निद्रा लाग्दैन? यसो गर्नुस्


काठमाडौं । मानिस स्वस्थ हुनका लागि पर्याप्त निद्रा आवश्यक पर्छ। चिकित्सकका अनुसार दैनिक ७–८ घन्टा सुत्नु आवश्यक हुन्छ। यद्यपि मानिसको व्यक्तित्व र आनीबानी अनुसार सुत्ने अवधि फरक हुन्छ।
लामो समयसम्म शरीरलाई आवश्यक निद्रा नपुगे डिप्रेसन र एन्जाइटी (चिन्ता) हुन सक्ने चिकित्सक बताउँछन्।
चिकित्सकका अनुसार निद्रा राम्रो बनाउने यी पाँच उपाय अपनाउन सकिन्छ।
१. चाडै सुत्ने
चिकित्सकका अनुसार निद्रा राम्रो बनाउन चाडै सुत्नु आवश्यक हुन्छ। यसका लागि पनि विभिन्न उपाय अपनाउन सकिन्छ। बेलुका तातो पानीमा नुहाउने, लोसन लगाउने, सकेसम्म कम कपडा लगाएर सुत्ने, सुत्ने आसन परिवर्तन गर्ने र सुत्नुभन्दा एक/दुई घन्टाअगाडि बत्ती बन्द गर्ने।
२. दैनिक सन्तुलित भोजन खाने
सन्तुलित भोजनले राम्रो निद्रा लगाउन मद्दत गर्छ। चिकित्सकका अनुसार राम्रो निद्राका लागि सन्तुलित भोजनसँगै खानपान व्यवस्थित हुनु आवश्यक छ। यसका लागि यी उपाय अपनाउन सकिन्छ।
राति सुत्नुभन्दा तीन घन्टाअघि नै खाना खाने, भोकै पेट नसुत्ने, दिउँसो र बेलुका क्याफिन (कफीमा पाउने एक पदार्थ)युक्त खानेकुरा नखाने, तातो दूध र चिया पिउने, सुत्नुभन्दा एक घन्टाअघि पानी नपिउने र अल्कोहल सेवन नगर्ने।
३. सुत्ने कोठा सफा र चिटिक्क बनाउने
सुत्ने कोठा सफा र चिटिक्क बनाउन सक्यो भने राम्रो निद्रा लगाउन मद्दत पुग्छ। यसका पनि विभिन्न उपायहरू अपनाउन सकिन्छ।
सुत्ने कोठा सुत्ने बेला मात्रै प्रयोग गर्ने, सफा गर्ने, आकर्षक बनाउने, म्याट्रेस मेन्टेन गर्ने र नयाँ किन्दा विचार पुर्याउने।
४. दैनिक कार्यतालिका परिवर्तन गर्ने
दैनिक कार्यतालिका परिवर्तन गरेर पनि निद्रा सहज बनाउन सकिन्छ। यसका लागि विभिन्न विधि छन्। दैनिक एकै समयमा सुत्ने र उठ्ने, सुत्ने तालिका विकास गर्ने, सुत्नुअगाडि लामो तथा गहिरो श्वास लिने र दैनिक व्यायाम गर्ने।
५. चिकित्सकसँग परामर्श गर्ने
कतिपय अवस्थामा जतिसुकै प्रयास गर्दा पनि निद्रा लाग्दैन। त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श गरी औषधी सेवन गर्नु उपयुक्त हुन्छ। तर, चिकित्सकको परामर्श्बिना भने औषधी सेवन गर्नु उपयुक्त हुँदैन।
एजेन्सीको सहयोगमा

छिटो उपचारमा पुगे निको हुन्छ बाथ

काठमाडौं - के तपाईंलाई बिहान उठ्दा हातखुट्टा कक्रक्क हुने समस्या छ? हात खुट्टा करकर खान्छ? नियमित ढाड दुख्ने, जोर्नी सुन्निने वा दुख्ने, मांसपेशी दुख्ने समस्या छ? यी मध्ये कुनै पनि लक्षण छन् भने बाथरोग भएको हुनसक्छ। तुरुन्त उपचारमा गइहाल्नुस्। ढिलो भए उपचार नहुन सक्छ।
नेपालमा बाथरोग समयमै नियन्त्रणमा आउन नसकेको बाथरोग विशऔंल्याएका छन्। समयमै उचपारमा नपुग्दा शरीरका विभिन्न अंग, हातखुट्टाका औंलाहरु बांगिने, फोक्सो, मुटु र मिर्गौलाजस्ता अंगहरुमा समेत असर पुग्ने चिकित्सक बताउँछन्। समयमै उपचारमा नपुगी हात–खुट्टा बांगिएपछि अस्पताल पुग्ने बिरामीको संख्या बढेको वीर अस्पतालले जनाएको छ। ‘अहिले पनि धेरैजना हातखुट्टा बाँगिएपछि आउँछन्, यसरी आउनेमा दुर्गम क्षेत्रका बिरामी धेरै छन्,’ डा. बिष्टले भने । गाउँको तुलनामा सहरी क्षेत्रका मानिसहरु भने लक्षण पाएपछि उपचारमा आउन थालेको नेसनल बाथरोग सेन्टरका बाथरोग विशेषज्ञ डा. विनित वैद्यले बताए। ‘केही सचेतना बढेको देखिन्छ तर यो सबैतिर पुग्न सकेको छैन,’ उनले भने।
शरीरलाई हानि पु-याउने तत्व (एन्टीवडी) उत्पन्न भई शरीरको प्रतिरोध क्षमतालाई क्षति पुग्दा बाथरोग उत्पत्ति हुन्छ। यो रोग लागेपछि शरीर सुन्निने, गर्धन, ढाड सुन्निने, पाखुरा दुख्ने, ढाड कक्रक्क हुने, गोलीगाँठो दुख्ने, उठ्न हिँड्न गाह्रो हुनेलगायतका लक्षण देखिन्छन्। रोगको समयमै उपचार नभएमा थप लक्षण देखिन्छन्।
वीर अस्पतालमा दैनिक ३० देखि ३५ जना बाथरोगका जटिल बिरामी उपचारमा पुग्ने गरेका छन्। अस्पतालमा ६ महिनादेखि मात्र बाथको छुट्टै उपचार सुरु हुन थालेको हो। नेसनल बाथरोग सेन्टरमा मासिक ३ हजार जति बाथरोगका बिरामीले उपचार गराउँछन्। यो बाहेक अन्य अस्पतालमा पनि उपचारका लागि बिरामी पुग्ने गर्छन्। उपचारमा पुग्ने केही आफै शंका लागेर आउँछन् भने केही बिरामी जटिलता झेलेपछि मात्र उपचारमा पुग्ने गरेका छन्।
चिकित्सकका अनुसार नेपालमा गंठिया बाथ, लुपस बाथ, स्क्रोइड्रमा बाथ, आम बाथ र ढाडमा हुने बाथ बढी देखिएका छन्। यो रोग पुरुषको तुलनामा महिलामा अध्यधिक छ। महिलाहरुमा हुने हर्मोनको गडबडीले थाइराइड र बाथ रोग लाग्ने गरेको छ । पछिल्लो समय घरभित्र काम गर्ने, कार्यालयभित्रै धेरै समय चिसोमा काम गर्ने बैंकर, शिक्षक, महिलाहरुमा बाथरोग देखिन थालेको डा. वैद्यले बताए। चिसोमा लामो समय काम गर्नेमा भिटामिन ‘डी’को कमीले मांसपेशीको बाथ बढेको छ।
चुरोटको धुवाँ, प्रदूषण, चिसोमा काम गर्ने व्यक्ति र महिलामा गंठिया बाथ अन्य बाथको तुलनामा तेब्बर रहेको डा. बैद्यले बताए। नेसनलमा बाथरोगको उपचारमा पुगेका कुल ३ हजार बिरामी मध्येमा ३० प्रतिशत गठिया बाथ पाइएको छ। बाथरोगको प्रकृति फरक भएकाले सबैलाई एउटै लक्षण नदेखिने हुनाले फरक–फरक लक्षण मध्येमा कुनै पनि लक्षण मिलेमा उपचारमा गइहाल्नु उचित हुने चिकित्सक सुझाउँछन्।



सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान


सुजुकीले नेपाली बजारका लागि १२५ सिसि इन्जिन भएको नयाँ मोडलको स्कूटर ल्याएको छ | सुजुकी बर्गम्यान स्ट्रिट नाम गरिएको उक्त स्कूटर हेर्दा निकै मोडर्न देखिन्छ | बर्गम्यान ४०० को डिजाइनमा आधारित यस स्कूटर पनि आकारको विषयमा निकै ठूलो मान्न सकिन्छ | सुजुकी बर्गम्यान स्ट्रिटको च्यासिस र ड्राइभलाइन सुजुकी कै अर्को १२५ सिसि इन्जिन भएको स्कूटर सुजुकी एसेससंग एकै छ | यसर्थ यो नयाँ स्कूटरले सुजुकी एसेस सरह कै तागत र पावर पैदा गर्न सक्नेछ |
यो स्कूटरको अगाडि एलईडी लाइट र फ्रन्ट डिस्क ब्रेकसंगै कम्बाईन्ड ब्रेक सिस्टम रहेको छ | आकार अन्यभन्दा ठूलो भएको कारणले यो स्कूटरको सामान राख्ने स्थान पनि अन्यभन्दा  ठूलो नै रहेको छ | यो स्कूटर तीनवटा मुख्य रंग र फिनिसमा उपलब्ध हुने छ - सेतो, खैरो र कालो |
सुजुकीको नयाँ बर्गम्यान स्कूटरका विशेषताहरु यस प्रकार छन्:
इन्जिन : १२५ सिसि
सिलिन्डर : १ , भाल्ब : २
पावर : ८.६ बीएचपी @ ७००० आरपीएम
टर्क : १०.२ @ ५००० आरपीएम
फ्रन्ट ब्रेक : डिस्क
पछाडीको ब्रेक : ड्रम
अगाडीको चक्काको साइज : १२ इन्च
पछाडीको चक्काको साइज: १० इन्च
टायरको प्रकार : ट्यूबलेस
स्पिडोमिटर : डिजिटल
माइलेज: ५३ किलोमिटर प्रति लिटर
फ्युल ट्यांकी: ५.६ लिटर
नेपाली बजार मूल्य : २,२९,०००

