा चिन्ता मानेर बस्नुभन्दा पनि उपचारको उचित उपयातिर लाग्नुपर्छ। सहयोगी साथीभाई र आफन्तको सल्लाह लिनु बिरामीले आनाकानी मान्नु हुँदैन। सकेको काम, हलुका व्यायाम वा यस्तै कुरामा मन बहलाउने कोसिस गर्नुपर्छ।
विज्ञको सल्लाहमा औषधि आवश्यक मात्रा र अवधिका लागि सेवन गर्नु लाभदायी हुन्छ। बिरामीलाई उपचारका लागि सम्बन्धित स्थानमा लान, उपचार सुरु गर्न, फलोअपमा रहन, ठिक भएपछि पनि पुनस्र्थापना गर्न र पछि दोहरिन नदिन परिवारजन र साथीभाइको ठूलो भूमिका रहनेगर्छ। परिवारका सदस्यले यस्ता बिरामीको औषधि राखिदिने र सेवनका लागि हौसला दिने गर्नुपर्छ। कतिपय बिरामीले आफैंँलाई हानी पुग्ने गतिविधि गर्ने सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउनु जरुरी छ।
रोकथामलाई के गर्ने ?
डिप्रेसनले जसलाई पनि सताउन सक्छ तर खास जोखिम वा खतरा भएका व्यक्तिबारे सावधानी अपनाउनु आवश्यक छ। यसको खतरा भएका व्यक्तिले त्यसै अनुसार आफ्नो जीवनशैली, व्यवहार, आहार, विहार र विचारमा सन्तुलन राख्न सिक्नुपर्छ। स्वस्थ आहार, विहार र विचारले समग्र स्वास्थ्यका लागि लाभ गर्छ भने उदासिन मनोरोगको रोकथाममा पनि सघाउँछ।
डिप्रेसनमा जान नदिन मन र शरीरलाई स्वस्थ राख्नु जरुरी छ। तनाव बहनका सीप र क्षमता बढाउने तरिकास योगस व्यायामस साथ, सहयोग र सुमधुर सम्बन्धको माहोलस समझदार र अनुशासित परिवारस अस्वस्थ प्रतिस्पर्धारहित समाजस संस्कृति र परम्परा अनुकूल व्यवहार आदि कुरामा ध्यान दिनुपर्दछ। रोग लागेर निको भइसकेकाहरुले पुनः नदोहरियोस् भन्नका लागि सतर्कता अपनाउनुपर्छ। जस्तैः विज्ञको सल्लाह अनुसार आवश्यक अवधि र मात्रामा औषधि लिने, धूमपान–मध्यपानबाट टाढा रहने, कुनै रोग लागेमा समयमै उपचार गराउने, निद्रा पर्याप्त पुग्नेगरी सुत्ने आदि।
आफू वा परिवारका सदस्य डिप्रेसनमा रहेको कुरा चाल पाएपछि आवश्यक उपचार थाल्न रोगका लक्षण, उपलब्ध उपचार विधि, सेवासुविधा र अन्य आवश्यक जानकारीबारे सजग रहनुपर्छ। यसले उपचारमा ढिलाइ र उपचार नपाउँदा हुन सक्ने आत्महत्या जस्ता घटना रोकथाममा सहायता पुग्छ। तसर्थ, तपाईंहामी सबैले डिप्रेसनबारे जानकारी भएको लेख पढौँ, जानकार र विज्ञहरुको राय सुनौँ, यसबारे खुलेर कुरा गरौँ र सत्यतथ्य बुझिराखौँ। अरुलाई पनि यसबारे जान्न, सुन्न, बुझ्न र कुरा गर्न प्रेरित गरौँ। डिपे्रसनको समस्यालाई लुकाउने भन्दा पनि यसबारे व्यापक मन्थन थालौँ।

तपाईंलाई पनि भिटामिन ‘डी’ को कमी त छैन?

नेपालमा पछिल्लो समय भिटामिन डी को कमीले धेरैलाई सताएको छ । अनेक किसिमका रोग लागेपछि कोही नसा रोगको शंकामा न्युरोलोजिस्टकहाँ पुग्छन् त कोही हाडजोर्नी, मधुमेह, थाइराइडको उपचार गर्न जान्छन्। ‘मधुमेह, नसा सबै सामान्य हुन्छ, परीक्षण गर्दै जाँदा भिटामिन ‘डी’ को कमी भेटिन्छ,’ वीर अस्पतालका न्युरोलोजिस्ट डा. सुनिल कोइराला भन्छन् । वीर अस्पताल न्युरोलोजी विभागका अनुसार दैनिक उपचारमा आउने १ सय ३० जनामध्ये ६० प्रतिशत बिरामीमा भिटामिन डी को कमी भेटिन्छ । भिटामिन ‘डी’ को औषधि दिएपछि त्यस्ता बिरामी निकोसमेत भएको डा.कोइराला बताउँछन्।

