तपाईंलाई पनि भिटामिन ‘डी’ को कमी त छैन?

नेपालमा पछिल्लो समय भिटामिन डी को कमीले धेरैलाई सताएको छ । अनेक किसिमका रोग लागेपछि कोही नसा रोगको शंकामा न्युरोलोजिस्टकहाँ पुग्छन् त कोही हाडजोर्नी, मधुमेह, थाइराइडको उपचार गर्न जान्छन्। ‘मधुमेह, नसा सबै सामान्य हुन्छ, परीक्षण गर्दै जाँदा भिटामिन ‘डी’ को कमी भेटिन्छ,’ वीर अस्पतालका न्युरोलोजिस्ट डा. सुनिल कोइराला भन्छन् । वीर अस्पताल न्युरोलोजी विभागका अनुसार दैनिक उपचारमा आउने १ सय ३० जनामध्ये ६० प्रतिशत बिरामीमा भिटामिन डी को कमी भेटिन्छ । भिटामिन ‘डी’ को औषधि दिएपछि त्यस्ता बिरामी निकोसमेत भएको डा.कोइराला बताउँछन्।

भिटामिन ‘डि’ किन?
– कुनै पनि रोगसँग लड्ने प्रतिरक्षा शक्ति विकास गर्ने
– शरीरमा हुन सक्ने कुनै पनि संक्रमणबाट बाच्न
– मस्तिष्कको क्रियाकलापमा सुधार ल्याउन
– शरीरमा क्यान्सरको कोष वृद्धि हुन नदिन
– प्रफुल्ल मन्द्रा र राम्रो निन्द्रा बनाउन
– मुटु रोगको जोखिमबाट बच्न
काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल जनरल विभागका प्राध्यापक डा.योगेन्द्र शाक्य पनि सामान्य परीक्षण गर्न आएका धेरैमा भिटामिन डी को कमी पाइएको बताउँछन् । जनरल चेकअप (सामान्य परीक्षण) गर्न आएकामध्ये २०/३० प्रतिशत मानिसमा भिटामिन डी कमी भेटिएको उनले जानकारी दिए । लक्षणका आधारमा परीक्षण गर्दा यस्तो पाइएको डा.शाक्यको भनाइ छ।
हड्डीको समस्या भएर राष्ट्रिय ट्रमा सेन्टरको हाडजोर्नी विभागमा परीक्षण गर्न आएका औसत ७० प्रतिशत बिरामीमा भिटामिन डी को कमी पाइएको छ । ती बिरामी ढाड दुख्ने, जोर्नी दुख्ने समस्या लिएर उपचार गर्न त्यहाँ पुगेका हुन्छन् । यसको कारण बुढ्यौली नभएर भिटामिन डी कम पाइने गरेको सेन्टरका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.भोजराज अधिकारी बताउँछन् । ‘उनीहरू पाका उमेरका मात्र नभइ कम उमेरका पनि छन्,’ उनले भने।
धेरैमा भिटामिन डी को कमी पाइएपछि हड्डीको उपचार गर्न आउनेहरूमा पनि भिटामिन डी जाँच गर्ने चलन बढ्दै गएको डा. अधिकारी बताउँछन् । उनी भन्छन्, ‘एक्सरेबाट हाडजोर्नी समस्या देखिएन भने भिटामिन डी परीक्षण गर्छौं । तीमध्ये ८० प्रतिशत मानिसमा भिटामिन डी कमी नै पाइन्छ,’ उनले भने।
चिकित्सकका अनुसार पछिल्लो समय यो समस्या भयावह बन्दै गएको छ । बदलिँदै गएको जीवनशैलीले भिटामिन डी कम हुने समस्या निम्त्याएको हो । यो समस्या घरभित्रै काम गर्ने र सूर्यको प्रकाश शरीरमा नपर्नेहरूमा बढी देखिएको चिकित्सक बताउँछन् । ‘बिहान घाम नलाग्दै उठेर सीधै कार्यालय जाने र घाम डुबेपछि घर फर्कनेहरूका शरीरमा सूर्यको प्रकाश पर्न पाउँदैन,’ शिक्षण अस्पतालका डा.शाक्य भन्छन् । पाँच÷सात वर्षदेखि यो (भिटामिन डी) समस्या बढ्दै गएको चिकित्सकको भनाइ छ । ‘यो समस्या पहिलादेखि रहे पनि आजभोलि घर–घरको समस्याका रूपमा देखा परेको छ,’ डा.कोइरालाले भने।
पछिल्लो समय नेपालमा विभिन्न भिटामिनको अवस्था परीक्षण हुन थालेपछि पनि नेपालीहरूमा भिटामिन डी को कमी पहिचान हुन थालेको चिकित्सक बताउँछन् । त्यो भन्दा पनि घरभित्र काम गर्ने चलन बढेसँगै यो समस्या पनि बढेको हुन सक्ने उनीहरूको अनुमान छ । नेपालमा भिटामिन डीको अवस्थाबारे अध्ययन नभएकाले यकिन तथ्यांक नभएको चिकित्सक बताउँछन्।
विश्व स्वास्थ्य संगगठनले नसर्ने रोगमध्ये भिटामिन डीको कमी विश्वव्यापी समस्या बनेको जनाएको छ । पहिला युरोपियन मुलुक र केही विकसित मुलुकमा सीमित यो समस्इा पछिल्लो समय विश्वभर फैलिएको स्वास्थ्य संगठनले जनाएको छ।
किन हुन्छ भिटामिन ‘डी’ को कमी ?
भिटानिम डीको मुख्य स्रोत सूर्यको प्रकाश हो । तसर्थ दैनिक कम्तीमा २० देखि ३० मिनेट शरीरले सोस्ने गरी ताप्नु पर्छ । सूर्यमा सीधै सम्पर्क हुन सकेन या शरीरले कुनै पनि माध्यमबाट सोस्न पाएन भने शरीरमा भिटामिन डीको कमी हुन्छ । सूर्यको प्रकाशबाहेक सामुद्रिक खानाहरू माछा, मासु तथा अन्डामा पनि भिटामिन डी पाइन्छ । यी खानेकुराको कमीले पनि भिटामिन डीको कमी हुन्छ।
भिटामिन ‘डी’ हुँदा देखिने लक्षणहरू
– ज्यादै थकाइ लाग्ने
– रीर कमजोर भएको महसुस हुने
– हिँड्डुल गर्नसमेत कठिन हुने
– शरीरमा बारम्बार किटाणु संक्रमण हुने
दाँत र हड्डी बलियो राख्न भिटामिन डी अति आवश्यक पर्छ । मुख्यगरी दाँत र हड्डीलाई बलियो बनाउन क्याल्सियम आवश्यक पर्छ । शरीरमा भएका क्याल्सियम र मिनरललाई सोस्ने काम भिटामिन डीले गर्छ अर्थात् भिटामिन डीले क्याल्सियमलाई चलायमान बनाउँछ, हर्मोनको काम पनि गर्छ । सूर्यको किरणले शरीरमा छोएपछि यो भिटामिन डी–३ मा रूपान्तरण हुन्छ।
भिटामिन डीको कमीले शरीरमा क्याल्सियमले काम गर्दैन । यस्तो अवस्थामा हड्डी कमजोर हुने, जोर्नी दुख्ने र कतिपयमा अवस्था हड्डी कमजोर भएर चर्किने समस्या हुन्छ । बालबालिकामा यसको कमी भयो भने शारीरिक वृद्धि–विकासमै असर पर्ने डा.अधिकारी बताउँछन् । भिटामिन डीले स्मरण शक्ति राम्रो राख्न, हड्डी बलियो बनाउन, शरीरमा अन्य रासायनिक गतिविधि सञ्चालन गर्न पनि मद्दत पु¥याउँछ ।
आन्द्रामा घाउ भएका, मिर्गौलामा पुरानो रोग भएका, जन्डिस बढेका बिरामीमा पनि भिटामिन ‘डी’ को कमी हुन्छ । कलेजोका बिरामी, मिर्गौलाका बिरामीलाई पनि भिटामिन ‘डी’ को कमी हुन्छ । यसबाहेक भिटामिन ‘डी’ को कमीले रक्तचाप बढ्ने र मुटुको रोगसमेत लाग्ने चिकित्सक बताउँछन् । पछिल्लो चरणमा भएका विभिन्न अध्ययनले भिटामिन ‘डी’ को कमीले ठूलो आन्द्रा तथा अन्य अंगको क्यान्सरसमेत वृद्धि भएको देखाएका छन् । यसले शरीरमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति कमजोर भइ विभिन्न रोगले आक्रमण गर्ने बताइएको छ ।
त्यसो भए भिटामिन ‘डी’ पूर्ति कसरी गर्ने ?
भिटामिन ‘डी’ कमी हुनुको कारण पत्ता लगाई औषधि सेवन गर्नुपर्छ । भिटामिन ‘डी’ भएका खानेकुराहरू खाएर पनि यसको पूर्ति गर्न सकिन्छ । तर खानेकुराबाट पूरै पूर्ति गर्न सम्भव नहुने चिकित्सक बताउँछन्।
भिटामिन ‘डी’ भएका खानाहरू सामुद्रिक माछा, दूधबाट बनेका परिकार, सुन्तला, कलेजो, पनिर, अन्डाको पहेंलो भागजस्ता खानेकुरा नियमित सेवन गर्नुपर्छ । खानाबाट मात्र भिटामिन ‘डी’ पूर्ति गर्न सजिलो नभएकाले घाम तापेर पनि शरीरमा भिटामिन ‘डी’ पूर्ति गर्न गर्न चिकित्सक बताउँछन् । मिर्गौला, आन्द्रामा क्यान्सर भएका बिरामीले भने चिकित्सकको सल्लाह बमोजिम प्रतिस्थापन औषधि खानुपर्छ।