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ |

यस लगायत सुजुकी नेपालले चाडै नै सुजुकी जिक्सरको २५० सिसिको मोडल नेपालमा ल्याउने भएको छ | नेपाली बजारमा निकै प्रचलित रहेको सुजुकी जिक्सर १६० को अपग्रेड मोडलको रुपमा यो मोडललाई बिक्रि गरिनेछ | सन् २०१९ तिर उपलब्ध हुने उक्त मोडलको बजार मूल्य भने हालको मोडलभन्दा निकै बढी हुने निश्चित छ |
सुजुकी जिस्कर १६०को एबीएस भएको एसपी मोडल पनि हालै नेपालमा उपलब्ध भएको छ | उक्त मोडलको मूल्य २,९९,९०० तोकिएको छ |
स्रोत : भीजि सुजुकी नेपाल फेसबुक पेज, टेकलेख

व्रोइलर पाल्दा प्रत्येक सप्ताह विचार गर्नुपर्ने कुराहरु (साप्ताहिक तालिका सहित )


आत्मनिर्भरतर्फ उन्मूख कुखुरा पालन व्यवसायमा हजारौं किसान सहभागि भएको पाईन्छ । तर, उचित ज्ञान नहुँदा कुखुरा पालन व्यवसायबाट अधिकांश किसान घाटा व्यहोरी रहेका छन् । यसको लागि व्रोइलर पाल्दा प्रत्येक सप्ताह विचार गर्नुपर्ने कुराहरु यस प्रकार छन् ।
पहिलो हप्ता (१ देखि ७ दिन)
 प्रति वर्ग फुट ४ वटा चल्ला हुनेगरी क्षेत्रफल दिने ।
 प्रत्येक चल्लाको बाक्साबाट ४-५ वटा चल्लाको तौल लिने र अभिलेख राख्ने ।
 चल्लालाई खोरमा ल्याउनासाथ तुरुन्त ब्रुडिंग क्षेत्रमा छोडिहाल्ने ताकि चल्लाले छिटो भन्दा छिटो पानि पिउन सकून । छोड्दाखेरि पानीको      भाँडा नजिकै लगेर छोड्ने र पानि खान उत्प्रेरित गराउने । चल्लाको चुचो पानीमा डोबेर चल्लालाई पानि खान उत्प्रेरित गराउन सकिन्छ । कुखुरामा स्वास—प्रस्वास सम्बन्धि समस्या बढी देखिने स्थानमा चल्लाको सुरुको १ देखि २ घण्टाको पानीमा आई.बिए.च. १२० भ्याक्सिन दिनु उपयुक्त हुन्छ ।
 पानीको भाडो (चिक ड्रिङ्कर) को संख्या प्रति ४० चल्ला १ वटा भाडो हुनेगरी मिलाउने । गर्मीयाममा प्रति १०० चल्ला बराबर ३ वटा पानीको भाडो दिने ।
 चल्लाले पिउने पानीमा इलेक्ट्रोलाईट मिसाउने ।
 पानि पिउन सुरु गरेको २-३ घण्टा पछि मात्र दाना दिने । प्रि- स्टार्टर दाना दिने ।
 दानाको भाँडा (चिक फिडर) को संखा प्रति ४० चल्ला बराबर १ वटा भाडो हुनेगरी मिलाउने ।
 ब्रुडरको नजिकको तापक्रम ९०-९५ डिग्री फरेनहाईट र कोठाको तापक्रम ८०-८५ डिग्री फरेनहाईट हुनुपर्दछ ।
 कुनैपनि हालतमा चल्लालाई स्वच्छ हावा चाहिन्छ । पानि र दाना भन्दापनि महत्वपूर्ण कुरा हो स्वच्छ हावा । आवश्यक तापक्रम कायम रहने गरी दुवैतर्फ माथिको पर्दा खोल्नुपर्द्छ ताकि अधिक भन्दा अधिक मात्रामा हावाको आवत-जावत हुन सकोस् । अत्यधिक ठण्डी मौसममा पनि कम से पर्दाको माथि कम १ फुट खुला रहोस्।
 दोस्रो, तेस्रो र चौथो दिन दैनिक ५-६ घण्टाको पानीमा डेनागार्ड (Denaguard) ४ ग्राम प्रति १००० चल्लाको दरले वा सोलुटिल (Solutyl) १० ग्राम प्रति १००० चल्लाको दरले वा टाइलोभेट (Tylovet) १ ग्राम प्रति ३ लिटर पानिको दरले ५-६ घण्टाको पानीमा दिने ।
 चल्लालाई रानीखेत विरुद्धको बि-वान (B-1) भ्याक्सिन आँखामा १ थोपा, ५ देखि ७ दिनभित्र दिने। सकभर पाँचौ दिन मै दिने ।
 सोत्तरको गहिराई कमसेकम डेढ इन्च हुनुपर्छ ।
 चल्ला ह्याच भैसकेपछि फार्मसम्म आइपुग्दा केहि समय लाग्ने हुनाले डिहाईड्रेशन भई गाउट रोग देखिन सक्ने अधिक सम्भावना हुन्छ यो समयमा । गाउट रोग साथै फंगल (ढुसिजन्य) इन्फेकशन नहोस् भन्नाको लागि विशेष सावधानी अपनाउने ।
 यो हप्ता प्रत्येक चल्ला दाना खपत १६० – १६५ ग्राम हुनुपर्दछ (कब-५०० को हकमा १६७ ग्राम) । दाना खेर
नजाओस् भन्ने कुरामा सावधानी अपनाउने । समय-समयमा खोरमा कामदारलाई हिड्ने-डुल्ने गर्न लगाउने ताकि चल्ला दाना खान प्रेरित हुन् । रातिमा दाना खानको लागि पर्याप्त मात्रामा प्रकाश रहोस् ।
 यति दाना भैसकेपछि हप्ताको अन्त्यमा चल्लाको वजन करिब १८५ ग्राम आउनुपर्दछ (कब-५०० को हकमा पनि १८५ ग्राम) ।
 मृत्युदर १ प्रतिशत भन्दा बढी नहोस् ।
 भि-अक्स (V-Ox) वा वायो-बुस्टर (Bio-Buster) ले एकपटक खोरभित्र छिटेर निसंक्रमण गर्ने ।
दोस्रो हप्ता (८ देखि १४ दिन) :
 चल्लालाई अलि बढी क्षेत्रफल उपलब्ध गराउने । प्रति वर्ग फुट २ वटा चल्ला हुनेगरी क्षेत्रफल दिने ।
 १२ औँ दिनसम्म सतप्रतिशत प्रि- स्टार्टर दाना नै दिने । १३ औँ दिन ७५ % प्रि- स्टार्टर र २५ % स्टार्टर दाना मिसाएर दिने । १४ औँ दिन ५० % प्रि- स्टार्टर र ५० % स्टार्टर दाना मिसाएर दिने । तेस्रो हप्ता देखि स्टार्टर दाना खुवाउनको लागि दोस्रो हप्ताको अन्त्यतिर क्रमिक रुपमा प्रि- स्टार्टर दानाको मात्रा घटाउने । एक्कासी परिवर्तन नगर्ने ।
 दानाको भाडा हेर्ने । सबै कुखुरालाई खाने स्थान पुग्ने गरी पर्याप्त छ कि छैन ?