भिटामिन ‘डि’ किन?
– कुनै पनि रोगसँग लड्ने प्रतिरक्षा शक्ति विकास गर्ने
– शरीरमा हुन सक्ने कुनै पनि संक्रमणबाट बाच्न
– मस्तिष्कको क्रियाकलापमा सुधार ल्याउन
– शरीरमा क्यान्सरको कोष वृद्धि हुन नदिन
– प्रफुल्ल मन्द्रा र राम्रो निन्द्रा बनाउन
– मुटु रोगको जोखिमबाट बच्न
काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल जनरल विभागका प्राध्यापक डा.योगेन्द्र शाक्य पनि सामान्य परीक्षण गर्न आएका धेरैमा भिटामिन डी को कमी पाइएको बताउँछन् । जनरल चेकअप (सामान्य परीक्षण) गर्न आएकामध्ये २०/३० प्रतिशत मानिसमा भिटामिन डी कमी भेटिएको उनले जानकारी दिए । लक्षणका आधारमा परीक्षण गर्दा यस्तो पाइएको डा.शाक्यको भनाइ छ।
हड्डीको समस्या भएर राष्ट्रिय ट्रमा सेन्टरको हाडजोर्नी विभागमा परीक्षण गर्न आएका औसत ७० प्रतिशत बिरामीमा भिटामिन डी को कमी पाइएको छ । ती बिरामी ढाड दुख्ने, जोर्नी दुख्ने समस्या लिएर उपचार गर्न त्यहाँ पुगेका हुन्छन् । यसको कारण बुढ्यौली नभएर भिटामिन डी कम पाइने गरेको सेन्टरका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.भोजराज अधिकारी बताउँछन् । ‘उनीहरू पाका उमेरका मात्र नभइ कम उमेरका पनि छन्,’ उनले भने।
धेरैमा भिटामिन डी को कमी पाइएपछि हड्डीको उपचार गर्न आउनेहरूमा पनि भिटामिन डी जाँच गर्ने चलन बढ्दै गएको डा. अधिकारी बताउँछन् । उनी भन्छन्, ‘एक्सरेबाट हाडजोर्नी समस्या देखिएन भने भिटामिन डी परीक्षण गर्छौं । तीमध्ये ८० प्रतिशत मानिसमा भिटामिन डी कमी नै पाइन्छ,’ उनले भने।
चिकित्सकका अनुसार पछिल्लो समय यो समस्या भयावह बन्दै गएको छ । बदलिँदै गएको जीवनशैलीले भिटामिन डी कम हुने समस्या निम्त्याएको हो । यो समस्या घरभित्रै काम गर्ने र सूर्यको प्रकाश शरीरमा नपर्नेहरूमा बढी देखिएको चिकित्सक बताउँछन् । ‘बिहान घाम नलाग्दै उठेर सीधै कार्यालय जाने र घाम डुबेपछि घर फर्कनेहरूका शरीरमा सूर्यको प्रकाश पर्न पाउँदैन,’ शिक्षण अस्पतालका डा.शाक्य भन्छन् । पाँच÷सात वर्षदेखि यो (भिटामिन डी) समस्या बढ्दै गएको चिकित्सकको भनाइ छ । ‘यो समस्या पहिलादेखि रहे पनि आजभोलि घर–घरको समस्याका रूपमा देखा परेको छ,’ डा.कोइरालाले भने।
पछिल्लो समय नेपालमा विभिन्न भिटामिनको अवस्था परीक्षण हुन थालेपछि पनि नेपालीहरूमा भिटामिन डी को कमी पहिचान हुन थालेको चिकित्सक बताउँछन् । त्यो भन्दा पनि घरभित्र काम गर्ने चलन बढेसँगै यो समस्या पनि बढेको हुन सक्ने उनीहरूको अनुमान छ । नेपालमा भिटामिन डीको अवस्थाबारे अध्ययन नभएकाले यकिन तथ्यांक नभएको चिकित्सक बताउँछन्।
विश्व स्वास्थ्य संगगठनले नसर्ने रोगमध्ये भिटामिन डीको कमी विश्वव्यापी समस्या बनेको जनाएको छ । पहिला युरोपियन मुलुक र केही विकसित मुलुकमा सीमित यो समस्इा पछिल्लो समय विश्वभर फैलिएको स्वास्थ्य संगठनले जनाएको छ।
किन हुन्छ भिटामिन ‘डी’ को कमी ?
भिटानिम डीको मुख्य स्रोत सूर्यको प्रकाश हो । तसर्थ दैनिक कम्तीमा २० देखि ३० मिनेट शरीरले सोस्ने गरी ताप्नु पर्छ । सूर्यमा सीधै सम्पर्क हुन सकेन या शरीरले कुनै पनि माध्यमबाट सोस्न पाएन भने शरीरमा भिटामिन डीको कमी हुन्छ । सूर्यको प्रकाशबाहेक सामुद्रिक खानाहरू माछा, मासु तथा अन्डामा पनि भिटामिन डी पाइन्छ । यी खानेकुराको कमीले पनि भिटामिन डीको कमी हुन्छ।
भिटामिन ‘डी’ हुँदा देखिने लक्षणहरू
– ज्यादै थकाइ लाग्ने
– रीर कमजोर भएको महसुस हुने
– हिँड्डुल गर्नसमेत कठिन हुने
– शरीरमा बारम्बार किटाणु संक्रमण हुने
दाँत र हड्डी बलियो राख्न भिटामिन डी अति आवश्यक पर्छ । मुख्यगरी दाँत र हड्डीलाई बलियो बनाउन क्याल्सियम आवश्यक पर्छ । शरीरमा भएका क्याल्सियम र मिनरललाई सोस्ने काम भिटामिन डीले गर्छ अर्थात् भिटामिन डीले क्याल्सियमलाई चलायमान बनाउँछ, हर्मोनको काम पनि गर्छ । सूर्यको किरणले शरीरमा छोएपछि यो भिटामिन डी–३ मा रूपान्तरण हुन्छ।
भिटामिन डीको कमीले शरीरमा क्याल्सियमले काम गर्दैन । यस्तो अवस्थामा हड्डी कमजोर हुने, जोर्नी दुख्ने र कतिपयमा अवस्था हड्डी कमजोर भएर चर्किने समस्या हुन्छ । बालबालिकामा यसको कमी भयो भने शारीरिक वृद्धि–विकासमै असर पर्ने डा.अधिकारी बताउँछन् । भिटामिन डीले स्मरण शक्ति राम्रो राख्न, हड्डी बलियो बनाउन, शरीरमा अन्य रासायनिक गतिविधि सञ्चालन गर्न पनि मद्दत पु¥याउँछ ।
आन्द्रामा घाउ भएका, मिर्गौलामा पुरानो रोग भएका, जन्डिस बढेका बिरामीमा पनि भिटामिन ‘डी’ को कमी हुन्छ । कलेजोका बिरामी, मिर्गौलाका बिरामीलाई पनि भिटामिन ‘डी’ को कमी हुन्छ । यसबाहेक भिटामिन ‘डी’ को कमीले रक्तचाप बढ्ने र मुटुको रोगसमेत लाग्ने चिकित्सक बताउँछन् । पछिल्लो चरणमा भएका विभिन्न अध्ययनले भिटामिन ‘डी’ को कमीले ठूलो आन्द्रा तथा अन्य अंगको क्यान्सरसमेत वृद्धि भएको देखाएका छन् । यसले शरीरमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति कमजोर भइ विभिन्न रोगले आक्रमण गर्ने बताइएको छ ।
त्यसो भए भिटामिन ‘डी’ पूर्ति कसरी गर्ने ?
भिटामिन ‘डी’ कमी हुनुको कारण पत्ता लगाई औषधि सेवन गर्नुपर्छ । भिटामिन ‘डी’ भएका खानेकुराहरू खाएर पनि यसको पूर्ति गर्न सकिन्छ । तर खानेकुराबाट पूरै पूर्ति गर्न सम्भव नहुने चिकित्सक बताउँछन्।
भिटामिन ‘डी’ भएका खानाहरू सामुद्रिक माछा, दूधबाट बनेका परिकार, सुन्तला, कलेजो, पनिर, अन्डाको पहेंलो भागजस्ता खानेकुरा नियमित सेवन गर्नुपर्छ । खानाबाट मात्र भिटामिन ‘डी’ पूर्ति गर्न सजिलो नभएकाले घाम तापेर पनि शरीरमा भिटामिन ‘डी’ पूर्ति गर्न गर्न चिकित्सक बताउँछन् । मिर्गौला, आन्द्रामा क्यान्सर भएका बिरामीले भने चिकित्सकको सल्लाह बमोजिम प्रतिस्थापन औषधि खानुपर्छ।

जाडोको समयमा कालो चिया ? यस्ता छन् फाइदा !

काठमाडौं । अहिले काठमाडौं लगाएत हिमाल, पहाड र तराई क्षेत्र सबै ठाउँमा जाडो याम सुरु भइसकेको छ । हाम्रो लागि जाडोको समय, चिया त अनिवार्य नै जस्तो भइसकेको छ । तर, चियामा सबैको रोजाई एकै नहुनपनि सक्छ । कसैले कालो चिया मन पराउ५न् त कसैले दुध चिया मनपराउँछन् ।
अझ भन्नुपर्दा स्वादका कारण निकै कमले मात्र कालो चियाको प्रयोग गर्छन् । तर, दूध चिया भन्दा कालो चिया स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन ।
तर, चियामा राखेको दूधले भने ‘एन्टिअक्सिडेन्ट्स’को मात्रालाई घटाउने काम गर्छ । कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्यबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्‍याउँछ ।
नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ । अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोलका कम गर्छ । कोलेस्ट्रोल ‘हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ ।
नियमित रूपमा कालो चिया पिउनाले विभिन्न समस्याहरू हुनबाट बच्न सकिन्छः
मधुमेह
उच्च कोलेस्ट्रोल
मृगौलाको पत्थरी
फोक्सोको क्यान्सर

पुरुषमा हुने नपुंसकता या बाँझोपनका लक्षण के हुन् ?

