अनुहारको दागधब्बा हटाउन लाभदायी फिटकिरी


अनुहार राम्रो बनाउने चाहाना सबैको हुन्छ । र अनुहार चम्किलो र दागधब्बा रहीत बनाउन हामी धेरै मेहेनत पनि गरिरहेका हुन्छौँ ।
अनुहारका लागि हामी महँगा कस्मेटिकहरुको प्रयोग गरिरहेका हुन्छौँ । अझ अनुहारमा आउने चायाँ, पोतो र दागधब्बा आयो भने अनेक उपाय खोज्न थाल्छौ जसको कारण अनुहार झन् विग्रीने खतरा हुन्छ । 
त्यसको समाधानको लागि हामी कस्मेटिक र औषधिको प्रयोग गर्नुभन्दा घरेलु उपाय अपनाउन सक्छौ । त्यसमा फिटकिरी लाभदायी मानिन्छ ।   
फिटकिरीको प्रयोग हामी निम्न समस्यामा गर्न सक्छौः
अनुहार तथा शरीरको कुनै पनि भागमा छालामा देखा परेका दागधब्बा हटाउनको लागि फिटकिरीको प्रयोग गर्न सक्छौ । त्यसको लागि दाग भएको ठाउँमा फिटकिरीले नियमित मसाज गर्नुपर्छ । केही समय मसाज गरेपछि चिसो पानीले पखाल्नुस् तपाईको छालामा रहेको दाग विस्तारै हराउँदै जान्छ ।

त्यस्तै, यदि तपाईको शरीरमा चिलाउने, गन्हाउने जस्ता समस्या आएका छन् भने फिटकिरीले नियमित नुहाउनुपर्छ । यसले पसिनाको गन्ध कम गर्न मद्दत गर्छ । 

No comments:

Post a Comment