 दानाको भाडाको उचाई पनि यथोचित हुनुपर्दछ ।
 हावाको आवत-जावत (भेन्टीलेशन) अझै बढाउने ।
 सोत्तरलाई यो हप्तामा दुई-तीन पटक पल्टाउने (रेकिङ्ग) गर्ने । सोत्तरको मोटाई बढाएर २ इन्च बनाइदिने ।
 ब्रुडरको नजिकको तापक्रम ८५-९० डिग्री फरेनहाईट र कोठाको तापक्रम ७५-८० डिग्री फरेनहाईट हुनुपर्दछ ।
 १२ देखि १४ दिनको बिचमा गम्बोरो बिरुद्धको इन्टरमेडीयट प्लस (IBD Intermediate Plus) भ्याक्सिन आखाँ वा नाक वा मुखको प्वालमा एक -एक थोपा दिने । सकभर १२ औँ दिनमै दिएको राम्रो । मुखको प्वालमा दिँदा उत्साहजनक परिणाम देखिएको छ ।
 फंगल (ढुसिजन्य) इन्फेकशन र एसाईटिस (पेटमा पानि जम्मा हुने) नहोस् भन्नाको लागि विशेष सावधानी अपनाउने ।
 यो हप्ता प्रत्येक चल्ला दाना खपत ३६० – ३७० ग्राम हुनुपर्दछ (कब-५०० को हकमा ३७५ ग्राम) । समय- समयमा फिडरलाई हल्लाउने ।
 यति दाना खपत गरेपछि चल्लाको औषत तौल लगभग ४५० ग्राम हुनुपर्छ (कब-५०० को हकमा ४६५ ग्राम)। यदि सोभन्दा कम वजन आएमा तुरुन्त के कारणले गर्दा कम आयो भन्ने कुराको खोज तलास गरिहाल्ने । अन्यथा सुधार गर्नको लागि ढिलो हुनसक्छ ।
 मृत्युदर १ प्रतिशत भन्दा बढी नहोस् ।
 भि-अक्स (V-Ox) वा वायो-बुस्टर (Bio-Buster) एकपटक खोरभित्र छिटेर निसंक्रमण गर्ने । जीवित भ्याक्सिन (Live vaccine) दिनुभन्दा ४८ घण्टा अगाडि देखि १२ घण्टा पछिसम्म खोरभित्र निसंक्रमण औसधि प्रयोग नगर्ने । निसंक्रमण औसधिको प्रभावले Live vaccine को सक्रिय तत्व नष्ट हुनसक्छन ।
तेस्रो हप्ता (१५ देखि २१ दिन) :
 एउटा व्रोइलरलाई पौने वर्ग फिट पुग्ने गरि क्षेत्रफल दिने ।
 १५ औँ दिन ७५% स्टार्टर र २५% प्रि-स्टार्टर दाना दिने । १६ औँ दिनबाट १००% स्टार्टर दाना दिने । दानाको प्रकार एक्कासी परिवर्तन नगरिकन क्रमबद्ध रुपमा गर्ने । दाना परिवर्तन गर्ने बेलामा बायोलिभ १५ एम एल प्रति सय चल्लाको दरले १२ औँ दिनदेखि १६ औँ दिनसम्म पानीमा चलाउने ।
 दानाको भाडा हेर्ने । सबै कुखुरालाई खाने स्थान पुग्ने गरी पर्याप्त छ कि छैन ?
 दानाको भाडाको उचाई पनि यथोचित हुनुपर्दछ । फिडरको उचाई कुखुराको पिठ्यु बराबर हुनु उचित हुन्छ।
 हावाको आवत-जावत (भेन्टीलेशन) अझै बढाउने ।
 सोत्तरलाई यो हप्तामा प्रत्येक दिन पल्टाउने (रेकिङ्ग) गर्ने । सोत्तर जहाँ भिजेको छ त्यसलाई हटाउने र नयाँ सोत्तर थपेर मोटाई ३ इन्च बनाइदिने ।
 ब्रुडरको नजिकको तापक्रम ८०-८५ डिग्री फरेनहाईट र कोठाको तापक्रम ७०-७५ डिग्री फरेनहाईट हुनुपर्दछ ।
 १९ देखि २१ दिनको बिचमा फेरी गम्बोरो विरुद्धकै इन्टरमेडीयट (IBD Intermediate) भ्याक्सिन पानीमा मिलाएर दिने। सकभर १९ औँ दिनमै दिएको राम्रो ।
 एसाईटिस (पेटमा पानि जम्मा हुने) नहोस् भन्नाको लागि विशेष सावधानी अपनाउने । कब-५०० जातका व्रोइलर कुखुरामा तुलनात्मक रुपमा बढी एसाईटिसको समस्या देखिने गरेको पाइएको छ ।
 यो हप्ता प्रत्येक चल्ला दाना खपत ६२०-६३० ग्राम हुनुपर्दछ (कब-५०० को हकमा ६५० ग्राम) ।
 यति दाना खपत गरेपछि चल्लाको औषत तौल लगभग ८५० ग्राम हुनुपर्छ (कब-५०० को हकमा ९४३ ग्राम) । यदि कम वजन आएमा तुरुन्त के कारणले गर्दा आयो भन्ने कुराको खोज तलास गरिहाल्ने ।
 मृत्युदर आधा प्रतिशत भन्दा बढी नहोस् ।
– भि-अक्स (V-Ox) वा वायो-बुस्टर (Bio-Buster) जस्ता भाइरुसाइडल औषधिले हप्तामा दुई पटक खोरभित्र छिटेर निसंक्रमण गर्ने ।
चौथो हप्ता (२२ देखि २८ दिन) :
 एउटा व्रोइलरलाई एक वर्ग फिट पुग्ने गरि क्षेत्रफल दिने ।
 २६ औँ दिनसम्म सतप्रतिशत स्टार्टर दाना नै दिने । २७ औँ दिन ७५ % स्टार्टर र २५ % फिनिसर दाना मिसाएर दिने । २८ औँ दिन ५० % स्टार्टर र ५० % फिनिसर दाना मिसाएर दिने । पाचौँ हप्ता देखि स्टार्टर दाना खुवाउनको लागि चौथो हप्ताको अन्त्यतिर क्रमिक रुपमा स्टार्टर दानाको मात्रा घटाउने । एक्कासी परिवर्तन नगर्ने ।
 दानाको भाडा हेर्ने । सबै कुखुरालाई खाने स्थान पुग्ने गरी पर्याप्त छ कि छैन ? निश्चित समयको अन्तरालमा फिडर हल्लाउने । यसरी फिडर हल्लाउनाले कुखुरा दाना खान प्रेरित हुन्छ ।
 दानाको भाडाको उचाई पनि यथोचित हुनुपर्दछ । फिडरको उचाई कुखुराको पिठ्यु बराबर हुनु उचित हुन्छ।
 हावाको आवत-जावत (भेन्टीलेशन) अझै बढाउने ।
 सोत्तरलाई यो हप्तामा प्रत्येक दिन पल्टाउने (रेकिङ्ग) गर्ने । सोत्तर जहाँ भिजेको छ त्यसलाई हटाउने र नयाँ सोत्तर थपेर मोटाई ३ .५ इन्च बनाइदिने ।
 ब्रुडरको नजिकको तापक्रम ७५-८० डिग्री फरेनहाईट र कोठाको तापक्रम ६५-७० डिग्री फरेनहाईट हुनुपर्दछ