जाडोको समयमा कालो चिया ? यस्ता छन् फाइदा !

काठमाडौं । अहिले काठमाडौं लगाएत हिमाल, पहाड र तराई क्षेत्र सबै ठाउँमा जाडो याम सुरु भइसकेको छ । हाम्रो लागि जाडोको समय, चिया त अनिवार्य नै जस्तो भइसकेको छ । तर, चियामा सबैको रोजाई एकै नहुनपनि सक्छ । कसैले कालो चिया मन पराउ५न् त कसैले दुध चिया मनपराउँछन् ।
अझ भन्नुपर्दा स्वादका कारण निकै कमले मात्र कालो चियाको प्रयोग गर्छन् । तर, दूध चिया भन्दा कालो चिया स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन ।
तर, चियामा राखेको दूधले भने ‘एन्टिअक्सिडेन्ट्स’को मात्रालाई घटाउने काम गर्छ । कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्यबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्‍याउँछ ।
नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ । अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोलका कम गर्छ । कोलेस्ट्रोल ‘हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ ।
नियमित रूपमा कालो चिया पिउनाले विभिन्न समस्याहरू हुनबाट बच्न सकिन्छः
मधुमेह
उच्च कोलेस्ट्रोल
मृगौलाको पत्थरी
फोक्सोको क्यान्सर

पुरुषमा हुने नपुंसकता या बाँझोपनका लक्षण के हुन् ?

पुरुषमा बाँझोपन या नपुंसकताको लक्षण पत्ता लगाउन ज्यादैं गार्रो हुन्छ। सामान्यतस् शरीरमा हर्मोनको गडबडी या कमीका कारण नपुसंकता निम्तन सक्छ । हर्मोनको परिवर्तनको कारण पनि पुरुषमा यस्तो समस्या हुन सक्छ । कैयौं हृष्टपृष्ट मानिस पनि नपुंसकताको शिकार बनिरहेको पाइन्छ । यसकारण नपुसंकताको कारण पत्ता लगाउन गार्रो हुन्छ ।
खासगरी पुरुषमा सम्भोगको समयमा सही तरिकारले यौन क्रिया गर्न नसक्नु या शिघ्रपतन हुनु नपुसंकताको लक्षण हुन सक्छ । सामान्यतस् नपुसंकताको संबन्ध सिधा रुपमा ज्ञानेन्द्रियसंग हुन्छ, यस्तो अवस्थामा पुरुषहरू यसबारेमा जागरुक हुँदैंनन् भने कैयौंपटक संकोचका कारण डाक्टरसंग परामर्श लिँदैंनन्, जसबाट रोग बढ्ने संभावना हुन्छ । नपुंसक व्यक्ति आफ्नो महिलासाथीसंग कहिल्यै सन्तुष्ट हुन सक्दैन ।
मानिसहरु नपुसंक नभएपनि घबराहट र मनको डर या कुनै मानसिक समस्याका कारण यौनकार्यका दौरान उत्तेजित हुन सक्दैनन् । पछि गएर सोही समस्या दीर्घकालिन बन्न जान्छ ।
नपुंसकता या बाँझोपनका लक्षण के हुन् त ?
– जो पुरुष सम्भोगका दौरान सही तरिकाले यौन क्रिया गर्न सक्दैंनन् या शिघ्रपतन हुन्छ, यो नपुसंकताको लक्षण हुन सक्छ ।
– नपुसंकता भएका पुरुषको लिंगमा कठोरता आउँदैंन, आएपनि लिंग चाँडै लुलो हुन्छ । सम्भोगका दौरान अचानक लिंगका कठोरतामा कमी आउनु पनि यसको लक्षण हो ।
– नपुसंकताको सिधा संबन्ध ज्ञानेन्द्रियसंग हुन्छ । मानिसले संकोचबश या जागरुकताको अभावमा यसबारेमा केही थाहा पाएका हुदैंनन।
– नपुसंकता धेरै उमेर भएका व्यक्तिमा पाइन्छ, जसबाट महिलानजिक जान पनि उनीहरुलाई डर लाग्न सक्छ । बढ्दो उमेरसंगै यौन इच्छा पनि कम हुँदैं जान्छ ।
– जो पुरुष यौन क्रियामा रुची राख्दैन र जसमा उत्तेजना हुँदैंन, उ पूर्ण रुपमा नपुंसक हुन सक्छ ।
– नपुंसकताका कारण पुरुषको लिंग सामान्यभन्दा छोटो हुन्छ, जसबाट पुरुष सही तरिकाले सम्भोग गर्न असमर्थ हुन्छ ।
– नपुंसकता पीडित व्यक्तिमा आत्मविश्वासको कमी हुन्छ यस्ता मानिस अक्सर भीडमा हड्बडाउछन्, महिलासंग कुरा गर्न पनि मन पराउदैंनन् ।
– नपुसंक व्यक्तिमा रोगप्रतिरोधी क्षमता कम हुन्छ, जसका कारण मानिस पटकपटक बिरामी परिररहन्छ ।
– बाँझोपनाका कारण प्रजनन अंग कमजोर हुन्छ ।
– फास्टफुडको बढी प्रयोग र खानपानमा पोषक तत्वको कमी पनि यसको प्रमुख कारण हो ।