पुरुषमा बाँझोपन या नपुंसकताको लक्षण पत्ता लगाउन ज्यादैं गार्रो हुन्छ। सामान्यतस् शरीरमा हर्मोनको गडबडी या कमीका कारण नपुसंकता निम्तन सक्छ । हर्मोनको परिवर्तनको कारण पनि पुरुषमा यस्तो समस्या हुन सक्छ । कैयौं हृष्टपृष्ट मानिस पनि नपुंसकताको शिकार बनिरहेको पाइन्छ । यसकारण नपुसंकताको कारण पत्ता लगाउन गार्रो हुन्छ ।
खासगरी पुरुषमा सम्भोगको समयमा सही तरिकारले यौन क्रिया गर्न नसक्नु या शिघ्रपतन हुनु नपुसंकताको लक्षण हुन सक्छ । सामान्यतस् नपुसंकताको संबन्ध सिधा रुपमा ज्ञानेन्द्रियसंग हुन्छ, यस्तो अवस्थामा पुरुषहरू यसबारेमा जागरुक हुँदैंनन् भने कैयौंपटक संकोचका कारण डाक्टरसंग परामर्श लिँदैंनन्, जसबाट रोग बढ्ने संभावना हुन्छ । नपुंसक व्यक्ति आफ्नो महिलासाथीसंग कहिल्यै सन्तुष्ट हुन सक्दैन ।
मानिसहरु नपुसंक नभएपनि घबराहट र मनको डर या कुनै मानसिक समस्याका कारण यौनकार्यका दौरान उत्तेजित हुन सक्दैनन् । पछि गएर सोही समस्या दीर्घकालिन बन्न जान्छ ।
नपुंसकता या बाँझोपनका लक्षण के हुन् त ?
– जो पुरुष सम्भोगका दौरान सही तरिकाले यौन क्रिया गर्न सक्दैंनन् या शिघ्रपतन हुन्छ, यो नपुसंकताको लक्षण हुन सक्छ ।
– नपुसंकता भएका पुरुषको लिंगमा कठोरता आउँदैंन, आएपनि लिंग चाँडै लुलो हुन्छ । सम्भोगका दौरान अचानक लिंगका कठोरतामा कमी आउनु पनि यसको लक्षण हो ।
– नपुसंकताको सिधा संबन्ध ज्ञानेन्द्रियसंग हुन्छ । मानिसले संकोचबश या जागरुकताको अभावमा यसबारेमा केही थाहा पाएका हुदैंनन।
– नपुसंकता धेरै उमेर भएका व्यक्तिमा पाइन्छ, जसबाट महिलानजिक जान पनि उनीहरुलाई डर लाग्न सक्छ । बढ्दो उमेरसंगै यौन इच्छा पनि कम हुँदैं जान्छ ।
– जो पुरुष यौन क्रियामा रुची राख्दैन र जसमा उत्तेजना हुँदैंन, उ पूर्ण रुपमा नपुंसक हुन सक्छ ।
– नपुंसकताका कारण पुरुषको लिंग सामान्यभन्दा छोटो हुन्छ, जसबाट पुरुष सही तरिकाले सम्भोग गर्न असमर्थ हुन्छ ।
– नपुंसकता पीडित व्यक्तिमा आत्मविश्वासको कमी हुन्छ यस्ता मानिस अक्सर भीडमा हड्बडाउछन्, महिलासंग कुरा गर्न पनि मन पराउदैंनन् ।
– नपुसंक व्यक्तिमा रोगप्रतिरोधी क्षमता कम हुन्छ, जसका कारण मानिस पटकपटक बिरामी परिररहन्छ ।
– बाँझोपनाका कारण प्रजनन अंग कमजोर हुन्छ ।
– फास्टफुडको बढी प्रयोग र खानपानमा पोषक तत्वको कमी पनि यसको प्रमुख कारण हो ।

यस्ता छन्अकबरे खुर्सानीका आठ फाइदा


१. अकबरे खुर्सानीमा पाईने क्याप्सिसिनका कारण शरीरमा बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ ।
२. ग्यास्टिक तथा अल्सरका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ ।
३. मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।
४. रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ ।
५. पिसावको विरामीलाई फाइदाजनक हुन्छ ।
६. हाडजोर्नी लगाएतका दुखाइ कम गर्न मद्दत गर्छ ।
७. विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
८. यसको सेवनले थकाइ तथा आलश्यता मेटाउछ ।