 २३ औँ र २४ औँ दिनमा फेरीपनि डेनागार्ड (Denaguard) १० ग्राम प्रति १००० चल्लाको दरले वा सोलुटिल (Solutyl) २५ ग्राम प्रति १००० चल्लाको दरले वा टाइलोभेट (Tylovet) १ ग्राम प्रति ३ लिटर पानिको दरले ५-६ घण्टाको पानीमा दिने ।
 २५ देखि २८ दिनको बिचमा फेरी रानीखेत विरुद्धकै लासोटा (Lasota) भ्याक्सिन पानीमा मिलाएर दिने । सकभर २५ औँ दिनमै दिएको राम्रो ।
 सि.आर.डि., ई. कोलाई, कक्सीडियोसिस् एवम् एसाईटिस (पेटमा पानि जम्मा हुने) नहोस् भन्नाको लागि विशेष सावधानी अपनाउने । उपरोक्त रोगका लक्षण देख्नासाथ तुरुन्त दर्तावाल भेटेरिनरी डाक्टर कहाँ उपचार गर्ने ।
 यो हप्ता प्रत्येक चल्ला दाना खपत ९००-९२० ग्राम हुनुपर्दछ (कब-५०० को हकमा ९४३ ग्राम) ।
 यति दाना खपत गरेपछि चल्लाको औषत तौल लगभग १४०० ग्राम हुनुपर्छ (कब-५०० को हकमा १५२४ ग्राम) । यदि कम वजन आएमा तुरुन्त के कारणले गर्दा कम आयो भन्ने कुराको खोज तलास गरिहाल्ने ।
 मृत्युदर आधा प्रतिशत भन्दा बढी नहोस् ।
 भि-अक्स (V-Ox) वा वायो-बुस्टर (Bio-Buster) जस्ता भाइरुसाइडल औषधिले हप्तामा दुई पटक खोरभित्र छिटेर निसंक्रमण गर्ने ।
जानकारी राख्नुहोस :- यो सप्ताहलाई व्रोइलर पालनमा एकदम जटिल सप्ताहको रुपमा बुझिन्छ । यो सप्ताह खैरियतसँग काटियो भने प्रायगरी अन्त्यसम्म खैरियत नै रहन्छ ।
पाचौँ हप्ता (२९ देखि ३५ दिन) :
 एउटा व्रोइलरलाई सवा एक वर्ग फिट पुग्ने गरि क्षेत्रफल दिने ।
 २९ औँ दिन ७५% फिनिसर र २५% स्टार्टर दाना दिने । ३० औँ दिनबाट १००% फिनिसर दाना दिने । दानाको प्रकार एक्कासी परिवर्तन नगरिकन क्रमबद्ध रुपमा गर्ने । दाना परिवर्तन गर्ने बेलामा बायोलिभ १५ एम एल प्रति सय चल्लाको दरले २६ औँ दिनदेखि ३० औँ दिनसम्म पानीमा चलाउने ।
 दानाको भाडा हेर्ने । सबै कुखुरालाई खाने स्थान पुग्ने गरी पर्याप्त छ कि छैन ? निश्चित समयको अन्तरालमा फिडर हल्लाउने ।
 दानापानिको भाडाको उचाई पनि यथोचित हुनुपर्दछ । फिडर- ड्रीङ्करको उचाई कुखुराको पिठ्यु बराबर हुनु उचित हुन्छ।
 हावाको आवत-जावत (भेन्टीलेशन) अझै बढाउने ।
 सोत्तरलाई यो हप्तामा प्रत्येक दिन पल्टाउने (रेकिङ्ग) गर्ने । सोत्तर जहाँ भिजेको छ त्यसलाई हटाउने र नयाँ सोत्तर थपेर मोटाई ४ इन्च बनाइदिने ।
 ब्रुडरको नजिकको तापक्रम ७०-७५ डिग्री फरेनहाईट र कोठाको तापक्रम ६०-६५ डिग्री फरेनहाईट हुनुपर्दछ।
 सि.आर.डि. र ई. कोलाईको संक्रमण नहोस् भन्नाको लागि विशेष सावधानी अपनाउने ।
 यो हप्ता प्रत्येक चल्ला दाना खपत १२०० ग्राम हुनुपर्दछ (कब-५०० को हकमा १२१५ ग्राम) ।
 यति दाना खपत गरेपछि चल्लाको औषत तौल लगभग १९०० ग्राम हुनुपर्छ (कब-५०० को हकमा २१९२ ग्राम) । यदि कम वजन आएमा तुरुन्त के कारणले गर्दा आयो भन्ने कुराको खोज तलास गरिहाल्ने र निवारण गर्ने ।
 मृत्युदर आधा प्रतिशत भन्दा बढी नहोस् ।
 भि-अक्स (V-Ox) वा वायो-बुस्टर (Bio-Buster) जस्ता भाइरुसाइडल औषधिले हप्तामा तीन पटक खोरभित्र छिटेर निसंक्रमण गर्ने ।
छैठौँ हप्ता (३६ देखि ४२ दिन) :
 एउटा व्रोइलरलाई डेढ वर्ग फिट पुग्ने गरि क्षेत्रफल दिने ।
 फिनिसर दाना दिने
 दानाको भाडा हेर्ने । सबै कुखुरालाई खाने स्थान पुग्ने गरी पर्याप्त छ कि छैन ? निश्चित समयको अन्तरालमा फिडर हल्लाउने ।
 दानापानिको भाडाको उचाई पनि यथोचित हुनुपर्दछ । फिडर-ड्रीङ्करको उचाई कुखुराको पिठ्यु बराबर हुनु उचित हुन्छ।
 हावाको आवत-जावत (भेन्टीलेशन) अझै बढाउने ।
 सोत्तरलाई यो हप्तामा प्रत्येक दिन पल्टाउने (रेकिङ्ग) गर्ने । सोत्तर जहाँ भिजेको छ त्यसलाई हटाउने र नयाँ सोत्तर थपेर सुख्खा बनाइदिने ।
 कोठाको तापक्रम ६०-६५ डिग्री फरेनहाईट हुनुपर्दछ । यदी कोठाको तापक्रम ५५ डिग्री फरेनहाईट भन्दा कम भएमा कुखुराले अनावश्यक बढी दाना खाएर एफ. सि. आर. खराब हुनसक्छ, यस्तो अवस्था आइपरे भुकारीको प्रयोग गरेर तापक्रम बढाउने ।
 सि.आर.डि.र ई. कोलाईको संक्रमण नहोस् भन्नाको लागि विशेष सावधानी अपनाउने ।
 यो हप्ता प्रत्येक चल्ला दाना खपत १२३०-१२५० ग्राम हुनुपर्दछ (कब-५०० को हकमा १४३४ ग्राम) ।
 यति दाना खपत गरेपछि चल्लाको औषत तौल लगभग २४०० ग्राम हुनुपर्छ (कब-५०० को हकमा २८५७ ग्राम) । यदि कम वजन आएमा के कारणले गर्दा आयो भन्ने कुराको खोज-तलास गर्ने जुन अर्को लटको लागि शिक्षा हुनसक्दछ, यो लटको लागि भने सुधार गर्ने बेला टरिसकेको हुन्छ ।
 मृत्युदर आधा प्रतिशत भन्दा बढी नहोस् ।
 भि-अक्स (V-Ox) वा वायो-बुस्टर (Bio-Buster) जस्ता भाइरुसाइडल औषधिले हप्तामा तीन पटक खोरभित्र छिटेर निसंक्रमण गर्ने ।
नोट :-
१. एक समयमा एकै उमेर समूहको व्रोइलर राख्नु उपयुक्त हुन्छ । यसलाई प्रणाली All-in All-out System भनिन्छ । यसबाट नतिजा राम्रो आउनेछ ।
२. यहाँ बताइएको दाना खपत र शारीरिक वजन व्रोइलरको जात अनुसार केहि फरक हुनसक्नेछ ।
३. पानीको भाँडा विहान र बेलुका गरी दिनको दुई पटक सफाई गर्ने । कुनै प्रभावकारी निसंक्रमण झोलले छिट्ने पनि गर्ने ।
४. हावाको आदान-प्रदान कम भएमा एसाईटिस (पेटमा पानि जम्मा हुने) को समस्या देखिन सक्छ । साथै खोएभित्र एमोनिया ग्याँसको मात्रा बढ्न गएर विभिन्न संक्रामक रोग निम्त्याउने सम्भावना रहन्छ र वजन प्राप्तिमा समेत नकारात्मक असर पर्नसक्छ ।
५. दाना खेर जान बाट जोगाउने । फिडरमा सतप्रतिशत भरिने गरी दाना नराख्ने । दुई-तिहाई जति मात्र राख्ने र खाइसकेपछि पून: थप्ने ।
६. सुलीको रंग बदलिएको खण्डमा वा सुली पातलो भएको खण्डमा तुरुन्त यसप्रति ध्यान दिने र दर्तावाल भेटेरिनरी डाक्टर कहाँ लगेर उपचार गरिहाल्ने ।
७. केहिबेर चल्लाको नजिकै बसेर ध्यान दिने । कोहि सानो र कोहि ठुलो त भैरहेका छैनन् ? यदी यस्तो भएको छ भने कारण पत्ता लगाउने र निराकरण गर्ने । निराकरण गर्नको लागि तौल अनुसार ग्रेडिंग गरी ठुला र सानालाई छुट्टा-छुट्टै बस्ने र दानापानि खाने व्यवस्था गर्न सकिन्छ । चल्लालाई सास फेर्ने बेलामा अफ्ठ्यारो भई आवाज निस्कने गरेको त छैन ? यदी छ भने तुरुन्त भेटेरिनरी डाक्टरसँग परामर्श लिएर सोहि मुताविक काम गर्ने । खुट्टा कमजोर त भएको छैन ? यदी भएमा तुरुन्त उपचार गर्ने ।
८. डेनागार्ड वा सोलुटिल वा टाइलोभेट भएको पानि प्रयोग गरिसकेपछि बाँकी पानिमा विशेषज्ञ भेटेरिनरी डाक्टरको सल्लाह मुताविक कुनै राम्रो एन्टीवायोटिक (जुन प्रयोगशालामा एन्टीवायोटिक सेन्सिटिभिटी गर्दा अक्सर गरेर सेन्सिटिभ भेटिएको छ । सेन्सिटिभ एन्टीवायोटिक ठाउँ र समय अनुसार फरक हुनसक्छन ।) ३-४ दिन सम्म दिन सकिन्छ । व्रोइलर उधोगमा माइकोप्लाज्मा (सि.आर.डि.) देखि जोगिन आवश्यक छ । प्रायगरी ह्याच भएर आएदेखि नै चल्ला आफैले खोरमा माइकोप्लाज्मा भित्राएको पाइन्छ । संक्रमण भैसकेपछि हुनसक्ने क्षतिबाट बचावको लागि एन्टीवायोटिकको प्रयोग नै उपयुक्त विधि हो । तर विशेषज्ञ भेटेरिनरी डाक्टरको परामर्श विना आफुखुसी वा अन्धाधुन्ध एन्टीवायोटिक प्रयोगको निर्णय लिनु उपयुक्त हुँदैन ।
९. यहाँ कुनै विशेष भ्याक्सिन वा औसधिको नाम उल्लेख गरिएको छ । विशेषज्ञ दर्तावाल भेटेरिनरी डाक्टरको सल्लाह लिएर यससँग मिल्ने अन्य भ्याक्सिन वा औसधिको प्रयोग गर्न सकिन्छ, परन्तु गर्नुहोस जरुर ।
१०. डेनागार्ड (टियामुटिन) प्रयोग गर्ने बेला यो कुरा ध्यान दिनुपर्छ कि दानामा सालिनोमाईसिन, मदुरामाईसिन, मोनेनसिन र नारसिन जस्ता कक्सीडियोस्टाट प्रयोग भएको हुनुहुँदैन । दाना बिक्रेताबाट यो कुराको जानकारी लिन सकिन्छ । यदी दानामा यस्ता कक्सीडियोस्टाट प्रयोग भएको भए सोलुटिल वा टाईलोभेट (टाइलोसिन) प्रयोग गर्न उपयुक्त हुन्छ ।
विशेष नोट:-
१. हामी ब्रुडिंगको समयमा तापक्रम कायम गर्ने कुरामा मात्र केन्द्रित हुन्छौँ । हावाको आवत-जावत (भेन्टीलेशन) मा भने खासै ध्यान दिदैनौँ । हावाको आवत-जावत अत्यन्तै आवश्यक छ ।
२. कतिपय किसानले आफ्नो व्यवस्थापनबाट ब्रुडरलाई हटाएको भेट्न सकिन्छ । कतिपयलाई ब्रुडर भन्ने चिज के हो भन्ने नै थाहा छैन । यो एकदम गलत कुरा हो । सामान्य बल्बले मात्र ताप दिने कुरा गर्मीयाममा त पर्याप्त होला तर जाडोयाममा कदापि हुनसक्दैन ।
३. सोत्तरमा बढ्दै गएको ओसिलोपनामा ध्यान दिदैनौँ । यसले एफ.सि.आर लाई खराब बनाउँछ साथै एमोनिया ग्याँसको मात्र वृद्दि भएर थुप्रै स्वास्थ्यजन्य समस्या आइपर्न सक्छ ।
४. सफलतम व्रोइलर पालनको लागि यो कुरा आवश्यक छ कि दैनिक हिसाब-किताब तथा अभिलेख राख्नुपर्छ । तर हामी यसो गरिरहेका छैनौँ ।
डा. रेग्मी हाईजिन एग्रो प्रा. ली. नामक पोल्ट्री ब्रिडिंग तथा ह्याचरी कम्पनीका प्राविधिक निर्देशक हुनुहुन्छ । पोल्ट्री कन्शलटेन्शी एण्ड डायग्नोष्टिक ल्याबका कन्शलटेन्ट भेटेरीनरीयन एवं संचालक हुनुहुन्छ । साथै उहाँले कमर्सियल लेयर्स तथा प्यारेन्ट एवं ह्याचरी उद्यमीका लागि कन्शलटेन्सी सेवा पनि प्रदान गर्दै आउनुभएको छ ।