यस्ता छन्अकबरे खुर्सानीका आठ फाइदा


१. अकबरे खुर्सानीमा पाईने क्याप्सिसिनका कारण शरीरमा बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ ।
२. ग्यास्टिक तथा अल्सरका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ ।
३. मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।
४. रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ ।
५. पिसावको विरामीलाई फाइदाजनक हुन्छ ।
६. हाडजोर्नी लगाएतका दुखाइ कम गर्न मद्दत गर्छ ।
७. विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
८. यसको सेवनले थकाइ तथा आलश्यता मेटाउछ ।

अपनाउनुस ४ मन्त्र, रहनुस जीवनभर स्वस्थ र खुशी

अपनाउनुस ४ मन्त्र, रहनुस जीवनभर स्वस्थ र खुशी
स्वस्थ जीवन को चाहँदैन ? को चाहन्छ बारम्बार बिरामी भएर अस्पतालमा लड्न ? तर, हाम्रो त्रुटीपूर्ण जीवनशैली र खानपानले गर्दा चाहेर पनि स्वस्थ जीवन बाँच्न सकिरहेका छैनौं ।
स्वस्थ जीवनशैलीको लागि नियमित स्वस्थकर खानाका साथै व्यायाम र सरसफाई पनि उत्तिकै महत्वपूर्ण छन् । यस्तै, फेक डाइटिङ र अपर्याप्त निद्राबाट बच्नु पनि उत्तिकै आवश्यक छ । हामी यहाँ केही टिप्सहरु दिँदैछौं, जसले तपाईंलाई स्वस्थ जीवन हासिल गर्न सहयोग गर्छ ।
१. स्वस्थकर खाना
– यस्तो खानेकुराको छनोट गर्नुपर्छ जसमा अस्वस्थकर फ्याटको मात्रा न्युन होस । अस्वस्थकर फ्याटमा ट्रान्स र सेचुरेटेड दुवैको मात्रा बढी हुन्छ । यस्तो खानाको सेवनले शरीरका एलडीएल कोलस्ट्रोल बढाउँछ । जसको कारण मुटुरोगको सम्भावना बढेर जान्छ ।
– जुन खानामा ट्रान्स फ्याटको मात्रा बढी हुन्छ त्यसमा सोर्टेनिङ र मार्जेरिन पनि समवेश हुन्छ । त्यस्तै, हाइड्रोजेनेटेड आयल्स पनि हुन्छ । बेकरी, फ्राइड, फ्राेजन पिज्जा र अन्य प्रोसेस्ड खानामा अत्यधिक ट्रान्स फ्याट पाइन्छ ।
– पिज्जा, चीज, रेड मीट, डेरी प्रोडक्ट आदि पनि स्याचुरेटेड फ्याटयुक्त हुन्छन् । नरिवलको तेलमा समेत स्याचुरेटेड फ्याटको मात्रा अत्याधिक हुन्छ । तर, यसको सेवनले गुड कोलेस्ट्रोलको मात्रा नबढाउने भन्ने चाहीँ होइन । त्यसको लागि उचित र मात्रा मिलाएर सेवन गर्न आवश्यक हुन्छ ।
– पोली अनस्याचुरेटेड, मोनो अनस्याचुरेटेड र ओमेगा थ्री फ्याट स्वास्थ्यका लागि आवश्यक छन् । यसले शरीरमा एलडीएल कोलस्ट्रोल कम गरेर एचडीएल कोलस्ट्रोललाई बढाउने काम गर्छ । जसले गर्दा हार्ट डिजिजको सम्भावना स्वभाविक रुपमा कम हुन्छ । त्यसैले, सकेसम्म ओलिभ, केनोला, सोया, पिनट र कर्न ओयलको सेवन गर्नुपर्छ । तर, यसको प्रयोग पनि त्यति धेरै नगर्दा राम्रो हुन्छ ।
– माछामा ओमेगा थ्री फ्याटी एसिडको मात्रा बढी हुने गर्छ । तर, माछाको सेवन गर्दा सेलमन, टूना, ट्राउट, म्याकरिल, सारडाइनलाई रोज्दा राम्रो हुन्छ ।
– तपाईंले खाने खानामा जहिले पनि चिनी र प्रशोधित कार्वोहाइड्रेटको मात्रा कम हुनुपर्छ । मिठाई, सफ्ट ड्रिङ्स , अत्याधिक गुलियो फ्रुट ट जुस र पाउरोटीको सेवन कम गर्नुपर्छ । यसको ठाउँमा मौसमी फलफुल, ताजा जुस, धेरै प्रशोधन नगरिएको पिठोबाट तयार रोटी (हाेल फुड) लगायतको सेवन गर्नुपर्छ ।
– हाे ग्रेन फुडमा कार्वोहाइड्रेट, प्रोटिन फ्याट र अन्य पदार्थको सही संयोजन गरेर खाँदा स्वास्थ्यलाई अत्यन्तै फाइदा गर्छ ।
– हाइ भिटामिन र मिनरलको लागि फल र तरकारीको सेवन गर्नुपर्छ । क्यान फलमा चिनी र नूनको मात्रा अत्याधिक हुन्छ, त्यसैले ताजा फल र तरकारीको प्रयोग गर्न जरुरी हुन्छ ।
– लीन मीट, सिमी र टोफुको उपभोगले शरिरमा प्रोटिन पूर्ति गर्छ ।
– ब्रेकफास्ट वा स्न्याक्सको लागि हाेल ग्रेन, जस्तो कि ब्राउन ब्रेड, पास्ता, ब्राउन राइस लगायतको सेवन गर्न सकिन्छ । कम फ्याट भएको डेरी प्रोडक्ट खानुपर्छ । स्किम दुध र कम फ्याट भएको चीजले शरीरमा फ्याट बढ्न दिदैन । तर, क्याल्सियम भने भरपुर मात्रामा सेवन गर्न आवश्यक छ ।
– कुनै प्राकृतिक खाद्य स्टोर या स्थानीय बजारबाट जैविक खानेकुराहरु खरिद गर्नुस् । यस्ता खानेकुरा बढी पौष्टिक नभए पनि किटनाशकमुक्त हुन्छन् । यो पर्यावरण र पृथ्वीको लागि पनि निकै राम्रो हुन्छ ।
– यदि तपाईलाई मुल्यको चिन्ता छ भने सिर्फ कुनै अर्गानिक वस्तु, जस्तो स्याउ, अंगुर, खुर्सानी, हरियो साग, आलु  आदि खरिद गर्न सक्नुहुन्छ ।
२. तरिकाबद्ध व्यायाम
– वर्कआउटको शुरु र अन्तमा स्ट्रेचिङ गर्नुपर्छ ।  यसरी स्ट्रेचिङ गर्दा वर्कआउट पहिले मांसपेशी तात्छ र वर्कआउटपछि आराम महसुस हुन्छ ।
– सुरुमा काल्फ स्ट्रेचिङ  गर्न सकिन्छ । एउटा पर्खालमा हात र खुट्टालाईर् बराबरीमा राखेर उभिनुस् । दायाँ खुट्टालाई बायाँको पछाडि राख्नुस् र, बायाँ खुट्टालाई अगाडि झुकाउनुस् । दायालाई जमिनको सिधा राख्नुस् । यस्तो स्ट्रेचलाई ३० सेकेन्डसम्म होल्ड गर्नुस र त्यसरी अर्को खुट्टाको पनि दोहोर्‍याउनुस् ।