अपनाउनुस ४ मन्त्र, रहनुस जीवनभर स्वस्थ र खुशी

अपनाउनुस ४ मन्त्र, रहनुस जीवनभर स्वस्थ र खुशी
स्वस्थ जीवन को चाहँदैन ? को चाहन्छ बारम्बार बिरामी भएर अस्पतालमा लड्न ? तर, हाम्रो त्रुटीपूर्ण जीवनशैली र खानपानले गर्दा चाहेर पनि स्वस्थ जीवन बाँच्न सकिरहेका छैनौं ।
स्वस्थ जीवनशैलीको लागि नियमित स्वस्थकर खानाका साथै व्यायाम र सरसफाई पनि उत्तिकै महत्वपूर्ण छन् । यस्तै, फेक डाइटिङ र अपर्याप्त निद्राबाट बच्नु पनि उत्तिकै आवश्यक छ । हामी यहाँ केही टिप्सहरु दिँदैछौं, जसले तपाईंलाई स्वस्थ जीवन हासिल गर्न सहयोग गर्छ ।
१. स्वस्थकर खाना
– यस्तो खानेकुराको छनोट गर्नुपर्छ जसमा अस्वस्थकर फ्याटको मात्रा न्युन होस । अस्वस्थकर फ्याटमा ट्रान्स र सेचुरेटेड दुवैको मात्रा बढी हुन्छ । यस्तो खानाको सेवनले शरीरका एलडीएल कोलस्ट्रोल बढाउँछ । जसको कारण मुटुरोगको सम्भावना बढेर जान्छ ।
– जुन खानामा ट्रान्स फ्याटको मात्रा बढी हुन्छ त्यसमा सोर्टेनिङ र मार्जेरिन पनि समवेश हुन्छ । त्यस्तै, हाइड्रोजेनेटेड आयल्स पनि हुन्छ । बेकरी, फ्राइड, फ्राेजन पिज्जा र अन्य प्रोसेस्ड खानामा अत्यधिक ट्रान्स फ्याट पाइन्छ ।
– पिज्जा, चीज, रेड मीट, डेरी प्रोडक्ट आदि पनि स्याचुरेटेड फ्याटयुक्त हुन्छन् । नरिवलको तेलमा समेत स्याचुरेटेड फ्याटको मात्रा अत्याधिक हुन्छ । तर, यसको सेवनले गुड कोलेस्ट्रोलको मात्रा नबढाउने भन्ने चाहीँ होइन । त्यसको लागि उचित र मात्रा मिलाएर सेवन गर्न आवश्यक हुन्छ ।
– पोली अनस्याचुरेटेड, मोनो अनस्याचुरेटेड र ओमेगा थ्री फ्याट स्वास्थ्यका लागि आवश्यक छन् । यसले शरीरमा एलडीएल कोलस्ट्रोल कम गरेर एचडीएल कोलस्ट्रोललाई बढाउने काम गर्छ । जसले गर्दा हार्ट डिजिजको सम्भावना स्वभाविक रुपमा कम हुन्छ । त्यसैले, सकेसम्म ओलिभ, केनोला, सोया, पिनट र कर्न ओयलको सेवन गर्नुपर्छ । तर, यसको प्रयोग पनि त्यति धेरै नगर्दा राम्रो हुन्छ ।
– माछामा ओमेगा थ्री फ्याटी एसिडको मात्रा बढी हुने गर्छ । तर, माछाको सेवन गर्दा सेलमन, टूना, ट्राउट, म्याकरिल, सारडाइनलाई रोज्दा राम्रो हुन्छ ।
– तपाईंले खाने खानामा जहिले पनि चिनी र प्रशोधित कार्वोहाइड्रेटको मात्रा कम हुनुपर्छ । मिठाई, सफ्ट ड्रिङ्स , अत्याधिक गुलियो फ्रुट ट जुस र पाउरोटीको सेवन कम गर्नुपर्छ । यसको ठाउँमा मौसमी फलफुल, ताजा जुस, धेरै प्रशोधन नगरिएको पिठोबाट तयार रोटी (हाेल फुड) लगायतको सेवन गर्नुपर्छ ।
– हाे ग्रेन फुडमा कार्वोहाइड्रेट, प्रोटिन फ्याट र अन्य पदार्थको सही संयोजन गरेर खाँदा स्वास्थ्यलाई अत्यन्तै फाइदा गर्छ ।
– हाइ भिटामिन र मिनरलको लागि फल र तरकारीको सेवन गर्नुपर्छ । क्यान फलमा चिनी र नूनको मात्रा अत्याधिक हुन्छ, त्यसैले ताजा फल र तरकारीको प्रयोग गर्न जरुरी हुन्छ ।
– लीन मीट, सिमी र टोफुको उपभोगले शरिरमा प्रोटिन पूर्ति गर्छ ।
– ब्रेकफास्ट वा स्न्याक्सको लागि हाेल ग्रेन, जस्तो कि ब्राउन ब्रेड, पास्ता, ब्राउन राइस लगायतको सेवन गर्न सकिन्छ । कम फ्याट भएको डेरी प्रोडक्ट खानुपर्छ । स्किम दुध र कम फ्याट भएको चीजले शरीरमा फ्याट बढ्न दिदैन । तर, क्याल्सियम भने भरपुर मात्रामा सेवन गर्न आवश्यक छ ।
– कुनै प्राकृतिक खाद्य स्टोर या स्थानीय बजारबाट जैविक खानेकुराहरु खरिद गर्नुस् । यस्ता खानेकुरा बढी पौष्टिक नभए पनि किटनाशकमुक्त हुन्छन् । यो पर्यावरण र पृथ्वीको लागि पनि निकै राम्रो हुन्छ ।
– यदि तपाईलाई मुल्यको चिन्ता छ भने सिर्फ कुनै अर्गानिक वस्तु, जस्तो स्याउ, अंगुर, खुर्सानी, हरियो साग, आलु  आदि खरिद गर्न सक्नुहुन्छ ।
२. तरिकाबद्ध व्यायाम
– वर्कआउटको शुरु र अन्तमा स्ट्रेचिङ गर्नुपर्छ ।  यसरी स्ट्रेचिङ गर्दा वर्कआउट पहिले मांसपेशी तात्छ र वर्कआउटपछि आराम महसुस हुन्छ ।
– सुरुमा काल्फ स्ट्रेचिङ  गर्न सकिन्छ । एउटा पर्खालमा हात र खुट्टालाईर् बराबरीमा राखेर उभिनुस् । दायाँ खुट्टालाई बायाँको पछाडि राख्नुस् र, बायाँ खुट्टालाई अगाडि झुकाउनुस् । दायालाई जमिनको सिधा राख्नुस् । यस्तो स्ट्रेचलाई ३० सेकेन्डसम्म होल्ड गर्नुस र त्यसरी अर्को खुट्टाको पनि दोहोर्‍याउनुस् ।
-हिप फ्लेक्सोर स्ट्रेचिङ पनि उत्तिकै आवश्यक छ । त्यसको लागि पहिला आफ्नो दायाँ घुँडा खुम्चाएर भुईंमा टेक्नुस् । बायाँ खुट्टालाई अघि राख्नुस् । त्यसपछि बायाँ खुट्टामा अगाडिको भाग झुकाएर आफ्नो शरिरको तौललाई सिफ्ट गर्नुस् । त्यतिबेलासम्म यो स्ट्रेचिङ गर्नुपर्छ जतिबेलासम्म तपाईको हिपमा स्ट्रेच फिल हुँदैन । यस्तो स्ट्रेचलाई ३० सेकेन्ड होल्ड गर्नुस र फेरि उसैगरी अर्को खुट्टाको गर्नुस् ।
– यस्तो बेला ढाडको पनि स्ट्रेच गर्नुस् । यस्तो गर्दा आफ्नो बायाँ हातले दायाँ खुट्टामा समामत्नुस र फेरि अर्को हातले पनि त्यसरी नै दोहोर्‍याउँनुस् ।
-कार्डियो र स्ट्रेन्थ ट्रेनरको सहयोग लिएर आधादेखि एक घण्टासम्म वर्कआउट गर्दा राम्रो हुन्छ । विशेषज्ञका अनुसार हरेक हप्ता कम्तिमा १५० मिनेट मध्यमस्तरको एरोविक एक्टिभिटिज गर्नुपर्छ ।
– केही छिन कुकुरलाई घुमाउने बहानामा केही बेर टहलिन सक्नुहुन्छ । शरिरलाई दैनिक कम्तिमा ३० मिनेट मध्ययमस्तरको हिँडाई आवश्यक पर्छ ।
– सार्वजनिक सवारीको प्रयोग गर्नुहुन्छ भने बस स्टेशनसम्म भए पनि केही छिन हिड्नुहुन्छ । तर, कार र मोटरसाइकल हुनेहरु यत्ति पनि हिँड्दैनन् । त्यसैले कहिलेकाहीँ हिँडेरै अफिस आउने-जाने गर्नुस ।
३. बच्नुस् अस्वस्थकर बानीबाट
– तपाईं एकपटक खराव जीवनशैलीलाई सुधारेर तौल घटाउनुहुन्छ । तर, अलि दिनपछि पुरानै लयमा फर्किनुहन्छ भने त्यसले दिर्घकालिन फाइदा पुर्‍याउँदैन । स्वास्थ्यको लागि नियमित मेहनत गर्नैपर्छ ।
– फेक डाइटबाट बच्नुपर्छ । चिकित्सकको सल्लाहबिना लिक्विड डाइट, डाइट पिल्स र अन्य डाइट सप्लिमेन्टको प्रयोग गर्नु हुँदैन । कतिपय डाइट सप्लिमेन्टमा अतिरञ्जित तरिकाले ‘छोटो समयमा तौल घटाउने, जीवनशैली नसुधारिकन स्वस्थकर हुने’ नजस्ता लेखिएको हुन्छ । यस्तो कुराबाट बच्नुपर्छ ।
– कहिल्यै पनि एकैचोटि कडा व्यायाम गर्नु हुँदैन । साथै, लामो समयसम्म नियमित व्यायाम गर्दा चोटपटक लाग्ने सम्भावना पनि हुन्छ ।  त्यसैले वर्कआउटको बीच-बीचमा केही समय विश्राम लिन जरुरी छ ।
– तौल आवश्यकताभन्दा कम वा बढि हुनु स्वास्थ्यको लागि राम्रो होइन । त्यसैले चिकित्सक वा वेट चार्टको मद्दतबाट आफ्नो उमेर र शरीरअनुसार सहि तौलबारे जानकारी लिई त्यसैअनुरुप आफुलाई मेन्टन गर्नुपर्छ ।
– धुम्रपानले मुट, फोक्सोको रोगदेखि कैयौँ प्रकारका क्यान्सर लाग्न सक्छ । त्यस्तै, मदिरा सेवन गर्दा पनि क्यान्सरदेखि डिप्रेसनसम्मको फन्दामा पर्न सकिन्छ । त्यसैले स्वस्थ जीवनको लागि धुम्रपान र मध्यपानलाई बिदा गर्नुको विकल्प छैन ।
– अनुसन्धानबाट पत्ता लागेको छ कि कम सुत्नाले मानिसको तौल बढेर जान्छ । अधवैंशेहरु दैनिक कम्तिमा ७ देखि ९ घण्टासम्म निदाउनुपर्छ ।
– बच्चा र टिनएजर्सलाई तुलनात्मक रुपमा अलि बढी निद्राको जरुरत पर्छ । सानो बच्चाको लागि १० देखि १४ घण्टा, स्कुले बालबालिकाका लागि ९ देखि ११ घन्टा र युवा-युवतीहरुका लागि ८ देखि ११ घण्टाको निद्रा आवश्यक छ ।
– छालामा लगातार सूर्यको किरण पर्दा स्वास्थ्यलाई हानी गर्छ । यसले क्यान्सरजस्तो डरलाग्दो समस्या पनि निम्त्याउन सक्छ । त्यसले घरबाहिर निस्कदा सुरक्षाको लागि कपडा र अनुहारमा कम्तिमा ३० एसपीएफको सनस्क्रीन क्रिम लगाउनुपर्छ ।
४. सरसफाई
– हरेक दिन नुहाउनुपर्छ । कुनै काम गर्दा पसिना आएमा फेरी नुहाउनुपर्छ । यसबाट शरीरको दुर्गन्ध त हटेर जान्छ नै, फोहोरका कारण उत्पन्न हुने रोगको सम्भावना पनि टर्छ ।
– नियमित दाँतको फ्लसिङ गर्दा दुर्गन्ध कम हुनुको साथै गिजासम्बन्धि समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ ।
– एथलिट फुट र विभिन्न फ्लुटबाट बच्नका लागि औँलाको काप पनि सफा गरिराख्नुपर्छ ।
– जहिले पनि सफा कपडाको प्रयोग गर्नुपर्छ । अण्डरवेयर र मोजा दैनिक परिवर्तन गर्दा राम्रो हुन्छ ।
– खाना पकाउनुअघि र पछि, ट्वाइलेट गरेपछि राम्रोसँग हात धुनुपर्छ भन्ने कुरा त धेरैलाई जानकारी छ । त्यति मात्र नभएर कुनै चोटमा औषधी लगाइसकेपछि, नाक चलाएपछि, हाछ्यूँ गरेपछि पनि राम्रोसँग साबुन पानीले हात सफा गर्नुपर्छ । विज्ञकाअनुसार पानी र सावुनले २० सेकेन्ड मिचेर हात धुन आवश्यक छ ।
थप सल्लाह
– दैनिक रुपमा प्रशस्त पानी पिउनुपर्छ ।
– नियमित रुपमा व्यायाम गर्नुपर्छ । यसो गर्दा शरिका अंगहरु बलियो हुनुका साथै मुटु रोग, क्यान्सर, मधुमेहजस्ता समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ ।
– व्यायामले मानसिक स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउँछ । शरीरिक गतिविधिले सोच्ने शैलीमै परिवर्तन ल्याइदिन्छ । र, चिन्ता, डिप्रेसनजस्ता समस्याबाट टाढा रहन सकिन्छ ।
– सकरात्मक सोच र सदैव खुशी हुने सूचनाको चाह राख्नुपर्छ । खुशीले स्वास्थ्यसँग जोडिएका कतिपय समस्यालाई नै कम गर्छ । त्यसैले स्वस्थ जीवनशैली अपनाउँदा खुशीलाई पनि ध्यान दिन जरुरी छ ।
–  बढी मुस्कुराउने प्रयास गर्नुपर्छ । साथीसँग कुरा गर्दा पनि हाँसोको विषयमा छलफल गर्नुपर्छ । कहिलेकाँही भिडियो हेरेर पनि हाँस्न सकिन्छ । यसो गर्दा तपाईलाई फ्रेस महसुस हुन्छ ।
– भिटामिन र मिनरलको लागि मल्टिभिटामिनको प्रयोग गर्नुपर्छ ।