शिक्षण पेशासँगै कृषिमा रमाउँदै रेग्मी

कुश्मा, १८ मङ्सिर । मानिस व्यस्त रहनु नै उसको सफलताको शुरुआत हो । शिक्षण पेशाबाट मात्र नभएर बिहान बेलुकाको समय कृषि पेशामा रमाउन थाल्नुभएका शिक्षक रामकृष्ण रेग्मी शिक्षण पेशाबाट मात्र तृप्त हुन सक्नु भएन । उहाँले जीवनलाई सार्थक बनाउन र आर्थिकरुपमा समृद्ध बन्दै परिवारको भविष्य थप सुनिश्चित गर्न कृषिलाई पनि सँगसँगै लैजाने निधो गर्नुभयो ।


फलेवास नगरपालिका–३ रुग्दीका कृषक रामकृष्ण रेग्मीकोे बारीमा हरेक मौसममा लटरम्म गोलभेँडा र मौसमअनुसारका तरकारी फलेका हुन्छन् । मौसमअनुसार खुला ठाउँमा र हिउँमा प्लाष्टिकको घर बनाएर उहाँले तरकारी फलाउने गर्नुभएको छ । आफ्नै गाउँ नजिकैको निम्न माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका रेग्मी बिहान र बेलुकाको समय बारीमै तरकारी गोडमेलमा ब्यस्त भेटिनु हुन्छ । बारीमा काउली, गोलभेंडाजस्ता तरकारी हुर्किरहेका छन् ।
तरकारीको गोडमेल गर्नु उहाँको साँझ बिहानको दिनचर्चा जस्तै बनेको छ । उहाँ शिक्षकको अतिरिक्त तरकारी कृषक मात्र नभएर पोल्टी फार्म र गाउँकै होलसेल किराना पसल गर्ने एक व्यवसायी समेत हुनुहुन्छ ।
शिक्षण पेशाबाट आफूले घरपरिबार तथा छोराछोरीलाई पढाउन समेत धौ धौ हुने गरेको अनुभव सुनाउँदै उहाँले अहिले आफ्नो परिवार धान्न तथा घर खर्च चलाउन सहज हुने गरेको जिकिर गर्नुभयो । पछिल्लो सात वर्षयता उहाँको परिवारले व्यावसायिक तरकारी खेती गरिरहेको छ ।
खर्च कटाएर कृषिबाटै वर्षको तीन लाखसम्म आम्दानी गर्छ रेग्मी परिवारले । घरमै तरकारी खेती र पोल्टी फार्म राम्रो हुँदै गएपछि उहाँको परिवार अहिले एकदमै खुशीसमेत बनेको छ । उहाँको परिवारमा छोटो समयमा उल्लेख्य परिवर्तन आएको छ । रेग्मीको परिवारले ल्याएकोे यो परिवर्तनले अहिले रेग्मीको घरमा मात्र नभएर शङ्करपोखरी रुग्दीका हजारभन्दा धेरै किसानको घरमा यस्तै परिवर्तन आउन थालेको छ । विदेश गएर फर्केकासमेत अहिले कृषिमा होस् या पशुपालन व्यवसाय सबै आफ्नो गाउँ आफैँ बनाउँ अभियानमा जुटेका छन् ।
यसको कारण हो पछिल्लो समय गाउँमा आएको जनचेतना र नयाँ प्रविधिको आत्मसात् जसका कारण प्रत्यक्षरुपमा हजारौँ कृषकको जीवनशैलीमा परिवर्तन मात्र आएको छैन, ‘विषादी’ भनेर चिनिएको गाउँमा वातावरणमैत्री कृषिको विकास पनि भइरहेको छ ।
अहिले उहाँको बारीमा हरियो साग, काउली, बन्दा, टोमाटर केराउलगायतका हरियो सागसब्जी मगमगाइरहेका छन् । उहाँले विदेशिन युवालाई लक्षित गर्दै आफूले गाउँमा कृषि क्रान्तिको शुरुआत गरेको बताउनुभयो । झण्डै ७० प्रतिशत तरकारी बारीबाटै बिक्री हुने भए पनि बाँकी तरकारी उनले सदरमुकाममा लगेर बेच्दै आउने गरेको बताउनु हुन्छ ।
रेग्मीका अनुसार अहिले उहाँको तरकारीबाहेक पोल्टी फार्म तथा किराना व्यवसायबाट मात्रै महीनाको रु एक लाखदेखि दुई लाखको हाराहारीमा कमाइ हुन्छ । जसमध्ये खर्च कटाएर सिजनमा रु एकलाखसम्म बचत हुन थालेको छ । रासस

आँपका फाइदा

पाकेको आँपमासोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन   पाइन्छ ।
यसका फाइदा यस्ता छन्  ।
१. आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउँछ ।
२. यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ ।
३. आँपमा हुने फाइबर र भिटामिन सीको प्रचूर मात्राले लिपो प्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ ।
४.मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड, टार्टारिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ ।
५. आँपले पाचनशक्तिलाई राम्रो बनाउँछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ । फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक दरलाई वृद्धि गर्छ ।
६. आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सी हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ ।
७. आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनर्जीवन दिन तथा पुनर्निर्माण गर्न मद्दत गर्छ । यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउँछ ।
८. आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।
९. आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ । यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन् ।
१०.आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ । यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ । आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउँछ । होमोसिस्टाइनले रक्तनलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ ।
११. आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउँछ र प्राकृतिक चमक ल्याउँछ । आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ ।

चियाखेतीको पनि बीमा

काठमाडौं। किसानले अब चियाखेतीको पनि बीमा गर्न पाउने भएका छन् । बीमा समितिले ‘चियाखेती बीमालेख’ लागू गरेपछि किसानलाई उक्त खेतीको बीमा गर्ने बाटो खुलेको हो ।
समितिले ‘बाली तथा पशुपक्षी बीमा निर्देशन–२०६९’ अनुसार उक्त बीमालेख लागू गरेको हो । समितिको सञ्चालक समितिले बुधवार नै उक्त बीमालेखलाई पारित गरिसकेको छ ।
समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले चियाखेतीमा हुने अधिकांश जोखीमको रक्षावरण हुने गरी बीमालेख तयार गरिएको बताए । उनका अनुसार यसै हप्ता उक्त बीमालेख कम्पनीहरूमा पठाइनेछ । ‘त्यसपछि किसानले इच्छाएको कम्पनीबाट चियाखेतीको बीमा गर्न सक्नेछन्,’ उनले भने । किसानले निर्जीवन बीमा कम्पनीमार्फत चियाखेतीको बीमा गर्न सक्नेछन् । देशको अर्थतन्त्रमा कृषिक्षेत्रको महत्त्व र त्यसमा हुने जोखीमलाई दृष्टिगत गर्दै समितिले २०६९ सालमा कृषि बीमा कार्यक्रम ल्याएको थियो ।
कृषिक्षेत्रलाई आर्थिक जोखीमरहित बनाउँदै व्यावसायिकतातर्फ उन्मुख गराउन कार्यक्रमले मद्दत पुग्ने अपेक्षा गरिएको छ । समितिले यसअघि यसै कार्यक्रमअन्तर्गत काउली, अदुवालगायत बालीको बीमालेख लागू गरिसकेको छ । समितिले ४० भन्दा बढी प्रजातिका तरकारीको बीमा गर्ने उद्देश्य लिएको छ ।
यस बीमालेखले आगलागी, चट्याङ, बाढी, भूकम्प, प्राकृतिक प्रकोप, कीरा तथा रोगबाट हुने नोक्सानीको रक्षावरण गर्नेछ । साथै, सम्बन्धित किसानको पनि रू। २ लाखको दुर्घटना बीमा हुने बीमालेखमा उल्लेख छ । बोटको संख्या, वार्षिक औसत मूल्य (प्रति केजी) र वार्षिक औसत उत्पादन (प्रतिग्राम-प्रतिबोट)का आधारमा बीमांक निर्धारण गरिनेछ ।
किसानले बीमांकको ५ प्रतिशतका दरले बीमाशुल्क भुक्तानी गर्नुपर्ने छ । दुर्घटना बीमाका लागि प्रतिहजार ५० पैसा बीमाशुल्क भुक्तानी गर्नुपर्ने बीमालेखमा उल्लेख छ ।
चिया बगानको हकमा चियाको बेर्ना लगाइसकेपछि मात्र बीमा गर्न सकिनेछ । बीमांक रकम निर्धारण गर्न कृषिसम्बद्ध सरकारी कार्यालयबाट प्रमाणित गरेको हुनुपर्ने छ ।
यस्तो छ दाबी प्रक्रिया :
रक्षावरण गरेका जोखीमहरूबाट नोक्सानी भएमा सम्बन्धित किसानले दाबी गर्न पाउने छन् । तर, यसका लागि बीमा अवधिभित्र कुल उत्पादनको ५ प्रतिशतभन्दा बढी क्षति भएको हुनुपर्ने छ । साथै, बीमा अवधिभर ८० प्रतिशतभन्दा बढी क्षति भएमा किसानले पूर्ण क्षतिअनुसारको दाबी भुक्तानी पाउने बीमालेखमा उल्लेख छ ।
किसानले नोक्सानी भएको १५ दिनभित्र आवश्यक कागजपत्रसहित सम्बन्धित कम्पनीमा दाबी पेश गर्नुपर्छ । दाबी पेश गर्दा सक्कली बीमालेख, दाबी फाराम, प्राविधिकको प्रतिवेदन, कृषक डायरीलगायत कागजपत्र समावेश गर्नुपर्ने हुन्छ । त्यसपछि कम्पनीले आवश्यक प्रक्रिया पु¥याएर किसानलाई वास्तविक क्षतिको ९० प्रतिशत दाबी भुुक्तानी गर्नेछ ।