-हिप फ्लेक्सोर स्ट्रेचिङ पनि उत्तिकै आवश्यक छ । त्यसको लागि पहिला आफ्नो दायाँ घुँडा खुम्चाएर भुईंमा टेक्नुस् । बायाँ खुट्टालाई अघि राख्नुस् । त्यसपछि बायाँ खुट्टामा अगाडिको भाग झुकाएर आफ्नो शरिरको तौललाई सिफ्ट गर्नुस् । त्यतिबेलासम्म यो स्ट्रेचिङ गर्नुपर्छ जतिबेलासम्म तपाईको हिपमा स्ट्रेच फिल हुँदैन । यस्तो स्ट्रेचलाई ३० सेकेन्ड होल्ड गर्नुस र फेरि उसैगरी अर्को खुट्टाको गर्नुस् ।
– यस्तो बेला ढाडको पनि स्ट्रेच गर्नुस् । यस्तो गर्दा आफ्नो बायाँ हातले दायाँ खुट्टामा समामत्नुस र फेरि अर्को हातले पनि त्यसरी नै दोहोर्‍याउँनुस् ।
-कार्डियो र स्ट्रेन्थ ट्रेनरको सहयोग लिएर आधादेखि एक घण्टासम्म वर्कआउट गर्दा राम्रो हुन्छ । विशेषज्ञका अनुसार हरेक हप्ता कम्तिमा १५० मिनेट मध्यमस्तरको एरोविक एक्टिभिटिज गर्नुपर्छ ।
– केही छिन कुकुरलाई घुमाउने बहानामा केही बेर टहलिन सक्नुहुन्छ । शरिरलाई दैनिक कम्तिमा ३० मिनेट मध्ययमस्तरको हिँडाई आवश्यक पर्छ ।
– सार्वजनिक सवारीको प्रयोग गर्नुहुन्छ भने बस स्टेशनसम्म भए पनि केही छिन हिड्नुहुन्छ । तर, कार र मोटरसाइकल हुनेहरु यत्ति पनि हिँड्दैनन् । त्यसैले कहिलेकाहीँ हिँडेरै अफिस आउने-जाने गर्नुस ।
३. बच्नुस् अस्वस्थकर बानीबाट
– तपाईं एकपटक खराव जीवनशैलीलाई सुधारेर तौल घटाउनुहुन्छ । तर, अलि दिनपछि पुरानै लयमा फर्किनुहन्छ भने त्यसले दिर्घकालिन फाइदा पुर्‍याउँदैन । स्वास्थ्यको लागि नियमित मेहनत गर्नैपर्छ ।
– फेक डाइटबाट बच्नुपर्छ । चिकित्सकको सल्लाहबिना लिक्विड डाइट, डाइट पिल्स र अन्य डाइट सप्लिमेन्टको प्रयोग गर्नु हुँदैन । कतिपय डाइट सप्लिमेन्टमा अतिरञ्जित तरिकाले ‘छोटो समयमा तौल घटाउने, जीवनशैली नसुधारिकन स्वस्थकर हुने’ नजस्ता लेखिएको हुन्छ । यस्तो कुराबाट बच्नुपर्छ ।
– कहिल्यै पनि एकैचोटि कडा व्यायाम गर्नु हुँदैन । साथै, लामो समयसम्म नियमित व्यायाम गर्दा चोटपटक लाग्ने सम्भावना पनि हुन्छ ।  त्यसैले वर्कआउटको बीच-बीचमा केही समय विश्राम लिन जरुरी छ ।
– तौल आवश्यकताभन्दा कम वा बढि हुनु स्वास्थ्यको लागि राम्रो होइन । त्यसैले चिकित्सक वा वेट चार्टको मद्दतबाट आफ्नो उमेर र शरीरअनुसार सहि तौलबारे जानकारी लिई त्यसैअनुरुप आफुलाई मेन्टन गर्नुपर्छ ।
– धुम्रपानले मुट, फोक्सोको रोगदेखि कैयौँ प्रकारका क्यान्सर लाग्न सक्छ । त्यस्तै, मदिरा सेवन गर्दा पनि क्यान्सरदेखि डिप्रेसनसम्मको फन्दामा पर्न सकिन्छ । त्यसैले स्वस्थ जीवनको लागि धुम्रपान र मध्यपानलाई बिदा गर्नुको विकल्प छैन ।
– अनुसन्धानबाट पत्ता लागेको छ कि कम सुत्नाले मानिसको तौल बढेर जान्छ । अधवैंशेहरु दैनिक कम्तिमा ७ देखि ९ घण्टासम्म निदाउनुपर्छ ।
– बच्चा र टिनएजर्सलाई तुलनात्मक रुपमा अलि बढी निद्राको जरुरत पर्छ । सानो बच्चाको लागि १० देखि १४ घण्टा, स्कुले बालबालिकाका लागि ९ देखि ११ घन्टा र युवा-युवतीहरुका लागि ८ देखि ११ घण्टाको निद्रा आवश्यक छ ।
– छालामा लगातार सूर्यको किरण पर्दा स्वास्थ्यलाई हानी गर्छ । यसले क्यान्सरजस्तो डरलाग्दो समस्या पनि निम्त्याउन सक्छ । त्यसले घरबाहिर निस्कदा सुरक्षाको लागि कपडा र अनुहारमा कम्तिमा ३० एसपीएफको सनस्क्रीन क्रिम लगाउनुपर्छ ।
४. सरसफाई
– हरेक दिन नुहाउनुपर्छ । कुनै काम गर्दा पसिना आएमा फेरी नुहाउनुपर्छ । यसबाट शरीरको दुर्गन्ध त हटेर जान्छ नै, फोहोरका कारण उत्पन्न हुने रोगको सम्भावना पनि टर्छ ।
– नियमित दाँतको फ्लसिङ गर्दा दुर्गन्ध कम हुनुको साथै गिजासम्बन्धि समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ ।
– एथलिट फुट र विभिन्न फ्लुटबाट बच्नका लागि औँलाको काप पनि सफा गरिराख्नुपर्छ ।
– जहिले पनि सफा कपडाको प्रयोग गर्नुपर्छ । अण्डरवेयर र मोजा दैनिक परिवर्तन गर्दा राम्रो हुन्छ ।
– खाना पकाउनुअघि र पछि, ट्वाइलेट गरेपछि राम्रोसँग हात धुनुपर्छ भन्ने कुरा त धेरैलाई जानकारी छ । त्यति मात्र नभएर कुनै चोटमा औषधी लगाइसकेपछि, नाक चलाएपछि, हाछ्यूँ गरेपछि पनि राम्रोसँग साबुन पानीले हात सफा गर्नुपर्छ । विज्ञकाअनुसार पानी र सावुनले २० सेकेन्ड मिचेर हात धुन आवश्यक छ ।
थप सल्लाह
– दैनिक रुपमा प्रशस्त पानी पिउनुपर्छ ।
– नियमित रुपमा व्यायाम गर्नुपर्छ । यसो गर्दा शरिका अंगहरु बलियो हुनुका साथै मुटु रोग, क्यान्सर, मधुमेहजस्ता समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ ।
– व्यायामले मानसिक स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउँछ । शरीरिक गतिविधिले सोच्ने शैलीमै परिवर्तन ल्याइदिन्छ । र, चिन्ता, डिप्रेसनजस्ता समस्याबाट टाढा रहन सकिन्छ ।
– सकरात्मक सोच र सदैव खुशी हुने सूचनाको चाह राख्नुपर्छ । खुशीले स्वास्थ्यसँग जोडिएका कतिपय समस्यालाई नै कम गर्छ । त्यसैले स्वस्थ जीवनशैली अपनाउँदा खुशीलाई पनि ध्यान दिन जरुरी छ ।
–  बढी मुस्कुराउने प्रयास गर्नुपर्छ । साथीसँग कुरा गर्दा पनि हाँसोको विषयमा छलफल गर्नुपर्छ । कहिलेकाँही भिडियो हेरेर पनि हाँस्न सकिन्छ । यसो गर्दा तपाईलाई फ्रेस महसुस हुन्छ ।
– भिटामिन र मिनरलको लागि मल्टिभिटामिनको प्रयोग गर्नुपर्छ ।