ओखर बगैंचा स्थापनाको तयारी


बैतडी। फलफूल खेतीबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बैतडी र दार्चुलाका विभिन्न स्थानमा ओखरको बगैंचा स्थापना गरिने भएको छ ।
बैतडीमा ३० हेक्टर र दार्चुलाको २५ हेक्टर क्षेत्रफलमा ओखरको बगैंचा स्थापना गर्ने तयारी भएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । ओखरका बिरुवा ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको लगानीमा उपलब्ध गराइने भएको छ । बगैंचा स्थापना गर्ने किसानलाई प्रस्ताव ल्याउन कार्यालयले आग्रह गरेको छ ।
बैतडीको सुर्नया गाउँपालिका–२ र ३, दशरथचन्द नगरपालिका–९, वासुदेव मावि लिस्किटाको नर्सरी, दोगडाकेदार गाउँपालिकाका–४, पाटन नगरपालिका–१ र ९, सिगास गाउँपालिका, मेलौली नगरपालिका र पुरचौंडी नगरपालिकामा बगैंचा स्थापनाका लागि कार्यक्रम स्वीकृत भएको छ । यस्तै, दार्चुलाको दुहुँ गाउँपालिका–४ र ५, मालिकार्जुन गाउँपालिका–२, ४ र ८, ब्यास गाउँपालिकाको सुनसेरा, नौगाडको सुण्डमुण्ड, महाकाली नगरपालिकाको पौनेखोला, मार्मा गाउँपालिका र शैल्यशिखरमा ओखरको बगैंचा स्थापनाका लागि प्रस्ताव आ≈वान गरिएको छ ।
ओखरखेती गर्ने किसानले पुस १० गतेभित्र कृषि ज्ञानकेन्द्र बैतडीमा प्रस्ताव पेश गर्नुपर्नेछ । अत्यधिक माग भएकाले ओखरबाट किसानलाई आत्मनिर्भर बनाउनका लागि बगैंचा स्थापना गर्ने कार्यक्रम ल्याइएको हो । बजारमा ओखर प्रतिकिलो ६ सयदेखि रु ८ सय रुपैयाँमा विक्री हुने गरेको छ ।
यसैबीच, पछिल्लो केही वर्षयतादेखि बैतडीको सतबाँझमा स्याउ फल्न छोडपछि त्यसको विकल्पमा ओखरखेती गर्न थालिएको छ । अन्य फलफूलभन्दा ओखरबाट किसानले पर्याप्त आम्दानी गर्न सक्ने भएपछि सुख्खा फलफूल विकास केन्द्रले ओखर उत्पादनलाई प्राथमिकतामा राखेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले जानकारी दिए ।

बन्दामा यस्ता छन् गुण, कब्जियतको समस्याकाे रामवाण !

बन्दा एक बहुउपयाेगी तरकारी हाे । यसमा कैयौं औषधीय गुण हुन्छन् । तरकारीका अलावा सलादका रुपमा पनि प्रयोग गरिन्छ । जसले हामीहरुलाई निरोगी बनाउँछ ।
बन्दामा रहेका केही सुक्ष्म तत्वले शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरीरको पाचन प्रक्रिया, मेटाबोलिजमलाई नियमित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । ताजा बन्दामा नुन, मरिच तथा कागतीको रस मिसाएर दैनिक बिहान खाली पेटमा खानाले २, ४ हप्तामै कब्जियतको समस्या समाधान हुन्छ ।
ताजा बन्दको रसमा भिटामिन यु नाम यस्तो दुर्लभ भिटामिन पाइन्छ, जसमा अल्सरसमेत निको पार्न सक्ने गुण हुन्छ । बन्दाको रस पिउनाले पेप्टिक अल्सर अर्थात् पेटको घाउ ठीक हुन्छ ।
बन्दामा खनिज लवण प्रचुर रुपमा पाइन्छ, जो मूत्र प्रणालीमाथि नियन्त्रण राख्न सहायक सिद्ध हुन्छ । रोकिएर पिसाब आउने समस्यामा बन्दाको आधा कप दिनहु पिउनाले आराम मिल्छ ।