नेपाली अर्गेली जापान निर्यात

फिदिम। जापान निर्यात हुने अर्गेलीको माग उच्च रहे पनि मागबमोजिमको कच्चा पदार्थ निर्यात हुन सकिरहेको छैन् । पाँचथरको फालेलुङको दाजुभाइ जडीबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्था लिमिटेडको अगुवाइमा उत्पादित अर्गेली गत वर्षबाट जापान निर्यात हुन थालेको हो ।
जापानी नोट ‘येन’को छपाइमा प्रयोग हुँदै आएको अर्गेलीको माग उच्च भएसँगै यसको व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण भने बढ्दै गएको छ । सहकारीले गत वर्ष १३ टन अर्गेली जापान निर्यात गरेको छ । यसबाट रु ५९ लाख १५ हजार आम्दानी पाँचथरका गाउँमा भित्रिएको छ । केही प्रशोधित अर्गेली प्रतिकिलो रु ४५५ मा बिक्री भइरहेको सहकारीका अध्यक्ष ओमराज थाम्सुहाङले जानकारी दिए । उनका अनुसार यस वर्ष २० टन अर्गेली उत्पादन गरी जापान निर्यात गर्ने लक्ष्य सहकारीले लिएको छ । स्थानीयवासीको आय वृद्धिका लागि अर्गेलीलाई भरपर्दो माध्यमको रूपमा विकास गर्ने लक्ष्य लिइएको थाम्सुहाङको भनाइ छ ।
उक्त सहकारीको अगुवाइमा पाँचथरको च्याङथापु, फलैँचा, ओयाम, सिदिन, लुङरुपा, फिदिमलगायत स्थानमा अर्गेली खेती विस्तार र व्यावसायिक उत्पादन थालिएको छ । यस वर्षको सङ्कलन कार्य शुरु भएको जानकारी दिँदै अध्यक्ष थाम्सुहाङले जापानले एक लाख ५० हजार किलोग्राम लोक्ता मागे पनि मागको करीब २५ प्रतिशत मात्र अर्गेली निर्यात गर्न सकिने बताउँछन् ।
मागबमोजिमको उच्चस्तरको प्रशोधित अर्गेली निर्यात गर्ने प्रयत्न भने थालिएको थाम्सुहाङको भनाइ छ । देशभरिबाट करीब ६० टन अर्गेली जापान निर्यात हुने गरेको छ । राम्रो मूल्यमा बिक्री हुन थालेपछि कृषकमा अर्गेली विस्तार गर्ने आत्मविश्वास बढेको थाम्सुहाङले बताए । चिसो मौसम र हावापानी भएका स्थानमा खेर गइरहेको कान्ला र पाखो बारीमा लगाउन मिल्ने अर्गेलीको बिरुवाबाट चार वर्षपछि लोक्ता निकाल्न मिल्ने हुन्छ ।
सहकारीले जापानमा माग भएअनुसारको अर्गेली उत्पादनका लागि संस्थागतरूपमै प्रयत्न गर्दै आएको छ । माग उच्च भएसँगै पछिल्ला तीन वर्षमा मात्रै फालेलुङ गाउँपालिकाको वडा नं ७ र ८ पानीपरुवा तथा वतासे, फिदिम नगरपालिका–३ लालीखर्क र लब्रेकुटी, फिदिम नगरपालिका–८ इथुङ र रानीटारमा करीब चार हजार रोपनी क्षेत्रफलमा अर्गेलीको व्यावसायिक खेती शुरु भएको छ । यी स्थानमा व्यावसायिक अर्गेली खेती विस्तारका लागि सोही सहकारी संस्थाले सहयोगसमेत गरेको हो ।
जापानमा माग भएबमोजिमको उच्च गुणस्तरको अर्गेलीको बोक्रा बिक्री गरेर बाँकी रहेको कच्चा पदार्थले स्थानीयस्तरका नेपाली हाते कागज उद्योग सञ्चालन गर्न सकिने कृषकको भनाइ छ । स्
थानीयस्तरमा रोजगारी सिर्जना गर्न मद्दत पुग्ने भन्दै पाँचथरको फिदिम नगरपालिकाले वडा नं ३, ८ र १४ मा कृषकलाई खेती प्रविधि र हाते कागज निर्माणसम्बन्धी तालीमसमेत सञ्चालन गर्दै आएको छ ।

गुणकारी कर्कलो

कर्कलोलाई गाभा पनि भनिन्छ । हाम्रो खेत बारि लगायत ओसिलो जंगल वा खोला किनारमा प्रसस्तै पाइने कर्कलोको बैज्ञानिक नाम चांहि कलोकेसिया एस्कुलिन्टा हो।
यसलाई अंग्रेजिमा तारो भनिन्छ। पात डाँठ र जमिन मुनि हुने जरा, जसलाई पिडाँलु, भनिन्छ तरकारिको रुपमा उपयोग हुन्छ। कर्कलोका बिभिन्न जात हुन्छन् र सबै जात खान योग्य हुदैनन्।
खान योग्य जात पनि राम्रोसंग पकाउन नजाने कोक्याउने हुन्छ। कर्कलोमा धेरै प्रकरका तत्वहरु पाइन्छन् जुन हाम्रो शरिरको लागि अति उपयोगि हुन्छ।
उत्तरपूर्बि एशियाको रैथाने यो तरकारि नेपाल, भारत देखि लिएर उत्तरि अमेरिका सम्म पाइन्छ। कर्कोलोमा पोटासियम, फोस्फोरस, मग्नेसियम, मङानेसे र कपर भरपुर मात्रामा पाइन्छ। यी बाहेक यसमा क्याल्सियम भिटामिन सि, ई र बि पनि उत्तिकै पाइन्छ। त्य्सतै यसको जरा पिंडालुमा भिटामिन ए, सि र फाइबर प्रचुर मात्रामा पाइन्छ।
यस्ता बिभिन्न खनिज पदार्थले भरिएको यस कर्कलोको के छन् त फाइदा, आउनोहोस जानौं :
रक्तचाप र मुरुको रोगलाई फाइदा :
पिंडालुमा कम फ्याट र सोडियम हुन्छ तर पोटासियम भने अत्यधिक हुन्छ। यहि कारण यो उच्च रक्तचाप भएका ब्यक्तिहरुको लागि अति उत्तम हुन्छ। यसमा भएको फाइबर र कार्बोहाइड्रेतले रक्त प्रबाहलाई सरल बनाउछ र तनाबलाई पनि घटाउछ जसले हृदयाघात हुनबाट बचाउँछ।
क्यान्सर :
पिंडालुमा प्रचुर मात्रामा भिटामिन सि,ए र फेनोलिक एन्टिअक्सिडेन्ट हुन्छ जसले क्यान्सर जन्य तन्तुहरुलाई निकालेर फ्याक्न मदत गर्छ र फेरि बढ्न दिदैन।
मधुमेह :
पिडालुमा पाइने फाइबर र पोटासियमले मदुमेहको रोगिमा सुगर लेबल इन्सुलिनको मात्रालाई ब्यालेन्समा राखेइ सुगर बढ्नबाट रोक्छ।
तौल घटाउछ :
पिडालुमा हुने कम्ति क्यारोलिरिको कारण यो बढि तौल भएका ब्यक्तिहरुलाई अति उत्तम हुन्छ किनकि यसले तौल बढाउदैन।
सुन्दर छाला :
पिडालुमा हुने भिटामिन ए र सि छालाको अति आबश्यक तत्व हुन्। यी भिटामिनले छालाको तन्तुहरुलाई छिटो छिटो बिकसित गर्छ र छलाको आबरणलाई बचाइराख्न मदत गर्छ।