ओखर बगैंचा स्थापनाको तयारी


बैतडी। फलफूल खेतीबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बैतडी र दार्चुलाका विभिन्न स्थानमा ओखरको बगैंचा स्थापना गरिने भएको छ ।
बैतडीमा ३० हेक्टर र दार्चुलाको २५ हेक्टर क्षेत्रफलमा ओखरको बगैंचा स्थापना गर्ने तयारी भएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । ओखरका बिरुवा ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको लगानीमा उपलब्ध गराइने भएको छ । बगैंचा स्थापना गर्ने किसानलाई प्रस्ताव ल्याउन कार्यालयले आग्रह गरेको छ ।
बैतडीको सुर्नया गाउँपालिका–२ र ३, दशरथचन्द नगरपालिका–९, वासुदेव मावि लिस्किटाको नर्सरी, दोगडाकेदार गाउँपालिकाका–४, पाटन नगरपालिका–१ र ९, सिगास गाउँपालिका, मेलौली नगरपालिका र पुरचौंडी नगरपालिकामा बगैंचा स्थापनाका लागि कार्यक्रम स्वीकृत भएको छ । यस्तै, दार्चुलाको दुहुँ गाउँपालिका–४ र ५, मालिकार्जुन गाउँपालिका–२, ४ र ८, ब्यास गाउँपालिकाको सुनसेरा, नौगाडको सुण्डमुण्ड, महाकाली नगरपालिकाको पौनेखोला, मार्मा गाउँपालिका र शैल्यशिखरमा ओखरको बगैंचा स्थापनाका लागि प्रस्ताव आ≈वान गरिएको छ ।
ओखरखेती गर्ने किसानले पुस १० गतेभित्र कृषि ज्ञानकेन्द्र बैतडीमा प्रस्ताव पेश गर्नुपर्नेछ । अत्यधिक माग भएकाले ओखरबाट किसानलाई आत्मनिर्भर बनाउनका लागि बगैंचा स्थापना गर्ने कार्यक्रम ल्याइएको हो । बजारमा ओखर प्रतिकिलो ६ सयदेखि रु ८ सय रुपैयाँमा विक्री हुने गरेको छ ।
यसैबीच, पछिल्लो केही वर्षयतादेखि बैतडीको सतबाँझमा स्याउ फल्न छोडपछि त्यसको विकल्पमा ओखरखेती गर्न थालिएको छ । अन्य फलफूलभन्दा ओखरबाट किसानले पर्याप्त आम्दानी गर्न सक्ने भएपछि सुख्खा फलफूल विकास केन्द्रले ओखर उत्पादनलाई प्राथमिकतामा राखेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले जानकारी दिए ।

बन्दामा यस्ता छन् गुण, कब्जियतको समस्याकाे रामवाण !