मौसमी रुघाखोकीको उपचारमा आयुर्वेद र योगको प्रयोग

मौसमी रुघाखोकीको उपचारमा आयुर्वेद र योगको प्रयोग
नेपालमा जाडोयाम सुरु भइसकेको छ। अहिले शरद ऋतु( अश्विन र कार्तिक) चलिरहेछ र हेमन्त ऋतु(मंसिर र पौष) आउने क्रममा छ। ऋतु परिवर्तनसँगै हुने शीत वायुको सम्पर्क, प्रदुषण, एलर्जी वा संक्रमणका कारण रुघाखोकी जस्ता सम्स्या देखिन सक्छन्। बारम्बार सिगान आउने, हाँच्छयु आउने, टाउको दुख्ने, शरीर गल्ने आदि जस्ता लक्षणहरु देखिएमा रुघाखोकी भएको बुझ्नुपर्ने हुन्छ। यस सम्स्या हुनबाट बच्न र भइसकेपछि उपचारका लागि नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेद र योग निकै नै उपलब्धि मुलुक हुन सक्छ।
आयुर्वेद
विशेष गरि चिसो बढ्ने हेमन्त र शिशिर ऋतुहरुमा रुघा र खोकीबाट बच्न आयुर्वेद, चरक संहितामा बर्णन गरिए अनुसारको ऋतुचर्या अवलम्बन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यस ऋतुमा शरीरसँग शीतवायुको सम्पर्क हुँदा अग्नि शरीर भित्र नै रोकिएर तीक्ष्ण हुन्छ। जसका कारण गुरु मात्रा, गुरु द्रव्य पाचन गर्ने सामर्थ्य मिल्दछ। यस समयमा सात्म्य(हित) रस जस्तै स्निग्ध, अम्ल, लवण रस सेवन गर्नुपर्छ। त्यस्तै सात्म्य आहारहरुमा गोरस, इक्षुविकृति तैल, नयाँ अन्न, उष्ण जल आदिको सेवन गर्नुपर्छ। त्यस्तै सात्म्य विहारहरुमा उत्सादन, शिरमा तेल अभ्यंग, जेन्ताक स्वेद, उष्ण गर्भगृह, उष्ण भूमिगृह, संवृतयान, शयन, आसन आदि गर्नुपर्छ। यस समयमा लघु, वातल आहार र कटु, तिक्त, कषाय रसको सेवन असात्म्य(अहित) हुनजान्छ।
त्यस्तै,  रुघाखोकी लागिसके पश्चात् आयुर्वेदमा वर्णन गरिएअनुसारको तुलसीको पात, बेसार, अदुवा, लसुन र महको सेवन विभिन्न किसिमबाट गर्नु फाइदाजनक हुन्छ। आधागिलास पानी उमालेर त्यसमा एक चम्चा कालो मरिचको पाउडर, एक चम्चा बेसार र एक चम्चा मह मिसाएर त्यसलाई केही बेर उमालेर नियमित सेवन गर्न सकिन्छ। पखालेको तुलसी पत्ता कुटेर रस निकाली त्यस रसमा मह मिसाएर चम्चामा तातो बनाएर दिनमा ३-४ पटक सेवन गर्न सकिन्छ।
एक गिलास तातो पानीमा मह र कागतीको रस मिसाएर दिनमा २-३ पटक पिउदा खोकी निको हुन सक्छ। अदुवालाई सानो–सानो टुक्रा बनाएर एक गिलास पानीमा हालेर उमाल्ने र त्यो रस दिनमा ३-४ पटक पिउदा रुघाखोकीमा फाइदाजनक हुन्छ। त्यस्तै लसुनको २-३वटा पोटी पिसेर,महमा मिसाएर थोरै थोरै सेवन गर्न सकिन्छ। एक चम्चा महमा आधा चम्चा प्याजको रस मिसाएर दिनमा  दुर्इपटक सेवन गर्दा रुघाखोकीमा लाभदायक हुनसक्छ।
योग
विभिन्न अनुसन्धानका अनुसार, रुघा खोकीका बिरामीहरु जसले नियमित योग अभ्यास गर्छन्। उनीहरुको स्वास्थ्य र जीवनमा गुणस्तरीय सुधार आएको देखिन्छ। योगले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै शरीरलाई स्वस्थ र मजबूत  बनाउनमा मद्दत गर्दछ। डाक्टरको परामर्श र योग विशेषज्ञको निगरानीमा योग अभ्यास गर्नु उपलब्धिमुलक रहन्छ।निम्न योग आसनहरु आफूलाई सहज हुने किसिमले आफ्नै गतिमा गर्दा रुघा खोकी संग जुध्न सकिन्छ।
१) नाडीशोधन प्राणायाम
२) अनुलोमविलोम
३) मतस्यासन
४) कपालभाति
५) शवासन
६) हस्तपादासन आदि।
(घिमिरे चिकित्सा शास्त्र अध्ययन संस्थानमा व्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी गरिररहेका छन्।)

तामाको भाँडामा राखेको पानी पिउँदा यस्ता हुन्छन् ९ फाइदा

तामाको भाँडामा राखेको पानी पिउँदा यस्ता हुन्छन् ९ फाइदा
काठमाडौं : प्रायजसो व्यक्तिले तामाको भाँडामा राखेको पानी पिउँदा राम्रो हुन्छ भन्ने गर्छन्। तर, तामाको भाँडोमा राखेको पानी पिउँदाका फाइदाबारे थोरै व्यक्ति मात्र जानकार हुन्छन्।
हिन्दु परम्पराअनुसार तामालाई पवित्र धातु मानिन्छ।त्यसैले परम्परादेखि पूजापाठ तथा धार्मिक काममा तामाका भाँडा प्रयोग गरिँदै आएको हो।
धार्मिक हिसाबले मात्र नभएर वैज्ञानिक अध्ययनले पनि तामाको भाँडोमा राखेको पानी स्वास्थ्यका लागि फाइदाजनक हुने देखाएको छ।वैज्ञानिक अध्ययनअनुसार तामामा क्यान्सरविरुद्ध लड्ने तत्वहरु रहेको हुन्छ।यसको नियमित सेवनबाट क्यान्सर हुने संभावना न्यून हुन्छ।
त्यस्तै आयुर्वेदकका अनुसार पनि तामाको भाँडोमा राखेको पानी पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ।रातभर तामाको भाँडोमा राखेको पानी बिहानपख खालि पेटमा पिउँदा स्वास्थ्यका लागि धेरै फाइदा हुन्छ।
- पाचन क्रिया बलियो बनाउँछ।
- मुटुलाई स्वस्थ राख्छ।
- ब्लड प्रेसर नियन्त्रित गर्छ।
- हृदयाघात हुने संभावना कम हुन्छ।
- छालासम्बन्धी समस्याबाट बच्न सकिन्छ।
- मोटोपन घट्दै जान्छ।
- एनिमियाको समस्याबाट बच्न सकिन्छ।
- क्यान्सर लाग्नबाट बचाउँछ।
- शरीरको दुख्ने वा जोर्नी दुखाइबाट बच्न सक्छ।

फाइदा मात्र होइन, कागतीका बेफाइदा पनि छन्


कागती बहुउपयोगी फल हो । यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ ।
पानीमा कागतीको रस निचोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ । तर, यसको अत्यधिक सेवन गर्नाले हाम्रो शरीरलाई नकारात्मक असर पनि गर्न सक्छ ।
कागतीमा पाइने सिट्रस एसिडले दाँतलाई हानी पुर्‍याउन सक्छ । यदि तपाईं धेरै मात्रामा कागतीको सेवन गर्नुहुन्छ भने दाँत कुँडिने वा झन्झनाहट हुने समस्या आउन सक्छ । अरु के-के बेफाइदा गर्छ त कागतीले ?
१. पेट खराब हुने
यदि तपार्इं दैनिक कागतीको रस वा अमिलोको अत्याधिक सेवन गर्नुहुन्छ भने तपाईंको पेट खराब हुन सक्छ, किनभने कागतीमा एसिडको मात्रा धेरै हुन्छ । हाम्रो पेटले त्यसलाई पचाउन सक्दैन र पेट दुख्ने, उल्टि आउने सम्भावना हुन्छ ।
२. दाँत झन्झनाउने
माथि नै भनियो कि कागतीमा हुने सिट्रस एसिडले दाँतलाई असर गर्छ । यदि तपाईंलाई कागती पानी पिउन छ भने सकभर स्ट्रले पिउने गर्नुहोस् । यसो गर्नाले कागती पानीले दाँतलाई छुन सक्दैन । अन्यथा दाँतमा तातो चिसो लाग्ने वा झन्झनाहट हुने समस्या हुन सक्छ ।
३. डिहाइड्रेसन
कागती पानी पिउनाले बारम्बार पिसाब आउने समस्या हुन्छ, जसले शरीरमा पानीको कमी हुन सक्छ र डिहाइड्रेसन हुन्छ ।
४. माइग्रेन र टाउको दुख्ने
कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ । यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ । यसैकारण धेरै टाउको दुख्ने र माइग्रेन हुन सक्छ ।
५ मिर्गाैला र पित्ताशयको थैलीको समस्या
कागतीमा अक्सलेट पनि हुन्छ, जुन धेरै सेवन गर्नाले शरीरमा गएर पत्थर बन्न सक्छ । यस्तो क्रिस्टलाईज अक्सलेटले मिर्गौला र पित्ताशयको थैलीमा स्टोनको रुप लिन सक्छ ।
६. छाला डढ्ने
हुन त हामी कागतीलाई सुन्दरताको लागि प्रयोग गर्छौं तर कागतीको अत्यधिक प्रयोगले हाम्रो छालामा सनबर्नको समस्या पनि हुन सक्छ ।

दाँत र मुखको रोग लागेको कसरी थाहा पाउने ?