सल्यानमै पहिलो पटक तरकारिमा ‘थ्रीजी’ प्रविधि

सल्यान। नेपालमा विभिन्न किसिमको तरकारि खेती हुँदै आएको छ । घरेलु स्तरमा थोरै लागतमा हुने करेसाबारिमा तरकारि खेती देखि लिएर ठूलो लगानी लगाएर व्यवशायीक तरकारि खेती समेत यहाँ हुने गरेको छ ।
तरकारि तथा फलफुल खेतीले चिनीएको सल्यान जिल्लामा पनि व्यापक रुपमा तरकारि खेती हुने गरेको छ । गाउँगाउँमा मोटरबाटो तथा तरकारि बजार लाग्ने भएकाले पछिल्लो समय यहाँका किसानले व्यवशायीक तरकारि खेतीलाइ अंगालेका छन् ।
तरकारी खेती र यसको व्यापारको ठूलो संभावना देखिएको छ । त्यसैले अब धेरैभन्दा धेरै किसानहरु व्यवसायिक तरकारी खेती तर्फ लाग्नु पर्दछ । र लागेका छन् पनि ।
विदेशमा हण्डर खाएर फर्केका जाँगरिला केही युवाहरु व्यवसायिक तरकारी खेतीतर्फ लागेका छन् । नेपालको कृषि क्षेत्रको उन्नतिका लागि यो सकारात्मक सन्देश हो । यस्तै विदेश नगएकाहरु पनि नयाँ नयाँ प्रविधि अपनाउँदै तरकारि खेतीमा तल्लीन छन् ।
यहि मेसोमा सल्यानमा नयाँ प्रविधि अपनाएर तरकारि खेती गरिएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिकामा थ्रीजी (घन्) प्रविधि अपनाएर लौका खेती गरिएको हो । सिद्धकुमाखको ढोरचौरका किसान कुलाराम रेउलेले गाउँपालिकामा रहेको कृषि शाखाको सहयोगमा यो प्रविधि अवलम्बन गरि तरकारि खेती गरेका हुन् ।
लागत कम र उत्पादन धेरै गर्ने लक्ष्यका साथ यो प्रविधि अपनाएका कृषक कुलाराम भन्छन्, ‘थ्रीजी प्रविधिबाट लौका खेती गर्दा त अरु तरिका भन्दा दोब्बर उत्पादन हुने रहेछ ।’ तरकारि खेतीबाटै मनग्य आम्दानी लिइरहेका उनले लौकाको लहराको मुन्टा काटेर धेरै फल पाउन सकिने यो प्रविधि गज्जव लागेको बताए ।
१५ करोड रुपैयाँ भन्दा बढिको तरकारि जिल्ला वाहिर पठाइरहेको सल्यानले पछिल्लो समय तरकारिको उत्पादन बढाइरहेको त छ नै । साथमा नयाँ नयाँ तरिकाहरु सिकाउँदै जाँगरिला किसानहरु पनि उत्पादन गर्दै आइरहेको छ ।
जिल्लामै नौलो मानिएको थ्रीजी÷फोर जी प्रविधिले बढि भन्दा बढि लाभ प्रदान गरेपछि ढोरचौरका किसान कुलारामले प्रविधिलाइ प्रयोग गरेर खेती गरेमा सफल बनिने धारणा राख्छन् । उनले भने, ‘सुरुमा त लौकाको मन्टा काटेर पनि कसरि फल लाग्ला जस्तो हुन्थ्यो । अहिले त दोब्बर उत्पादन भएपछि यहि प्रविधि गज्जव लाग्यो ।’
थ्रीजी प्रविधिबाट कसरि गर्ने तरकारि खेती ?
लौकाको फुल फुल्नु अगाडी नै मुख्य लहराको मुन्टा काटिदिने प्रविधि नै थ्रीजी वा फोरजी प्रविधि हो । सिद्धकुमाख गाउँपालिका कृषि शाखाका प्रमुख भिमसेन विक भन्छन्, ‘यस प्रविधीमा लौकाको फुल फुल्नु अगावै यसको मुख्य लहरा १० देखि १२ पातको भएपछि मुन्टा काटिदिनु पर्छ ।’ गाउँपालिकाभरि नै यस प्रविधिलाइ विस्तार गर्ने योजना रहेको सुनाउँदै विकले थ्रीजी तथा फोरजी प्रविधि लहरे तरकारी वालिहरू काक्रो, करेला, घिरौला र भाण्टामा पनि अपनाउन सकिने बताए ।
लौकाको लहराको मुन्टा हटाइसकेपछि तलवाट निस्केका शाखा हाँगाहरू मध्य दुइ वटा जति पाल्ने र वाँकी सवै हाँगाहरू हटाउनु पर्ने विकले बताए । ‘यसरी पालेका हाँगाहरू दोस्रो पुस्ता हुन्,’ उनले भने ।
यी दोस्रो पुस्ताको हाँगारूमा भाले फुलहरू धेरै हुने भएको हुनाले फेरि १० देखि १२ पात भएपछी लहराको मुन्टा कटिङ गरेर हटाउने र यसरी मुन्टा हटाइसकेपछि फेरि अरु हाँगाहरु आउने उनले बताए । विकका अनुसार यी पछि आउने हाँगाहरू तेस्रो पुस्ताका हुन् । र यसलाइ नै थ्रीजी (थर्ड जेनेरेशन) प्रविधि भनिन्छ ।
‘यी तेस्रो पुस्ताका हाँगामा माउ फुल धेरै हुने हुँदा प्रत्येक आँख्लाहरूमा फल लाग्छ र सामान्य प्रविधिमा भन्दा दोब्बर उत्पादन लिन सकिन्छ,’ कृषि शाखा प्रमुख विकले भने ।
यसरी फेरि तेश्रो पुस्ताका हाँगालाइ पनि त्यसरी नै १० देखि १२ पात पुगेपछि मुना हटाउने हो भने आउने हाँगाहरू चौथो पुस्ताका हुन् । यसलाइ फोरजी कटिङ प्रविधि भनिने उनले बताए । ‘यि हाँगाहरूको प्रत्येक आँख्लाहरूमा २ वटा फल लाग्छ र उत्पादन तेब्बर वढी लिन सकिन्छ,’ उनले अघि भने, ‘यो प्रविधी अपनाउन सकेमा उहि लागतमा उत्पादन दोब्बर बढाउन सकिन्छ ।’
सल्यानमा काउली, मूला, गाजर, बन्दा, गोलभेडा, भेडेखुर्सानी, स्कुस, काँक्रो, अदुवा, लसुन आदि धेरै तरकारी र मसला बालीहरु लगाउन सकिन्छ । यस क्षेत्रमा व्यापक मौसमी विविधता रहने भएकोले व्यवसायिक तरकारी खेतीको लागि ज्यादै उपयुक्त स्थान हो । यस क्षेत्रमा समय मिलाएर सबै प्रकारको तरकारी खेती गर्न सकिन्छ ।
बेमौसमी तरकारी खेतीका लागि पनि यो क्षेत्र सबैभन्दा उपयुक्त छ । र थ्रीजी तथा फोरजी प्रविधि जस्तै नयाँ नयाँ तरिकाहरुबाट तरकारि र फलफुल खेती गरेमा किसानको आर्थीक अवस्था निकै माथी उठ्ने सम्भावना छ ।
यसमा यहाँका स्थानीय सरकारको पनि योजना र लगानी हुन आवश्यक देखिन्छ । तरकारि खेतीलाइ व्यवस्थीत र व्यवशायीक बनाउन सकेमा मात्रै पनि यहाँका स्थानीय तहहरु समृद्धितर्फ अगाडी बढ्नलाइ ठूलो सहयोग पुग्नेछ ।

ढाड दुख्ने समस्याले पिडित हुनुहुन्छ ? उपचारका लागि अपनाउनुहोस् यी उपाय

पछिल्लो समय ढाड दुखाई आम समस्याका रुपमा देखिन थालेको छ। मानिसमा बढ्दै गरेको व्यस्ततासँगै बसाईको आसन तथा खानपानमा देखिने गरेको अनियमितता कारण ढाड दुखाइ हुने गरेको छ। यी त केही सामान्य कारणमात्र हुन् त्यसबाहेक पनि धेरैबेरसम्म निहुरिएर काम गर्ने व्यक्तिलाई पनि ढाड दुखाइको समस्याले पिरोल्ने गर्दछ। झण्डै ८० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको ढाड दुख्ने समस्या देखिने गरेको पछिल्ला अध्ययनहरुले बताउने गरेका छन्।
सामान्यजस्तै लाग्ने ढाड दुखाइको समयमै उपचार वा निदानका उपायहरु अपनाइएन भने बल्झिदै जाँदा पछि गएर थप कठिनाइहरु आउन पनि सक्छन्। किन दुख्छ ढाड? ढाड दुख्ने समस्या आफैमा रोग नभएपनि कुनै रोगको एउटा लक्षण मात्र हो।
मानिसमा ढाड दुखाइको समस्या निम्तिने मुख्यकारणहरु निम्नानुसार छन् : हाम्रो शरीरको भित्री भागमा चोटपटक लागेमा पनि ढाडदुखाइको समस्या देखिन सक्छ। जस्तै, मेरुदण्डको हड्डी भाँचिएको अवस्था, नशा च्यापिएको र ‘लिगामेन्ट’को समस्याका कारण पनि ढाड दुखाइ हुने गर्दछ। ढाड दुख्ने अर्को कारणमा आसन पनि एक हो। नमिलेको आसनमा बस्दा,सुत्दा विस्तारा वा सिरानी नमिल्दा, लामो समय उभिएर र निहुरिएर काम गर्दा अनि ढाड अड्याउने सहायता नभएको कुर्सीमा बस्दा पनि ढाड दुखाइको समस्या आउनसक्छ। त्यतिमात्र नभई ठूलो पेटका कारण पनि यस्तो समस्याले दुख दिने गर्दछ हड्डी खिईने समस्या र हड्डीको क्षयरोग र अन्य संक्रमणबाट पनि ढाड दुख्न सक्छ।
जन्मजात हुने ढाडको हड्डीको समस्या तथा ढाडको हड्डीको क्यान्सर हुनु, उमेर बढ्दै गएपछि हड्डी खिइने समस्या बढी देखिने भएकाले बुढेसकालमा ढाड दुख्ने समस्या बढी देखिन सक्छ। गर्भवती वा धेरै बच्चा जन्माउने महिलाहरुमा पनि अक्सर गरेर ढाड दुखाइको समस्या हुने गर्दछ। ढाड दुखाइको समस्या बढ्दै जाँदा हात खुट्टा झमझमाउने, लाटो हुने लगायतका लक्षणहरु देखिने गर्दछन्। ढाड दुखाइको समस्याबाट कसरी उन्मुक्ति पाउने? यदि कसैमा ढाड दुख्ने र माथि भनिएजस्तो कुनै लक्षण देखिएमा कारण के हो भनि थाहा पाउनका लागि जाँच गराउन जरुरी हुन्छ। त्यसका लागि हाडजोर्नी चिकित्सकलाई भेटेर सल्लाह लिनु सबैभन्दा उपयुक्त उपाय हो।
चिकित्सकको सल्लाह अनुरुप ‘एक्स रे’, ‘सीटी स्क्यान’ र ‘एम.आर.आइ’. गरेर खास समस्या पत्ता लगाउन सकिन्छ। उपचार गराउने विधि विभिन्न जाँच पछि ढाड दुख्ने समस्या के कारणले भएको भएको हो पत्ता लागेपछि चिकित्सकको सल्लाहअनुसार उपचार गराउनुपर्छ । एक्कासी देखिएको दुखाइ हो भने केहि दिनको आरामले पनि सन्चो सक्छ। बढी नै दुखेमा भने चिकित्सकको सल्लाह अनुरुप दुखाइ कम गर्ने औषधी प्रयोग गर्न सकिन्छ।
तर कुनैपनि औषधी प्रयोग गर्नु अगाडी चिकित्सकसँग अनिवार्य परामर्श लिनुपर्छ । ढाड दुखाइको उपचारको एउटा विधी ‘फिजियोथेरापी’ पनि हो । मेरुदण्डको समस्या भएमा त्यसैअनुरुपको व्यायाम गरेर पनि दुखाइ कम गर्न सकिन्छ । क्षयरोग वा अन्य समस्या रहेछ भने त्यसको निम्ति सोही अनुसार औषधी सेवन गर्नुपर्छ । विरामी आफैले कुन काम गर्दा बढी ढाड दुख्छ र कुन काम गर्दा सन्चो हुन्छ ख्याल राख्नुपर्छ । त्यसैले ढाड दुखाइलाई बढी असर पुर्याउने कामहरु जस्तै गह्रौ भारी उचाल्ने, धेरै वेरसम्म उभिईरहने आदि कामलाई कम गरेमा ढाड दुखाइको समस्याबाट पार पाउन सकिन्छ ।