बन्दा एक बहुउपयाेगी तरकारी हाे । यसमा कैयौं औषधीय गुण हुन्छन् । तरकारीका अलावा सलादका रुपमा पनि प्रयोग गरिन्छ । जसले हामीहरुलाई निरोगी बनाउँछ ।
बन्दामा रहेका केही सुक्ष्म तत्वले शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरीरको पाचन प्रक्रिया, मेटाबोलिजमलाई नियमित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । ताजा बन्दामा नुन, मरिच तथा कागतीको रस मिसाएर दैनिक बिहान खाली पेटमा खानाले २, ४ हप्तामै कब्जियतको समस्या समाधान हुन्छ ।
ताजा बन्दको रसमा भिटामिन यु नाम यस्तो दुर्लभ भिटामिन पाइन्छ, जसमा अल्सरसमेत निको पार्न सक्ने गुण हुन्छ । बन्दाको रस पिउनाले पेप्टिक अल्सर अर्थात् पेटको घाउ ठीक हुन्छ ।
बन्दामा खनिज लवण प्रचुर रुपमा पाइन्छ, जो मूत्र प्रणालीमाथि नियन्त्रण राख्न सहायक सिद्ध हुन्छ । रोकिएर पिसाब आउने समस्यामा बन्दाको आधा कप दिनहु पिउनाले आराम मिल्छ ।

मौसमी रुघाखोकीको उपचारमा आयुर्वेद र योगको प्रयोग

मौसमी रुघाखोकीको उपचारमा आयुर्वेद र योगको प्रयोग
नेपालमा जाडोयाम सुरु भइसकेको छ। अहिले शरद ऋतु( अश्विन र कार्तिक) चलिरहेछ र हेमन्त ऋतु(मंसिर र पौष) आउने क्रममा छ। ऋतु परिवर्तनसँगै हुने शीत वायुको सम्पर्क, प्रदुषण, एलर्जी वा संक्रमणका कारण रुघाखोकी जस्ता सम्स्या देखिन सक्छन्। बारम्बार सिगान आउने, हाँच्छयु आउने, टाउको दुख्ने, शरीर गल्ने आदि जस्ता लक्षणहरु देखिएमा रुघाखोकी भएको बुझ्नुपर्ने हुन्छ। यस सम्स्या हुनबाट बच्न र भइसकेपछि उपचारका लागि नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेद र योग निकै नै उपलब्धि मुलुक हुन सक्छ।
आयुर्वेद
विशेष गरि चिसो बढ्ने हेमन्त र शिशिर ऋतुहरुमा रुघा र खोकीबाट बच्न आयुर्वेद, चरक संहितामा बर्णन गरिए अनुसारको ऋतुचर्या अवलम्बन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यस ऋतुमा शरीरसँग शीतवायुको सम्पर्क हुँदा अग्नि शरीर भित्र नै रोकिएर तीक्ष्ण हुन्छ। जसका कारण गुरु मात्रा, गुरु द्रव्य पाचन गर्ने सामर्थ्य मिल्दछ। यस समयमा सात्म्य(हित) रस जस्तै स्निग्ध, अम्ल, लवण रस सेवन गर्नुपर्छ। त्यस्तै सात्म्य आहारहरुमा गोरस, इक्षुविकृति तैल, नयाँ अन्न, उष्ण जल आदिको सेवन गर्नुपर्छ। त्यस्तै सात्म्य विहारहरुमा उत्सादन, शिरमा तेल अभ्यंग, जेन्ताक स्वेद, उष्ण गर्भगृह, उष्ण भूमिगृह, संवृतयान, शयन, आसन आदि गर्नुपर्छ। यस समयमा लघु, वातल आहार र कटु, तिक्त, कषाय रसको सेवन असात्म्य(अहित) हुनजान्छ।
त्यस्तै,  रुघाखोकी लागिसके पश्चात् आयुर्वेदमा वर्णन गरिएअनुसारको तुलसीको पात, बेसार, अदुवा, लसुन र महको सेवन विभिन्न किसिमबाट गर्नु फाइदाजनक हुन्छ। आधागिलास पानी उमालेर त्यसमा एक चम्चा कालो मरिचको पाउडर, एक चम्चा बेसार र एक चम्चा मह मिसाएर त्यसलाई केही बेर उमालेर नियमित सेवन गर्न सकिन्छ। पखालेको तुलसी पत्ता कुटेर रस निकाली त्यस रसमा मह मिसाएर चम्चामा तातो बनाएर दिनमा ३-४ पटक सेवन गर्न सकिन्छ।
एक गिलास तातो पानीमा मह र कागतीको रस मिसाएर दिनमा २-३ पटक पिउदा खोकी निको हुन सक्छ। अदुवालाई सानो–सानो टुक्रा बनाएर एक गिलास पानीमा हालेर उमाल्ने र त्यो रस दिनमा ३-४ पटक पिउदा रुघाखोकीमा फाइदाजनक हुन्छ। त्यस्तै लसुनको २-३वटा पोटी पिसेर,महमा मिसाएर थोरै थोरै सेवन गर्न सकिन्छ। एक चम्चा महमा आधा चम्चा प्याजको रस मिसाएर दिनमा  दुर्इपटक सेवन गर्दा रुघाखोकीमा लाभदायक हुनसक्छ।
योग
विभिन्न अनुसन्धानका अनुसार, रुघा खोकीका बिरामीहरु जसले नियमित योग अभ्यास गर्छन्। उनीहरुको स्वास्थ्य र जीवनमा गुणस्तरीय सुधार आएको देखिन्छ। योगले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै शरीरलाई स्वस्थ र मजबूत  बनाउनमा मद्दत गर्दछ। डाक्टरको परामर्श र योग विशेषज्ञको निगरानीमा योग अभ्यास गर्नु उपलब्धिमुलक रहन्छ।निम्न योग आसनहरु आफूलाई सहज हुने किसिमले आफ्नै गतिमा गर्दा रुघा खोकी संग जुध्न सकिन्छ।
१) नाडीशोधन प्राणायाम
२) अनुलोमविलोम
३) मतस्यासन
४) कपालभाति
५) शवासन
६) हस्तपादासन आदि।
(घिमिरे चिकित्सा शास्त्र अध्ययन संस्थानमा व्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी गरिररहेका छन्।)