काठमाडौं । सामान्यतया मुखको क्यान्सर चुरोट, खैनी, पान परागजस्ता पदार्थको प्रयोगले बढी हुने गरेको पाइन्छ । जोकोही मानिसको गला, गिजाको भाग बिस्तारै टाइट हुँदै गएमा शंका गर्न जरुरी हुन्छ ।
यसले मुखको आकारलाई पनि बिस्तारै सानो बनाउँदै लैजान्छ । यस्तो अवस्थामा जिब्रोमा समेत क्यान्सर हुँदै जान्छ । यसका लागि बायोप्सी गर्नुपर्ने हुन सक्छ । जसबाट मुखको क्यान्सर कुन स्टेपमा रहेको छ भन्ने थाहा पाउन सकिन्छ ।
मुखमा समस्या देखिएको लामो समयसम्म पनि स्वास्थ्य परीक्षण नगर्दा अनेकौँ समस्या हुन सक्छ । यसरी परीक्षणमा ढिला गर्दा समस्या शल्यक्रिया गर्ने अवस्थामा नै पुग्ने गर्छ ।
उसो त सर्जरी गर्ने समयसम्म त्यस्ता मानिसको समस्या निकै विकसित भइसकेको हुन्छ । या भनौँ पुरानो भइसकेको हुन्छ । त्यसैले, ढिलो गरी अस्पताल पुग्ने मानिसलाई समस्याबाट बचाउन निकै गाह्रो हुन्छ ।
बढ्दो मुख क्यान्सरबाट बच्नका लागि सकेसम्म वर्षको दुईपटक नत्र एकपटक मात्र भए पनि डेन्टल परीक्षणमा जानु राम्रो हुन्छ । दैनिक रूपमा प्रयोग गर्ने खानेकुराबारे विशेष ख्याल पु(याउनुपर्छ । दाँतमा कुनै समस्या देखिनेबित्तिकै परीक्षण गरिहाल्नुपर्छ ।
वर्षको दुईपटक दाँतको पूरै सरसफाइ गर्न आवश्यक हुन्छ । जसले गर्दा गिजा स्वस्थ रहन्छ र रोगसँग लड्न सक्ने क्षमता बढ्छ । यसो गर्दा मुखको क्यान्सरबाट जोगिन पनि सहज हुन्छ ।

श्रीमतीले आफ्नै श्रीमानलाई धोका दिने ६ कारण


आमरुपमा दाम्पत्य सम्बन्धमा धोकाधडीको कुरालाई प्रायः पुरुषसँग नै जोडेर देखाउने गरिन्छ । तर यो होइन की केवल पतिले मात्र आफ्नो पत्नीलाई धोका दिन्छन् । कतिपय यस्ता घटनाहरु पनि हुन्छन् जहाँ पत्नीहरुले आफ्नो पतिलाई धोका दिइरहेका हुन्छन् ।
भारतको मेरिटल एण्ड फेमेली थेरापीद्धारा सन् २०१२ मा गरिएको एक सर्भेक्षण अनुसार २२ प्रतिशत विवाहित पुरुषहरुले आफ्नी श्रीमतीलाई धोका दिएर परपुरुषसँग सम्बन्ध बनाएको पाइएको थियो भने १४ प्रतिशत पुरुषहरु यस्ता थिए जसले आफ्नी श्रीमतीबाट धोका पाएका थिए ।
सर्भेक्षणले एक अर्को तथ्यको पनि खुलासा गर्यो । जस अनुसार पुरुष धोकाधडीमा लाग्नुको मुख्य कारण शारीरिक थियो भने महिलाहरु भावनात्मक कारणले धोकाधडीमा संलग्न हुन्थे ।

महिलाहरुलाई जब परपुरुषबाट संवेगात्मक तथा मनोवैज्ञानिक सपोर्ट मिल्दछ तब उनीहरु आफ्नो पार्टनरको साथबाट हटेर अरु कुनै पुरुषसँग जोडिन पुग्दछन् । यसका अलावा अन्य कारणहरु पनि छन् जसका कारण महिलाहरु आफ्नो लोग्नेलाई धोका दिने अवस्थामा पुग्दछन् ।

ती मुख्य ६ कारण यस्ता छन्ः

· जब महिलाहरुलाई आफ्नो लोग्नेबाट चाहे अनुसारको आत्मीयता तथा आफ्नोपन मिल्दैन तब उनीहरुको मनमा कुनै दोश्रो पूरुषको बारेमा सोँचाइ पलाउँदछ । यो सोँचाइले नै उनीहरुलाई पतिमाथि धोकाधडीका लागि प्रेरित गर्दछ ।
· कतिपय अवस्थामा महिलाहरुले बदला लिनका लागि समेत आफ्नो पार्टनरलाई धोका दिन्छन् । आफ्नो प्रेमी वा पतिले आफुलाई कुनैबेला धोका दिएको तितो पोख्नका लागि बदलास्वरुप पनि महिलाहरुले धोका दिन्छन् ।
· कहिलेकाहीँ शारीरिक सम्बन्धबाट सन्तुष्ट नहुँदा पनि महिलाहरुको मनमा आफ्नो पतिबाट अलग भई अरु पुरुषसँग सम्बन्ध गाँस्ने विचार पलाउँदछ ।
· कहिलेकाहीँ यस्तो पनि हुनछ जहाँ महिलाहरुले आफ्नो पार्टनरबाट आफेनो शारीरिक बनाबट तथा रुपका बारेमा आलोचना सुन्नुपर्छ । जस्तै, तिम्रो फिगर त्यो केटीको जस्तो राम्रो छैन, तिम्रो रुपमा चमक छैन, छालाको रंग खुलेको छैन आदि । यी कुराहरु महिलाहरुलाई मन पर्दैन । र आफैलाई राम्रो प्रमाणित गर्नका लागि दोश्रो पुरुषसँग जोडिन पुग्दछन् ।
· जब कोही महिला कुनै पुरुषमा निर्भर हुन्छन् तब उनीहरुका लागि आफ्नो पार्टनरसँगै रहनु बाध्यता बन्दछ । तर धेरै महिलाहरु जो आत्मनिर्भर हुन्छन् उनीहरु आफ्नो पार्टनरको साथभन्दा पनि आफ्नो स्वाभिमानलाई माथि राख्दछन् । जब उनीहरुलाई आफ्नो स्वाभिमानमाथि खतरा मडारिएको अनुभुति हुन्छ उनीहरु आफ्नो दाम्पत्य जिवनमा पूर्णविराम लगाउन कुनै आइतबार कुर्दैनन् ।
· कतिपय महिलाहरुलाई जिवनमा नयाँ प्रयोग गर्ने, नयाँ नयाँ अनुभव लिने इच्छा हुन्छ । एउटै पुरुषसँग लामो समयसम्म समय बिताउँदा बोर लाग्छ उनीहरुलाई । त्यसैले उनीहरु एउटा प्रेमी तथा लोग्नेबाट छुटि्टएर अर्कोसँग सम्बन्ध गाँस्दछन् ।

सुगर र पायल्स रोग चट् पार्ने एकमात्र अचुक ओखती : जामुन ! एक अर्काले सेयर गरौँ ।

मधुमेह भएका विरामीका लागि जामुन अत्यन्त फाइदाजनक हुन्छ । यसले मधुमेहलाई पूर्ण रुपमा नियन्त्रणमा लिने आयुर्वेदको दाबी छ ।कसरी प्रयोग गर्ने सुगरका लागि जामुन ?
– जामुनुको बाहिरी बोक्रा निकाल्नुहोस् र भित्रको वियालाई पिनेर धुलो बनाउनुहोस् । त्यसपछियो पाउडर जस्तो बन्ने छ । हल्का तातो पानीमा मिसाएर यसलाई पिउनुस् यसले फाइदा दिन्छ । त्यस्तै अपचमा पनि यो अचुक उपचार हुन्छ ।
– जामुनको रुखको बोक्रालाई केही घण्टा पानीमा भिजएर राख्ने र त्यसको सरमा मह मिसाएर विहान बेलुका पिएको खण्डमा पायल्स रोग समेत निको हुन्छ ।
पछिल्ला दिनमा मानिसको व्यस्त जीवनशैली र अस्वस्थ्य खानपानका कारण मानिसमा विभिन्न खालका रोगहरु लाग्ने गरेका छन् । यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसमा रोग बढीरहेका बेला यो फल अत्यउन्तै लाभदायी हुन्छ । मधुमेह भएका मानिसले जामुनलाई औषधीको रुपमा प्रयोग गर्दा फाइदा हुन्छ ।
– यसलाई आफ्नो खानमा नियमित रुपमा खादा निकै फाइदा हुन्छ ।जामुनको फमा पाइने केही रसायले रगतमा सुगर लेवलको नियन्त्रण गर्न धेरै काम गर्छ । मौसमी फल भएको कारण यो सधै पाउन सकिँदैन । तर यसोका वियाको प्रयोग तपाईले सधै गर्न सक्नु हुनेछ । जसको प्रयोगले तपाईको मधुमेह पूर्ण रुपमा नियन्त्रणमा आउन सक्ने छ ।