१७ करोडको स्याउ निर्यात



जुम्ला। जुम्लाबाट १७ करोडबराबरको स्याउ निर्यात भएको छ । यहाँका व्यापारीले १७ करोड बढीको स्याउ बाहिरी जिल्लामा निर्यात गरेका हुन् । यो वर्ष स्याउ बेचेर जिल्लाका कृषकले पाँच हजारदेखि १० लाखसम्म आम्दानी गरेका छन् ।
जिल्लामा झन्डै ३४ सय टन स्याउ उत्पादन भएको थियो । अहिलेसम्म २३ सय टन बढी स्याउ निर्यात भइसकेको छ । जुम्लाबाट पहिलोपटक ठूलो परिणाममा दुई टन फुजी स्याउ निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको स्याउ सुपरजोन जुम्लाले जनाएको छ ।
आठवटा स्थानीय तहबाट स्याउ निर्यातका लागि करिब तीन सय जना व्यापारीले अनुमति लिएका थिए । स्थानीय तहले प्रतिकिलो स्याउ निर्यातको ५० पैसाका दरले अनुमति दिँदा लाखौं कर संकलन गरेका छन् । स्याउ व्यापारीले सरदरमा प्रतिकेजी ५० रुपैयाँका दरले कृषकबाट स्याउ खरिद गरेका थिए ।
कार्यालयका अनुसार जिल्लाको स्याउ काठमाडांै, नेपालगन्ज, सुर्खेत, विराटनगर, पोखरा, महेन्द्रनगरलगायत देशका प्रमुख व्यापारिक सहरमा निर्यात भएको छ । काठमाडौं भाटभटेनी सुपरमार्केटमा जुम्लामा प्रतिकेजी ५० रुपैयाँले खरिद भएको स्याउ १५० रुपैयाँ र प्रतिकेजी २ सयसम्ममा खरिद भएको फुजी स्याउ ३ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
उत्पादन घट्यो :
जिल्लाको कुल ३ हजार ४५० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ । गत वर्ष ३७ सय टन स्याउ निर्यात भएको थियो । यो वर्ष झन्डै ३ तीन सय टन स्याउ उत्पादनमा कमी आयो ।
जुम्लाका कुल १८ हजार घरधुरीमध्ये करिब १४ हजार घरमा स्याउ बगंैचा छन् । स्याउ सुपरजोन लागूू भएदेखि स्याउका बिरुवा बढ्दै छन् । तर, बिरुवाको अनुपातमा भने स्याउ उत्पादन घट्दै गएको पाइएको छ । जलवायु परिवर्तनको असर स्याउ उत्पादनमा परेकाले अहिले उत्पादन घटेको कृषक मिमराज उपाध्यायले बताए ।
‘तीनवटा बिरुवाले दिने उत्पादन बराबर चार वर्षपहिले एउटा बिरुवाले उत्पादन दिने गरेको थियो,’ उनले भने, ‘त्यसको तुलनामा धेरै कम उत्पादन भयो ।’ लक्ष्य राखिएको भन्दा निकै कम स्याउ उत्पादन भएको स्याउ सुपरजोनका वरिष्ठ कृषि अधिकृत टीकाराम शर्माको भनाइ छ । उनका अनुसार स्याउ फुल्ने समयमा असिना पर्ने, हिउँ कम पर्ने, पानी बढी पर्ने र विभिन्न रोगका कारण स्याउ उत्पादन घटेको हो ।
किसान चिन्तित :
दल खड्काले बर्सेनि स्याउ उत्पादन घट्दै गएकामा चिन्ता व्यक्त गरे । ‘अरूको देखेको भरमा स्याउ खेती गर्नु यहाँका किसानको बाध्यता हो,’ उनले भने, ‘कृषकलाई स्याउ उत्पादनसम्बन्धी पर्याप्त ज्ञान र सिप आवश्यक छ ।’ कृषि ज्ञान केन्द्रका कृषि विज्ञ बालकराम देवकोटाका अनुसार सिप र सामग्री पाए पनि व्यवहारमा कार्यान्वयन नगर्दा समस्या भएको छ । विशेषगरी, यस वर्ष जिल्लाको चौधबिस क्षेत्रमा परेको असिनापानी र अन्य ठाउँमा चलेको ठूलो हावाहुरीले स्याउ उत्पादन घटेको हो ।

पूरुषको यौनशक्तिलाई १० गुणा बढाउने निकै सरल उपाय, स्वास्थ नै धन हो तेसैले सबैले हेरेर सक्दो शेयर गरौ 👇 👇

विवाहित पूरुषको लागि शीघ्रस्खलन निकै ठूलो समस्या हो । यसले दाम्पत्य जीवनमा पनि ठूलो असर पुर्याउँछ । मानिसहरु यस समस्याबाट मुक्ति पाउनको लागि महङ्गा तेलको प्रयोग गर्ने गर्छन् ।
जसको प्रयोगले समस्याको समाधान नहुन पनि सक्छ । आज हामी तपाईंलाई यस समस्याबाट छुट्कारा पाउने तेललाई घरमै बनाउन सक्ने विधिबारे जानकारी दिन्छौं । यसबाट तपार्इंको जीवन सुखमय बन्न सक्छ । र तपाईंले जीवनको चरम सुखलाई अनुभव गर्नसक्नुहुन्छ ।
आवश्यक सामाग्री
१) दालचीनीको तेल – १० ग्राम
२) जैतूनको तेल – ३० ग्राम
विधि
यसलाई बनाउने विधि धेरै नै सरल छ । सबैभन्दा पहिला माथि दिइएको दुबै तेललाई एउटा सिसाको बोतलमा राम्ररी मिसाएर हाल्नुहोस् । त्यसपछि पूरुषहरुले यौनसम्पर्क गर्नुभन्दा अगाडि २–४ थोपा मिश्रणलाई १ मिनेटसम्म हल्का रुपमा हातले आफ्नो लिंगमा मसाज गर्नुपर्ने हुन्छ ।
यसमा तपाईंले एकदमै ध्यान दिनुपर्ने कुरा मिश्रणलाई लिंगको माथिल्लो भागमा भने लगाउनुहुदैंन । त्यसपछि तपाईंको यौनशक्ति तीव्र रुपमा बढ्नेछ । यदि तपाईंलाई जलनको महशुश धेरै भएको छ भने , यसको मात्रालाई कम गर्नुहोस् । यसो गर्नाले पनि तपाईंको जलन निको हुदैंन भने यसको प्रयोग नगर्नुहोस् ।
स्मरण रहोस् यी सम्पूर्ण टिप्सहरु प्राचिन र आयोर्वेदिक प्रणालीमा पूर्ण रुपले आधारित हुन् तर, यसको उचित र सहि प्रयोगको लागि सम्बन्धित चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिनु नै राम्रो हुन्छ ।
नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र-पत्रिकाहरु तथा अनलाइनबाट लिईएको हो । यसको सहि प्रयोगको लागि चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिन आवश्यक छ। यी बिषयवस्तुहरु जानकारीको लागी प्रस्तुत गरिएको हुँदा कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सक वा विशेषज्ञको सल्लाह लिनुहोला ।