तामाको भाँडामा राखेको पानी पिउँदा यस्ता हुन्छन् ९ फाइदा

तामाको भाँडामा राखेको पानी पिउँदा यस्ता हुन्छन् ९ फाइदा
काठमाडौं : प्रायजसो व्यक्तिले तामाको भाँडामा राखेको पानी पिउँदा राम्रो हुन्छ भन्ने गर्छन्। तर, तामाको भाँडोमा राखेको पानी पिउँदाका फाइदाबारे थोरै व्यक्ति मात्र जानकार हुन्छन्।
हिन्दु परम्पराअनुसार तामालाई पवित्र धातु मानिन्छ।त्यसैले परम्परादेखि पूजापाठ तथा धार्मिक काममा तामाका भाँडा प्रयोग गरिँदै आएको हो।
धार्मिक हिसाबले मात्र नभएर वैज्ञानिक अध्ययनले पनि तामाको भाँडोमा राखेको पानी स्वास्थ्यका लागि फाइदाजनक हुने देखाएको छ।वैज्ञानिक अध्ययनअनुसार तामामा क्यान्सरविरुद्ध लड्ने तत्वहरु रहेको हुन्छ।यसको नियमित सेवनबाट क्यान्सर हुने संभावना न्यून हुन्छ।
त्यस्तै आयुर्वेदकका अनुसार पनि तामाको भाँडोमा राखेको पानी पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ।रातभर तामाको भाँडोमा राखेको पानी बिहानपख खालि पेटमा पिउँदा स्वास्थ्यका लागि धेरै फाइदा हुन्छ।
- पाचन क्रिया बलियो बनाउँछ।
- मुटुलाई स्वस्थ राख्छ।
- ब्लड प्रेसर नियन्त्रित गर्छ।
- हृदयाघात हुने संभावना कम हुन्छ।
- छालासम्बन्धी समस्याबाट बच्न सकिन्छ।
- मोटोपन घट्दै जान्छ।
- एनिमियाको समस्याबाट बच्न सकिन्छ।
- क्यान्सर लाग्नबाट बचाउँछ।
- शरीरको दुख्ने वा जोर्नी दुखाइबाट बच्न सक्छ।

फाइदा मात्र होइन, कागतीका बेफाइदा पनि छन्


कागती बहुउपयोगी फल हो । यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ ।
पानीमा कागतीको रस निचोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ । तर, यसको अत्यधिक सेवन गर्नाले हाम्रो शरीरलाई नकारात्मक असर पनि गर्न सक्छ ।
कागतीमा पाइने सिट्रस एसिडले दाँतलाई हानी पुर्‍याउन सक्छ । यदि तपाईं धेरै मात्रामा कागतीको सेवन गर्नुहुन्छ भने दाँत कुँडिने वा झन्झनाहट हुने समस्या आउन सक्छ । अरु के-के बेफाइदा गर्छ त कागतीले ?
१. पेट खराब हुने
यदि तपार्इं दैनिक कागतीको रस वा अमिलोको अत्याधिक सेवन गर्नुहुन्छ भने तपाईंको पेट खराब हुन सक्छ, किनभने कागतीमा एसिडको मात्रा धेरै हुन्छ । हाम्रो पेटले त्यसलाई पचाउन सक्दैन र पेट दुख्ने, उल्टि आउने सम्भावना हुन्छ ।
२. दाँत झन्झनाउने
माथि नै भनियो कि कागतीमा हुने सिट्रस एसिडले दाँतलाई असर गर्छ । यदि तपाईंलाई कागती पानी पिउन छ भने सकभर स्ट्रले पिउने गर्नुहोस् । यसो गर्नाले कागती पानीले दाँतलाई छुन सक्दैन । अन्यथा दाँतमा तातो चिसो लाग्ने वा झन्झनाहट हुने समस्या हुन सक्छ ।
३. डिहाइड्रेसन
कागती पानी पिउनाले बारम्बार पिसाब आउने समस्या हुन्छ, जसले शरीरमा पानीको कमी हुन सक्छ र डिहाइड्रेसन हुन्छ ।
४. माइग्रेन र टाउको दुख्ने
कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ । यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ । यसैकारण धेरै टाउको दुख्ने र माइग्रेन हुन सक्छ ।
५ मिर्गाैला र पित्ताशयको थैलीको समस्या
कागतीमा अक्सलेट पनि हुन्छ, जुन धेरै सेवन गर्नाले शरीरमा गएर पत्थर बन्न सक्छ । यस्तो क्रिस्टलाईज अक्सलेटले मिर्गौला र पित्ताशयको थैलीमा स्टोनको रुप लिन सक्छ ।
६. छाला डढ्ने
हुन त हामी कागतीलाई सुन्दरताको लागि प्रयोग गर्छौं तर कागतीको अत्यधिक प्रयोगले हाम्रो छालामा सनबर्नको समस्या पनि हुन सक्छ ।

दाँत र मुखको रोग लागेको कसरी थाहा पाउने ?


काठमाडौं । सामान्यतया मुखको क्यान्सर चुरोट, खैनी, पान परागजस्ता पदार्थको प्रयोगले बढी हुने गरेको पाइन्छ । जोकोही मानिसको गला, गिजाको भाग बिस्तारै टाइट हुँदै गएमा शंका गर्न जरुरी हुन्छ ।
यसले मुखको आकारलाई पनि बिस्तारै सानो बनाउँदै लैजान्छ । यस्तो अवस्थामा जिब्रोमा समेत क्यान्सर हुँदै जान्छ । यसका लागि बायोप्सी गर्नुपर्ने हुन सक्छ । जसबाट मुखको क्यान्सर कुन स्टेपमा रहेको छ भन्ने थाहा पाउन सकिन्छ ।
मुखमा समस्या देखिएको लामो समयसम्म पनि स्वास्थ्य परीक्षण नगर्दा अनेकौँ समस्या हुन सक्छ । यसरी परीक्षणमा ढिला गर्दा समस्या शल्यक्रिया गर्ने अवस्थामा नै पुग्ने गर्छ ।
उसो त सर्जरी गर्ने समयसम्म त्यस्ता मानिसको समस्या निकै विकसित भइसकेको हुन्छ । या भनौँ पुरानो भइसकेको हुन्छ । त्यसैले, ढिलो गरी अस्पताल पुग्ने मानिसलाई समस्याबाट बचाउन निकै गाह्रो हुन्छ ।
बढ्दो मुख क्यान्सरबाट बच्नका लागि सकेसम्म वर्षको दुईपटक नत्र एकपटक मात्र भए पनि डेन्टल परीक्षणमा जानु राम्रो हुन्छ । दैनिक रूपमा प्रयोग गर्ने खानेकुराबारे विशेष ख्याल पु(याउनुपर्छ । दाँतमा कुनै समस्या देखिनेबित्तिकै परीक्षण गरिहाल्नुपर्छ ।
वर्षको दुईपटक दाँतको पूरै सरसफाइ गर्न आवश्यक हुन्छ । जसले गर्दा गिजा स्वस्थ रहन्छ र रोगसँग लड्न सक्ने क्षमता बढ्छ । यसो गर्दा मुखको क्यान्सरबाट जोगिन पनि सहज हुन्छ ।