जामुनुको बोक्रा लगायत हटाएपछि बचेको हिस्सालाई सुकाएर यसको पाउडर बनाउनुस् । यस पाउडरलाई विहान बेलुका पानीको साथ खादा सुगर लेवल नियन्त्रणमा आउँछ ।

स्मार्टफोनको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

वासिङ्टन - एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसकाे उत्तर सजिलाे छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएकाे छ। एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ विशेषतायुक्त स्मार्टफोन उत्पादन गरिरहे पनि पछिल्लो समय स्मार्टफोनको बिक्री घट्न थालेको पाइएको छ। विश्वका ठूला बजारमा यी फोनको मागमा कमी आएको छ। 
 
स्मार्टफोनको प्रयोगलाई जीवन्त राख्न चाँडै प्रयोगमा आउन लागेको पाँचौं पुस्ताको तारविहीन नेटवर्क अर्थात् फाइभजीले सहयोग गर्ने अनुमान गरिएको छ। तर कतिपय विश्लेषकहरुले स्मार्टफोनलाई अरु कुनै बिल्कुलै भिन्न उपकरणले विस्थापित गर्ने सम्भावना औंल्याएका छन्।
स्मार्टफोनको प्रयोगलाई जीवन्त राख्न चाँडै प्रयोगमा आउन लागेको पाँचौं पुस्ताको तारविहीन नेटवर्क अर्थात् फाइभजीले सहयोग गर्ने अनुमान गरिएको छ। तर कतिपय विश्लेषकहरुले स्मार्टफोनलाई अरु कुनै बिल्कुलै भिन्न उपकरणले विस्थापित गर्ने सम्भावना औंल्याएका छन्।
फ्युचर टुडे इन्स्टिच्यूटका संस्थापक आमी वेबले प्रविधिको बदलिँदो झुकावसम्बन्धी वार्षिक प्रतिवेदनमा सन् २०१८ ले परम्परागत स्मार्टफोनको अन्त्यको सुरुआत गर्ने उल्लेख गरेका छन्। उनले अबको युगमा यी उपकरणहरु आवाज, सङ्केत र सम्पर्ककै माध्यमबाट चल्ने बताएका छन्। 'स्मार्टफोनबाट स्मार्ट वेयरेबल्स (लगाउनयोग्य वस्तु) र अदृश्य इन्टरफेसतर्फको रुपान्तरणले भौतिक संसारमा आज हामीले अनुभूत गरिरहेका कुराहरुमा आमूल परिवर्तन ल्याउनेछ' उनले उल्लेख गरेका छन्, 'जस्तै, कानमा राखेर सुन्ने वस्तुमा बायोमेट्रिक सेन्सर र स्पिकर रहनेछ, औंठी र ब्रासलेटले चाललाई थाहा पाउनेछ, स्मार्ट ग्लासले सूचनाहरु रेकर्ड गर्ने र देखाउनेछ।'
बजारमा केही रोकावट आए पनि अरु कतिपय विश्लेषकहरुले स्मार्टफोनलाई तत्कालै विस्थापन गर्न नसकिने बताएका छन्। 'स्मार्टफोनको प्रयोग रोकिन्न, तर यसको आकार र रुपमा परिवर्तन हुन सक्दछ,' एबीआई रिसर्चसँग आबद्ध विश्लेषक डेभिड म्याकक्वीनले भने, “स्मार्टफोनको बजार अझै केही वर्ष यथावत रहनेछ।'
म्याकक्वीनले हालै प्रकाशित एक रिपोर्टमा कमभन्दा कम छोएर चलाउन मिल्ने स्मार्टफोनको माग बढ्दै गएको बताएका छन्। उनले यस्ता स्मार्टफोनमा कृत्रिम प्रज्ञा (आर्टिफिसियल इन्टेलिजेन्स) तथा सङ्केतबाटै चल्ने सुविधाको खोजी भइरहेको बताए। नयाँ स्मार्टफोनमा सुधारिएको बायोमेट्रिक राख्नेतर्फ ध्यान जान थालेको छ, जस्तै अनुहार चिन्ने। साथै मोबाइलका स्क्रिनलाई पट्याउन मिल्ने अर्थात् फोल्ड गर्न मिल्ने बनाउने प्रयत्नहरु भइरहेका उनले बताए।
एबीआईको अनुसन्धानमा भनिएको छ, गूगल र अमेजनले आगामी पाँच/छ वर्षको अवधिमा स्मार्टफोनमा नवीन प्रविधि भित्र्याउन तथा त्यससँग सम्बन्धित प्रविधिमा सुधार ल्याउनेतर्फ नेतृत्व गर्न सक्नेछन्। नवीन प्रविधिको प्रयोगका क्षेत्रमा यी कम्पनीको क्षमता निकै बढी छ।
आइडीसी अनुसन्धान कम्पनीका अनुसार, विश्वमा सन् २०१८ मा स्मार्टफोनको बिक्रीमा ०.७ प्रतिशतले कमी आई करिब एक अर्ब ४५ लाख थान मोबाइल बिक्री भएको थियो। आइडीसीले मोबाइलको बजारमा सामान्य सुधार आउने र सन् २०२२ सम्ममा वार्षिक बिक्री करिब एक अर्ब ६४ करोड पुग्ने जनाएको छ। 'हाम्रो विचारमा आगामी वर्षहरुमा स्मार्टफोनको बजारमा स्वस्थ वृद्धि हुनेछ, तर बजारको खोजी गर्न तथा प्रतिस्पर्धामा टिक्न निकै चुनौतीपूर्ण हुनेछ', आइडीसीका विश्लेषक रायन रेथले बताए।
संयुक्तराज्य अमेरिकामा ५० वर्षभन्दा कम उमेरका ९१ प्रतिशत वयस्कहरुले स्मार्टफोनको प्रयोग गरिरहेका छन् भने १३ वर्षदेखि १९ वर्ष उमेरका बालबालिकामध्ये ९५ प्रतिशतसँग एउटा फोन रहेकाे पिउ रिसर्च सेन्टरले जनाएको छ।युरोपमा सन् २०१७ को अन्त्यसम्ममा करिब ४६ करोड ५० लाखसँग मोबाइल फोन छ। यो कूल जनसंख्याको करिब ८५ प्रतिशत हो। यी मोबाइलमध्ये दुई तिहाई स्मार्टफोन नै रहेका छन्।
टेकएनालिसिस रिसर्चका संस्थापक बब ओ–डोन्नेलले संयुक्तराज्य अमेरिका र कतिपय विकसित मुलुकमा स्मार्टफोनको बिक्री घटेको बताए। ओ–डोन्नेले सन् २०१९ मा फाइभजी र फोल्ड गर्न मिल्ने स्क्रिनका कारण मोबाइल बिक्री बढ्न सक्ने बताए। उनले स्मार्टफोनलाई अझ उन्नत प्रविधियुक्त र स्मार्ट बनाउने होडबाजी चलेकाले रुपान्तरित स्मार्टफोनले बजारमा प्रभाव कायमै राख्ने विश्वास व्यक्त गरे। 
source:https://nagariknews.nagariknetwork.com