श्रीमतीले आफ्नै श्रीमानलाई धोका दिने ६ कारण


आमरुपमा दाम्पत्य सम्बन्धमा धोकाधडीको कुरालाई प्रायः पुरुषसँग नै जोडेर देखाउने गरिन्छ । तर यो होइन की केवल पतिले मात्र आफ्नो पत्नीलाई धोका दिन्छन् । कतिपय यस्ता घटनाहरु पनि हुन्छन् जहाँ पत्नीहरुले आफ्नो पतिलाई धोका दिइरहेका हुन्छन् ।
भारतको मेरिटल एण्ड फेमेली थेरापीद्धारा सन् २०१२ मा गरिएको एक सर्भेक्षण अनुसार २२ प्रतिशत विवाहित पुरुषहरुले आफ्नी श्रीमतीलाई धोका दिएर परपुरुषसँग सम्बन्ध बनाएको पाइएको थियो भने १४ प्रतिशत पुरुषहरु यस्ता थिए जसले आफ्नी श्रीमतीबाट धोका पाएका थिए ।
सर्भेक्षणले एक अर्को तथ्यको पनि खुलासा गर्यो । जस अनुसार पुरुष धोकाधडीमा लाग्नुको मुख्य कारण शारीरिक थियो भने महिलाहरु भावनात्मक कारणले धोकाधडीमा संलग्न हुन्थे ।

महिलाहरुलाई जब परपुरुषबाट संवेगात्मक तथा मनोवैज्ञानिक सपोर्ट मिल्दछ तब उनीहरु आफ्नो पार्टनरको साथबाट हटेर अरु कुनै पुरुषसँग जोडिन पुग्दछन् । यसका अलावा अन्य कारणहरु पनि छन् जसका कारण महिलाहरु आफ्नो लोग्नेलाई धोका दिने अवस्थामा पुग्दछन् ।

ती मुख्य ६ कारण यस्ता छन्ः

· जब महिलाहरुलाई आफ्नो लोग्नेबाट चाहे अनुसारको आत्मीयता तथा आफ्नोपन मिल्दैन तब उनीहरुको मनमा कुनै दोश्रो पूरुषको बारेमा सोँचाइ पलाउँदछ । यो सोँचाइले नै उनीहरुलाई पतिमाथि धोकाधडीका लागि प्रेरित गर्दछ ।
· कतिपय अवस्थामा महिलाहरुले बदला लिनका लागि समेत आफ्नो पार्टनरलाई धोका दिन्छन् । आफ्नो प्रेमी वा पतिले आफुलाई कुनैबेला धोका दिएको तितो पोख्नका लागि बदलास्वरुप पनि महिलाहरुले धोका दिन्छन् ।
· कहिलेकाहीँ शारीरिक सम्बन्धबाट सन्तुष्ट नहुँदा पनि महिलाहरुको मनमा आफ्नो पतिबाट अलग भई अरु पुरुषसँग सम्बन्ध गाँस्ने विचार पलाउँदछ ।
· कहिलेकाहीँ यस्तो पनि हुनछ जहाँ महिलाहरुले आफ्नो पार्टनरबाट आफेनो शारीरिक बनाबट तथा रुपका बारेमा आलोचना सुन्नुपर्छ । जस्तै, तिम्रो फिगर त्यो केटीको जस्तो राम्रो छैन, तिम्रो रुपमा चमक छैन, छालाको रंग खुलेको छैन आदि । यी कुराहरु महिलाहरुलाई मन पर्दैन । र आफैलाई राम्रो प्रमाणित गर्नका लागि दोश्रो पुरुषसँग जोडिन पुग्दछन् ।
· जब कोही महिला कुनै पुरुषमा निर्भर हुन्छन् तब उनीहरुका लागि आफ्नो पार्टनरसँगै रहनु बाध्यता बन्दछ । तर धेरै महिलाहरु जो आत्मनिर्भर हुन्छन् उनीहरु आफ्नो पार्टनरको साथभन्दा पनि आफ्नो स्वाभिमानलाई माथि राख्दछन् । जब उनीहरुलाई आफ्नो स्वाभिमानमाथि खतरा मडारिएको अनुभुति हुन्छ उनीहरु आफ्नो दाम्पत्य जिवनमा पूर्णविराम लगाउन कुनै आइतबार कुर्दैनन् ।
· कतिपय महिलाहरुलाई जिवनमा नयाँ प्रयोग गर्ने, नयाँ नयाँ अनुभव लिने इच्छा हुन्छ । एउटै पुरुषसँग लामो समयसम्म समय बिताउँदा बोर लाग्छ उनीहरुलाई । त्यसैले उनीहरु एउटा प्रेमी तथा लोग्नेबाट छुटि्टएर अर्कोसँग सम्बन्ध गाँस्दछन् ।

सुगर र पायल्स रोग चट् पार्ने एकमात्र अचुक ओखती : जामुन ! एक अर्काले सेयर गरौँ ।

मधुमेह भएका विरामीका लागि जामुन अत्यन्त फाइदाजनक हुन्छ । यसले मधुमेहलाई पूर्ण रुपमा नियन्त्रणमा लिने आयुर्वेदको दाबी छ ।कसरी प्रयोग गर्ने सुगरका लागि जामुन ?
– जामुनुको बाहिरी बोक्रा निकाल्नुहोस् र भित्रको वियालाई पिनेर धुलो बनाउनुहोस् । त्यसपछियो पाउडर जस्तो बन्ने छ । हल्का तातो पानीमा मिसाएर यसलाई पिउनुस् यसले फाइदा दिन्छ । त्यस्तै अपचमा पनि यो अचुक उपचार हुन्छ ।
– जामुनको रुखको बोक्रालाई केही घण्टा पानीमा भिजएर राख्ने र त्यसको सरमा मह मिसाएर विहान बेलुका पिएको खण्डमा पायल्स रोग समेत निको हुन्छ ।
पछिल्ला दिनमा मानिसको व्यस्त जीवनशैली र अस्वस्थ्य खानपानका कारण मानिसमा विभिन्न खालका रोगहरु लाग्ने गरेका छन् । यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसमा रोग बढीरहेका बेला यो फल अत्यउन्तै लाभदायी हुन्छ । मधुमेह भएका मानिसले जामुनलाई औषधीको रुपमा प्रयोग गर्दा फाइदा हुन्छ ।
– यसलाई आफ्नो खानमा नियमित रुपमा खादा निकै फाइदा हुन्छ ।जामुनको फमा पाइने केही रसायले रगतमा सुगर लेवलको नियन्त्रण गर्न धेरै काम गर्छ । मौसमी फल भएको कारण यो सधै पाउन सकिँदैन । तर यसोका वियाको प्रयोग तपाईले सधै गर्न सक्नु हुनेछ । जसको प्रयोगले तपाईको मधुमेह पूर्ण रुपमा नियन्त्रणमा आउन सक्ने छ ।

जामुनुको बोक्रा लगायत हटाएपछि बचेको हिस्सालाई सुकाएर यसको पाउडर बनाउनुस् । यस पाउडरलाई विहान बेलुका पानीको साथ खादा सुगर लेवल नियन्त्रणमा आउँछ ।